• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बिजुलीकोटको रासायनिक मल प्रकरण : भ्याट बिल नभएपछि कारबाहीको तयारी


बिजुलीकोटको रासायनिक मल प्रकरण : भ्याट बिल नभएपछि कारबाहीको तयारी
Share on FacebookShare on Twitter

रामेछाप। इलाका प्रहरी कार्यालय धोवीले नियन्त्रणमा लिएको रासायनिक मलको विषयमा कारबाही अगाडि बढाउन ढिलाई गरेकोप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन्। लिखु तामामाकोसी गाउँपालिकाको बिजुलीकोटमा पुर्‍याइएको रासायनिक मल स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभाव पार्न आरोप-प्रत्यारोप चलेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। तर लामो समय बितिसक्दा पनि कारबाही नगरिएको भन्दै स्थानीयले प्रहरी दबाबमा परेको होकि भन्ने आशंका व्यक्त गरेका छन्।

यता इलाका प्रहरी कार्यालय धोवीका ईञ्जार्ज एवम् इन्पेक्टर जटाशंकर यादवले रासायनिक मलको भ्याट बिल र आवश्यक कागजात नभएकाले आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरेको जानकारी दिए । ‘चालकसँग मलसँग सम्बन्धित कागजात नभएकाले १०३ बोरा रासायनिक मलसहितको ट्रक नियन्त्रणमा लिएर अफिसमा नै राखेका छौं,’ उनले भने, ‘हिजो अस्तिसम्म निर्वाचनमा ड्युटी थियो, त्यता व्यस्थ भएकाले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिएको थिएन। अब आवश्यक कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा पठाउने तयारी गरेका छौं।’

गत बैशाख २६ गते बिना भ्याट बिलको युरिया ९३ बोरा र डीएपी १० बोरा रासायनिक मलसहितको प्रदेश ३-०१-००५ ख ९८५२ नम्बरको ट्रक प्रहरीले नियन्त्रण लिएको थियो। लिखु तामामाकोसी गाउँपालिकाको बिजुलीकोटमा पुर्‍याइएको उक्त मल निर्वाचनमा मतदातालाई प्रभाव पार्न एमालेले ल्याएको आरोप लगाउँदै कांग्रेस नेता र स्थानीयले प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिएको थियो। कांग्रेसले आरोप लगाएपछि सोहि दिन लिखु तामाकोसी गाउँपालिका,एमालेले विज्ञप्तिमार्फत पार्टीले नल्याएको स्पष्ट पार्दै भ्रम सिर्जना भएकाले तत्काल छानविन गरी कारबाहि गर्न माग गरेका थिए। एमालेले ट्रक साहु र चालक नेपाली कांग्रेसनिकट व्यक्ति भएको आरोप लगाउँदै तत्काल छानविन गर्नुपर्ने बताएको थियो।

दुई पार्टीबीच आरोप-प्रत्यारोप चलिरहँदा जिल्ला प्रहरी कार्यालय रामेछापले भने सोहि दिन बेलुका बिना भ्याटबिलको मल भएकाले नियन्त्रणमा लिएको जनाएको थियो। प्रहरी कार्यालयका अनुसार लिखु तामाकोसी-४ कोटगाँउका धन बहादुर तिमल्सिनाको मनिस स्टोर एण्ड सप्लायर्सको लागी मल ल्याएको हो।

प्रहरीले हालसम्म पनि कारबाही अगाडि नबढाएको र कांग्रेस अहिले आफ्ना कार्यकर्ता परेको बुझेपछि छुटाउन दबाब दिन थालेको एमालेको आरोप छ। एमाले लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष केशर पौडेलले भने,‘एमालेले मल बाँड्न ल्यायो भनेर भ्रम फिँजाएर मतदाता प्रभावित पार्न कांग्रेस स्वयम्ले खोज्यो। अहिले आफ्ना (कांग्रेस) कार्यकर्ता परेको थाहा भएपछि उनीहरु नै छुटाउन लागि परेका छन्, कांग्रेसले द्वैध चरित्र देखाएको छ। मल नियन्त्रणमा लिएपनि कारबाही अगाडि बढेको छैन।’

एक स्थानीयले भने, ‘गाउँमा मल अभाव छ, हिजो निर्वाचनको समयमा पार्टीगत भ्रम फैलाए, प्रहरीले ट्रकसहित मल समात्यो। राजश्व छलि गरेर मल ल्याइएको रहेछ तर अहिले प्रहरीलाई उनीहरु नै दबाब दिन थालेका छन्।’

इलाका प्रहरी कार्यालय धोवीका ईञ्जार्ज एवम् इन्पेक्टर यादवले भने आफूले पार्टीगत विषयभन्दा पनि कागजात नभएपछि नियन्त्रणमा लिएकाले कारबाहीमा लैजाने बताए। ‘कागजपत्र भएको भए त्यति बेलै छुटि हाल्थ्यो। मलको भ्याट बिल र कागजात मलाई आजसम्म प्राप्त भएको छैन। हामीले राजनीतिक रुपमा पूर्वाग्रह राखेका छैनौं। ’उनले थपे, ‘डीएसपी र सिडियो कार्यालयलाई जानकारी भइसकेको छ। उहाँहरुसँग समन्वय गरेर थप कारबाही प्रक्रिया अगाडि बढाउँछौं। कानुनसम्मत् जाने विषयमा हामी पछाडि हटेका छैनौं।’

यादवले प्रहरी नियन्त्रणमा रहेका लिखु तामाकोसी-७ का २० वर्षीय ट्रक चालक आकास सुनुवारलाई भने आफन्तको जिम्मामा छोडिएको बताए। ट्रकमा ६० बोरा सिमेन्ट, ३ बन्डल जस्तापाताको भने भ्याट विल भेटिएको थियो। प्रहरीले राजश्व छलि र कालोबजारी अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

Discussion about this post


© Dainik Sanjal

भर्खरै

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In