गौशाला । कामका लागि विदेश गएका कञ्चनपुरका एक युवक आफ्नै कोठामा मृत भेटिएका छन्।
रोजगारीको लागि दुबई गएका बेदकोट नगरपालिका–४ बिजयनगर बगुनका २२ वर्षीय खड्क साउँद आफ्नै कोठामा मृत अवस्थामा भेटिएका बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्दले जानकारी दिए।
‘हिजो आफ्नै कोठामा झुण्डिएको अवस्था शव भेटिएको भन्ने खबर परिवारलाई आएको छ,’ उनले भने, ‘के कति कारणले मृत्यु भएको हो जानकारी आइसकेको छैन।’ उनका अनुसार मृतकको शव पोष्टमार्टमलाई अस्पतालमा राखिएको छ । तर अस्पतालको नाम भने खुलेको छैन।
मेयर चन्दले उनको शव नेपाल ल्याउन आवश्यक सहयोगको लागि दुबईमा रहेका नेपालीलाई आग्रह पनि गरेका छन्। साउँद दुई महिना अघि मात्रै दुबई गएका थिए । गत असोजमा उनले विवाह गरेका थिए। नेपालखबर
Discussion about this post