• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी


असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी
Share on FacebookShare on Twitter

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को १० महिना (२०७८ साउनदेखि २०७९ वैशाख) मा ११८ अर्ब रुपैयाँ मात्र पूँजीगत खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८–०७९ मा सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड रुपैयाँ छुट्याएको थियो । सरकारले बजेट संशोधन गर्दै पूँजीगत खर्चलाई तीन खर्च ४० अर्ब ३२ करोडमा झारेको थियो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार १० महिनाको अवधिमा १ खर्ब १८ अर्ब २६ करोड रुपैयाँ मात्र पूँजीगत खर्च भएको छ । यो कुल लक्ष्यको मात्र ३१.२८ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि छुट्याएको पूँजीगत खर्चमध्ये दुई खर्ब २२ अर्ब रुपैयाँ खर्च हुन बाँकी छ ।

पूँजीगत खर्चमाथि परेको चापका कारण चालु आर्थिक वर्षमा समेत असारे खर्च दोहोरिने निश्चित भएको हो । अब सरकारले दैनिक ३ अर्ब ६० करोड रुपैयाँ पूँजीगत खर्च गर्न सकेको अवस्थामा मात्र लक्ष्य भेट्टाउन सक्छ ।

नेपालमा विकास निर्माणको काम हुने मुख्य समय आर्थिक वर्षको तेस्रो चौमासिक मानिन्छ । अर्थात चैत, वैशाख, जेठ र असार महिनामा विकास निर्माणका काम अत्यधिक हुन्छ । यो वर्ष यसै समयमा निर्वाचन परेका कारण विकासले प्राथमिकता पाउन नसकेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । यो अवधिमा विगतमा भएको कामको भुक्तानीले गति लिने र अधुरा विकासका काम समेत अगाडि बढ्दा खर्च बढ्ने अपेक्षा लिइएको उनले बताए ।

मन्त्रालयले पूँजीगत खर्च बढाउन राष्ट्रिय गौरव, राष्ट्रिय प्राथमिकताका आयोजना तथा अन्य आयोजनामा सिर्जित दायित्वका लागि बजेट व्यवस्थापन गर्ने जनाएको थियो । भूकम्पपछिको पुनर्निर्माणमा बाँकी रहेको काममा भुक्तानी दिने र कोभिड-१९ का कारण रोकिएको भुक्तानी समेत दिने भएकाले खर्च बढ्ने भएको बताएको थियो । तर, उक्त लक्ष्य अनुसार काम गर्न सरकारले गर्न सकेन ।

  • पूँजीगत बजेटको लक्ष्य : ३ खर्ब ७८ अर्ब
  • संशोधित लक्ष्य : ३ खर्ब ४० अर्ब
  • वैशाख मसान्तसम्मको खर्च : १ खर्ब १८ अर्ब
  • जेठ र असारमा संशोधित लक्ष्य भेटाउन गर्नुपर्ने खर्च : २ खर्ब २२ अर्ब

चालु खर्च ७ खर्ब नाघ्यो

चालु आवको १० औं महिना पूरा भइसक्दा कुल बजेट खर्च भने ९ खर्ब भन्दा माथि पुगेको छ । विकास खर्च सुस्त भएपनि निर्वाचन र यससँग सम्बन्धित गतिविधिका कारण चालु खर्च भने उल्लेख्य भएको छ । अर्धवार्षिक समीक्षापछि नेपालको बजेट १० खर्ब ३५ अर्बमा झारिएको थियो ।

वैशाख मसान्तसम्म ७ खर्ब १६ अर्ब ८९ करोड रुपैयाँ बराबर चालु खर्च भइसकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । चालु, पूँजीगत र वित्तीय व्यवस्थापन समेत गरी कुल बजेट खर्च ९ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ पुगेको महालेखा नियन्त्रकको तथ्यांक छ । यस अवधिमा वित्तीय व्यवस्थामा भने ७३ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।

  • कुल बजेट : १६ खर्ब ३२ अर्ब ८२ करोड
  • संशोधित लक्ष्य : १५ खर्ब ४६ अर्ब २८ करोड
  • वैशाख मसान्तसम्म भएको खर्च : ९ खर्ब ८ अर्ब ८७ करोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

Discussion about this post


© Dainik Sanjal

भर्खरै

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In