• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

अफगानिस्तान : के तालिबानले दुई दशक अघिको शासन दोहोर्‍याउँदै छ ?


अफगानिस्तान : के तालिबानले दुई दशक अघिको शासन दोहोर्‍याउँदै छ ?
Share on FacebookShare on Twitter

सिकन्दर किरमानी, बीबीसी

लामो सेतो गाउन लगाएका अफगानिस्तानको धार्मिक मामिला मन्त्रालयका इन्स्पेक्टर (निरिक्षक) कुनै ‘नैतिक पुलिस’ भन्दा पनि खाद्य सुरक्षा निरीक्षक जस्ता देखिन्छन् । उनीहरु तालिबानको कट्टर विचारबाट प्रेरित अफगानिस्तानको ‘इस्लामी पहिचान’ बनाउने कोसिसमा अग्रप्रक्तिमा छन् । सबैभन्दा अघि छन् । सरकारमा उनीहरुको भूमिका उनीहरुको पदमा मात्र सीमित छैन ।

राजधानी काबुलका पसलेहरू केही महिनाअघिको घटना सम्झँदै भन्छन्, ‘जब यी निरिक्षकहरू ठूला  भवनमा निरीक्षणका लागि गएका थिए, त्यतिबेला उनीहरूले हरेक सामान उठाएर जाँच गरिरहेका थिए । तिनीहरूले उत्पादनको म्याद सकिएको छ कि भनेर अनुसन्धान गरिएको थियो । यसका साथै पसलमा राखिएका महिलाको पोस्टर पनि हटाउनुपर्ने उनीहरुको ताकेता थियो । ’

यद्यपि अहिलेसम्म सबै पोस्टर हटाइएका छैनन् । यस हप्ताको सुरुमा यी निरीक्षकहरू भ्रमणमा जाँदा बीबीसी टोली पनि उनीहरूसँगै थियो । गोलाकार अनुहार भएको र चश्मा लगाएका २५ वर्षीय धर्मगुरु महमूद फतेहले उक्त समूहको नेतृत्व गरेका थिए । उनी निरीक्षकहरूको यो समूहमा कान्छो थिए र मदरसाका विद्यार्थी थिए ।

पसले र अरू केहीलाई सम्बोधन गर्दै उनले प्रार्थना र लामो दाह्री राख्नुको महत्व बारे लामो व्याख्यान दिए । उनले सल्लाह दिँदै भने, ‘दाढी राख्नु भनेको पैगम्बर मुहम्मदमा विश्वास गर्नु हो ।’

यति भनिसकेपछि उनले हाँस्दै भने, ‘यसका अन्य धेरै फाइदा छन् ।’ यसपछि साथी इन्स्पेक्टरहरूलाई औंल्याउँदै उनले भने, ‘यी धर्मगुरुका दुई–तीनवटा श्रीमती छन्, यो ऊर्जाको स्रोत हो ।’ मौलवी महमूद फतेह र उनका चारजना सहयोगीले आगामी दिनमा जनतालाई हर किसिमले सहयोग गर्ने प्रस्ताव राखे ।

यस क्रममा एक पसलेले धर्मगुरुसँग आफूलाई तालिवानको सदस्य भनी एक व्यक्तिले सित्तैमा मोबाइल फोन मागेको गुनासो गरे । गुनासो सुनेपछि मौलवी महमूद फतेहले आफ्नो खल्तीबाट मोबाइल निकालेर उक्त व्यक्तिको मोबाइल नम्बर सेभ गरे । उनले यस विषयमा गहन छानबिन गर्ने आश्वासन दिए ।

महिलाका लागी आदेश

तर अफगानिस्तानमा महिलाले कस्तो पहिरन लगाउने भन्ने मन्त्रालयको नयाँ अध्यादेशले सारा विश्वको ध्यानाकर्षण गरेको छ । यसको चर्को आलोचना पनि भइरहेको छ ।

यस महिनाको सुरुमा, तालिबानले अफगानिस्तानमा महिलाहरूले सार्वजनिक रूपमा आफ्नो अनुहार छोप्नु पर्ने आदेश जारी गरेको थियो । तालिवानको आदेश अनुसार अफगानिस्तानमा काम गर्न चाहने महिलाले आफ्नो अनुहार छोप्नु पर्नेछ, यदि कुनै महिलाले यो नियम बारम्बार तोडेको खण्डमा उनीहरुका पुरुष पार्टनर जेल वा अदालत जानुपर्छ ।

तर, जब मोहम्मद फतेह त्यो सपिङ कम्प्लेक्समा थिए, यो उनको चर्चाको विषय थिएन । तर, जब उनलाई यसबारे प्रश्न गरिएको थियो, उनले भने– ‘हामी पुरुषसँग पुरुषको समस्या बारे कुरा गरिरहेका छौँ ।’ नयाँ ड्रेस कोडबारे उनले भने, ‘हामीले सपिङ कम्प्लेक्सका प्रमुखसँग कुरा गरेका छौँ र पोस्टर पनि  टाँगेका छौं ।’

