News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Monday - August 8, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

डोटीमा एमालेलाई निल हुनबाट जोगाएको जोरायल


डोटीमा एमालेलाई निल हुनबाट जोगाएको जोरायल

डोटी । जिल्लाका सबै स्थानीय तहको मतपरिणाम आइसकेको छ । निर्वाचित जनप्रतिनिधिले पदभारसमेत ग्रहण गरिसकेका छन् ।

अघिल्लो पटक ५ पालिका प्रमुख र ६ उपप्रमुख जितेको एमालेले भने एक पालिका प्रमुख/उपप्रमुखमा चित्त बुझाउनु परेको छ ।  माओवादी केन्द्रले भने आफ्नो पुरानै हैसियत जोगाएको छ ।

यसपटक एमालेले डोटीमा आफ्नो हैसियत गुमायो । ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले पाँच पालिकाहरु दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, पूर्वीचौकी र जोरायल गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै जितेको थियो । बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै जित भएको थियो । यस पटक भने एमालेले विरासत जोगाउन सकेन ।

जोरायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले पुरानै उम्मेदवार दोहोर्‍याएको थियो । नेकपा एकीकृत समाजवादीका नेता एवं बहानवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरको गृह पालिका समेत रहेको जोरायल पञ्चायत कालदेखिनै कम्युनिष्टको उर्वर भूमि मानिन्छ । तर, यस पटक भने एमालेलाई चुनाव जित्न हम्मेहम्मे भयो ।

गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार दुर्गादत्त ओझा प्रतिस्पर्धीसँग झिनो मतान्तरले विजयी भए । ओझाले ३४४९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपककुमार बिष्टले ३४१२ मत ल्याए । एमालेका ओझा जम्मा ३७ मतान्तरले विजयी भए ।

गत निर्वाचनमा पनि यस गाउँपालिकामा ओझा र बिष्टबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला ओझाले बिष्टलाई ६४६ मतान्तरले पछि पारेका थिए । एमालेले जोरायलमा उपाध्यक्ष पनि जितेको छ । एमाले उम्मेद्वार जमुना बोहरा ३५९९ मत ल्याएर उपाध्यक्षमा पुनः निर्वाचित भएकी छन् ।

तर, उपाध्यक्षको मतान्तर पनि गत निर्वाचनको भन्दा धेरैले खुम्चिएको छ । गत निर्वाचनमा ९१३ मतको अन्तर रहेकोमा यस पटक कांग्रेसकी चन्द्राकुमारी साउँदलाई जम्मा ८२ मतको मात्रै अन्तर रहेको छ ।

जोरायलमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो । आफ्ना मत गठबन्धनले काटेको एमाले कार्यकर्ताहरुको दाबी छ । गत निर्वाचनमा माओवादीका उम्मेदवारले ७४० मत प्राप्त गरेका थिए । यसपटक गठबन्धनका उम्मेदवारले १६५९ मत पाएका छन् ।

एमालेले जोरायलमा वडा संख्या भने बढाएको छ । ६ वडा रहेको जोरायलमा गत निर्वाचनमा एमालेले तीन र कांग्रेसले तीन वडा जितेको थियो । यस पटक एमालेले कांग्रेसबाट एक वडा खोसेको छ । निर्वाचनअघि एमाले नेता कार्यकर्ताहरुले यसपटक पनि डोटीका पाँच स्थानीय तह जित्ने आकलन गरेका थिए । उनीहरूको आकलन फेल खायो ।

एमालेको पकड रहेको मानिने दिपायल सिलगढी, आदर्श र सायल तीन वटै पालिका एमालेबाट कांग्रेसले खोसेको छ । गठबन्धनविनै चुनाव लडेको कांग्रेसले यसपटक जिल्लाका ९ स्थानीय तहमध्ये ७ वटामा प्रमुख/उपप्रमुख दुवै र एउटा पालिकामा उपप्रमुख जितेको छ ।

Related

Tags: # राजनीति# स्थानीय निर्वाचन
दैनिक संजाल

दैनिक संजाल

Related Posts

जनमोर्चाको दोहोरो चरित्र : गठबन्धनको विरोधसँगै सहकार्य

जनमोर्चाको दोहोरो चरित्र : गठबन्धनको विरोधसँगै सहकार्य

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

चुनावी गठबन्धनका लागि सीके राउतको दौडधुप

चुनावी गठबन्धनका लागि सीके राउतको दौडधुप

बिर्तामोड नगरपालिकाले अप्रत्याशित रूपमा कर बढाएको भन्दै कांग्रेसको आपत्ति

बिर्तामोड नगरपालिकाले अप्रत्याशित रूपमा कर बढाएको भन्दै कांग्रेसको आपत्ति

जापान पुगेर प्रचण्डले भने- विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल भइरहेको छ

जापान पुगेर प्रचण्डले भने- विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल भइरहेको छ

बाबुराम किन अटाएनन् पाँच दलीय गठबन्धनमा ?

बाबुराम किन अटाएनन् पाँच दलीय गठबन्धनमा ?

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.