काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमवुद्ध विमानस्थलमा वुद्ध एयरको जहाजको टायर पड्किँदा विमानस्थलका उडान र अवतरण अवरुद्ध भएको छ ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको वुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ । उक्त जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु थिए ।
अहिले टायर पड्किएको जहाज धावनमार्गमा नै छ । सोही कारण भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको स्रोतको भनाइ छ । वुद्ध एयरले भैरहवाबाट काठमाडौं उडान नं ८५६ को जहाज विमानस्थलमा रलिङ्ककाक क्रममा टायर फ्लायटका कारण रोकिएको बताएको छ ।
ती यात्रुलाई अर्को विमानबाट काठमाडौं ल्याउन लागिएको र धावनमार्गमा रोकिएको जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको पनि वुद्ध एयरले बताएको छ ।
Discussion about this post