सोही सपिङ कम्प्लेक्सको एउटा पिलरमा दुईवटा फोटोसहितको प्रिन्टआउट छ । यसमा महिलाले अगाडिबाट कस्तो पहिरन लगाउनु पर्छ भन्ने बताइएको छ । यी मध्ये एउटा तस्विरमा एक महिलाले नीलो बुर्का लगाएकी छिन् भने अर्कोमा कालो बुर्का लगाएकी छिन् । प्रिन्टआउटमा तस्बिरसँगै ‘मुस्लिम महिलाहरूले इस्लामिक बुर्का लगाउनै पर्छ, यो शरियाको आदेश हो’ भन्ने सन्देश पनि राखिएको थियो ।

अफगानिस्तानलाई रूढिवादी विश्वासको देश मानिन्छ जहाँ धेरै महिलाहरूले बुर्का लगाएका छन् । काबुल जस्ता शहरहरूमा, धेरै महिलाहरूले आफ्नो टाउको छोप्न दुपट्टा प्रयोग गर्छन् । कतिपय महिलाले कपाल छोप्न स्कार्फ पनि प्रयोग गर्छन् ।

तालिबान आदेशको आलोचना

देश तथा विदेशमा महिला अधिकारका लागि काम गर्नेहरूले तालिबानको यो नयाँ आदेशको कडा आलोचना गरेका छन् । उनले यसलाई निराशाजनक भनेका छन् । विगतमा, तालिबानले केटीहरूलाई स्कूल जाने, काम गर्ने र यात्रा गर्ने बारे पनि विभिन्न खालका आदेश दिएका थिए । यसबारे विश्व स्तरमा चासो बढेको छ ।

महिला अधिकारको मामिलामा विगतका वर्षहरूमा मुलुक एक–दुई कदम अघि बढेको भएपछि तालिबानको आदेशले यसलाई पुनः पछाडि धकेलेको धेरैले आरोप लगाइरहेका छन् । तर, हिजाबका सम्बन्धमा ल्याइएका नयाँ प्रतिबन्धलाई अहिले कडाइका साथ पालना गरिएको छैन । तर धेरैले चिन्ता व्यक्त गरेका छन् कि आगामी समयमा तालिबानले यी नियमहरूमा कडाई गर्न सक्छ । महिला टिभी प्रस्तोताहरूलाई प्रसारणको क्रममा अनुहार छोप्न भनिएको छ ।

काबुल सहरमा अझै पनि धेरै महिलाहरु अनुहार छोपेर हिँडडुल गर्दैनन् । मोहम्मद फतेह र उनका धर्मगुरु साथीहरू सपिङ  कम्प्लेक्स वरिपरि घुमिरहेका थिए । त्यतिबेला पनि धेरै महिला यस्तै देखिरहेका थिए । केही मानिस ती महिलाको विषयमा चिन्तित पनि थिए ।

मौलवी फातिहले बीबीसीलाई भने, ‘कुन महिलाले हिजाब लगाएको छ र कसले छैन भनेर हामी जाँच गर्न सक्छौँ । यदि कुनै महिलाले पूर्ण रूपमा आफ्नो सीमा उल्लङ्घन गर्छ भने, हामी उनको पुरुष अभिभावकलाई खोज्नेछौँ । ’

तर, अहिलेसम्म त्यस्तो अवस्था नआएको पनि उनले बताए । साथै, ‘सीमा उल्लङ्घन’ भन्नाले के भन्न खोजेको हो, त्यो पनि अहिलेसम्म परिभाषित गर्न सकेको छैन । महिलाले के लगाउने र के लगाउन नहुने भनेर मन्त्रालयले कसरी निर्णय गर्न सक्छ भन्ने प्रश्नमा धर्मगुरु फतेहले भने, ‘यो मन्त्रालयको आदेश होइन, यो ईश्वरको आदेश हो ।’

उनी भन्छन्, ‘नैतिक भ्रष्टताको वास्तविक कारण अनुहार हो । अनुहार छोपेको छैन भने हिजाबको के अर्थ ?’ यद्यपि, विश्वको ठूलो मुस्लिम जनसंख्याले महिलाले आफ्नो अनुहार छोप्नु आवश्यक छ भन्ने विश्वास गर्दैनन् ।

तालिबानको ‘अर्को रूप’

