• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

एकै मतले बाजी मार्ने विजयी उम्मेदवारहरु


एकै मतले बाजी मार्ने विजयी उम्मेदवारहरु
Share on FacebookShare on Twitter

गोपालप्रसाद बराल-

महोत्तरी, जेठ ३ गते । थाक लगाइएका मत गणना भएर घट्दै गएपछि तीव्र प्रतिस्पर्धाका उम्मेदवारमा छटपटी बढ्न थाल्छ । दुई/तीन मतमात्र गन्न बाँकी छँदा मतगणना गर्ने कर्मचारी भन्छन्, “ल, वडाध्यक्षमा गोलाकारभित्रको हँसिया हथौडा एक । एक मतले यो चिह्न बढ्यो ।

अब दुई मतमात्र गन्न बाँकी छ”, अर्को मतपत्र लिँदै ती कर्मचारी भन्छन्, “ल जेब्राको एक।” वडाध्यक्षमा मत बराबर हुन्छ । अब घोप्टिएको अन्तिम एकमात्र मतपत्र गन्न बाँकी छ ।

ब्यग्रता बढ्दैछ, सम्बन्धित उम्मेदवार र उमेद्वारका गणना प्रतिनिधिको । “ल, यो पनि वडाध्यक्षमा जेब्राको” कर्मचारीको यो भनाइले एकथरिमा खुसी र अर्को पक्षमा सन्नाटा छाउँछ । बर्दिवास नगरपालिका–१४ को मतगणनास्थलको दृश्य यो सोमबार रातीको हो।

हो, यस्तै ब्यग्रताबीच जेब्रा चिह्नका वडाध्यक्षका स्वतन्त्र उम्मेदवार विजयकुमार महतोले नेपाली कांग्रेसका भरत हमाललाई एक मतले पछि पार्दै विजयी भए । महतोको प्राप्त मतमा अन्तिम मतपत्रले ५०८ पुर्यायो । हमाल ५०७ मै अड्नुभए । एकै मतले विजयी ! जिल्लामा एकै मतले वडाध्यक्ष पद हात पर्ने महतोजस्तै अन्य दुई पनि छन् ।

बर्दिवास–७ मै यसअघि जेब्रा चिह्नकै रामसोगारथ यादवले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुरेन्द्रकुमार सिंह कोइरीलाई पछि पारीएका हुन् ।

कोइरीले ७२६ र यादवले ७२७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरिसकेको छ । यो गणनामा पनि बर्दिबास–१४ कै जस्तो व्यग्र कौतुहलता भएको थियो । गणनास्थलका सबैको आँखा अन्तिम मतपत्रमै गडेको देखिन्थ्यो ।

यसैगरी गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा एकै मतले जित हात पार्ने अर्का भाग्यमानी जिल्लाकै महोत्तरी गाउँपालिका–१ का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी हुन् ।

उनी ३६६ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहम्मद अनामुल राइनले ३६५ मै अडेर हार बेहोर्न बाध्य हुनपर्यो । त्यहाँ पनि एकै मतले विजयी ! एकै मतले विजयी भएका तीनै जनाले ‘जनताको विश्वासको परिणाम’ भन्दै वडाका सबै जनतालाई काखापाखा नगरी सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।

“अहिले व्यक्त मतको उच्च सम्मान गर्छु, जनताको सेवामा समर्पित हुन्छु”, बर्दिबास–१४ का नवनिर्वाचित वडाध्यक्ष महतोले भन्ने । महोत्तरी–१ का चौधरी र बर्दिवास–७ कै यादवले पनि महतोको जस्तै प्रतिबद्धता जनाएको छ ।

निर्वाचनमा होमिएका उम्मेदवारलाई हार वा जितको नतिजा स्वभाविक नै भए पनि एक मतको फरकले भने हार्नेलाई पिरोल्दो रहेछ । मतदानमा छुटेका कैयौँ आफन्तलाई सम्झँदै ‘उनी आएको भए …।’ भन्ने पनि भेटिएका छन् ।

सर्वसाधारणले पनि एक मतको हारजितलाई खास घटनाका रुपमा लिएका पाइएको छ । “जित्नै रहेछ, दुई अझै थपिएको भए त हुन्थ्यो नि १” बर्दिबास–७ की मतदाता मुना खत्रीले भन्नुभयो, “एकै मतले भन्ने सुन्दा हार्ने र सुन्नेलाई ज्यादै थकथक लाग्ने रहेछ ।” जिल्लामा अहिले मुस्किलले ४० प्रतिशत मतपरिणाम सार्वजनिक भएको छ ।

मतगणना जारी रहेका स्थानीयतहरुमा अझै एकै मतको विजयत्रात्रा हेर्न र देख्न पाइने सम्भावना रहेको प्रतिक्रिया दिने पनि भेटिएका छन् । “अझै यस्तो देखिन सक्छ तर कामना गर्छु, त्यस्तो नहोस्”, बर्दिवास–१४ का मतदाता सुकन महतोले भन्ने, “जित्ने र हार्नेलाई कस्तो के लाग्यो कुन्नि ! मलाईचैँ अझै एकमतले रन्काइरहेको छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In