गौशाला, जेठ ३ गते । नौ महिनादेखि जारी संसदको अवरोध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हटाउने निर्णय गरेको छ ।
नेकपा एमालेका सांसद प्रदीप कुमार ज्ञवालीले भदौ २३ गतेदेखि जारी संसदको अवरोध हटाएर नयाँ ढंगले विरोधका कार्यक्रम अघि बढाउने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको तर्फबाट आफ्ना कुरा राख्दै ज्ञवालीले अब नयाँ ढंगले आन्दोलन अघि बढाउने बताएका छन्।
‘हामीले आन्दोलनका स्वरूपलाई फरक ढंगले अघि बढाउन चाहेका छौँ’, उनले भने, ‘देशको अर्थतन्त्र संकटमा परेको छ। तर सरकार गैरजिम्मेवार देखिएको छ। यस्तो अवस्थामा संसदमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने भएकाले यो कदम चालेका हौँ।’
Discussion about this post