त्यसपछि पिकअप ट्रकको पछाडि बसेर धार्मिक मामिला मन्त्रालयका निरिक्षक बस स्टपमा पुगे । यस अवधिमा उनले बाटोमा गुड्ने सवारी साधन, पुरुष यात्रु महिला यात्रुको निकै नजिक त बसिरहेका छैनन् वा कतै महिला उभिएर त यात्रा गरिरहेका छैनन् भनी जाँच गरिरहे ।

सन् १९९० को दशकमा पहिलो तालिबान शासनकालमा तालिबानको नियम तोड्नेहरूलाई कडा सजाय दिने गरिन्थ्यो । उनीहरुलाई सार्वजनिक रुपमा कुटपिटसमेत गर्ने गरिन्थ्यो ।

तर, मौलवी फतेहले अहिले त्यसो नगरेको बताउँछन् । उनी भन्छन्, ‘अहिले कुनै बस चालकले आदेश उल्लङ्घन गर्छन् वा बारम्बार यस्तो गर्छन् भने उनलाई दिन र रात गरी एक दिन मात्रै हाम्रो कार्यालयमा लगिन्छ, यो आदेश अल्लाहले दिएको हो भनी बुझाइन्छ ।  तिनीहरूबाट आदेश मान्ने आश्वासन लिएपछि उनीहरुलाई छोडिन्छ । ’

यी निरिक्षकहरू हाम्रा अगाडि आम जनतासँग नम्र तरिकाले कुरा गरिरहेका थिए । निरीक्षकहरू गएपछि हामीले तालिबान टोलीको बारेमा मानिसहरूलाई सोध्दा उनीहरूले ती विरुद्ध कुनै गुनासो नभएको बताए । तर तालिबानले जुन प्रकारका आदेश जारी गरिरहेको छन्, त्यसबाट यो पहिलेको शासन दोहोर्‍याउने बाटोमा रहेको देखिन्छ ।

के तालिबान २० वर्ष पछाडि फर्किदैछ ?

हिजाब लगाउने आदेश पारित भएको केही समयपछि महिला अधिकारकर्मी लीला बसिम बसमा यात्रा गरिरहेकी थिइन् । उनी बसमा चढ्दै गर्दा धार्मिक मामिला मन्त्रालयका निरीक्षकले बस रोके । बसको पछाडि लठ्ठीले बेस्सरी हिर्काएर निरिक्षक बसभित्र पसे ।

बीबीसीले अन्य बस चालकहरूसँग कुरा गर्दा उनीहरूले टाइट फिटिङ लुगा लगाएका महिलाहरूलाई बसमा चढ्न नदिन कडा निर्देशन दिएको बताए । जब तालिबानले गत वर्ष अफगानिस्तानमा नियन्त्रण लिएको थियो, उनीहरूले आफ्नो वर्तमान शासन अघिल्लो शासनभन्दा पूर्ण रूपमा भिन्न हुने र समावेशी सरकारको साथ अगाडि बढ्ने वाचा गरेका थिए ।

तर हालैका महिनाहरूमा उनीहरुको व्यवहारमा ठूलो परिवर्तन आएको छ, र उनीहरुको वर्तमान शासन दुई दशक अघिको जस्तै भएको विश्वास गरिन्छ जसमा महिला अधिकारका लागि कुनै ठाउँ छैन ।

अफगानिस्तान आर्थिक संकटको सामना गरिरहेछ

अफगानिस्तान गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ, तर वर्तमान सरकारले यस दिशामा विशेष कदम चालेको देखिँदैन । यसको साटो उनीहरु सामाजिक स्तरमा परिवर्तनका लागि असाध्यै सक्रिय देखिएका छन् ।

तालिबानले हालै जारी गरेको आदेशमा महिला र पुरुषलाई पार्कमा जानको लागि छुट्टाछुट्टै दिन तोकिएको छ । यसबाहेक महिलालाई लामो दुरीसम्म एक्लै यात्रा गर्न निषेध गरिएको छ । आदेशले सामाजिक कार्यकर्ता र तालिबानमाथि निगरानी राख्नेहरुलाई चिन्तित बनाएको छ ।

जब बीबीसीले एक व्यापारीसँग कुरा गर्यो, उनले भने, ‘उनीहरूले क्रमशः प्रतिबन्धहरू एक(एक गरी लागू गर्दैछन् । म विश्वस्त छु कि उनीहरूले वर्तमान युगलाई १९९० को दशकको जस्तै बनाउनेछन् ।’

बसिम तालिवानको आदेशबाट निराश छिन् । उनी भन्छिन्, ‘आज उनीहरूले महिलामाथि हिजाब थोपरेका छन् र एक दिन उनीहरूले महिलालाई घरबाट बाहिर निस्कन पनि नपाउने कानुन ल्याउनेछन् भन्नेमा म विश्वस्त छु ।’

तालिबानले यी आदेशहरूलाई उचित ठहराउँछ, तर यो पनि सत्य हो कि विश्वको कुनै पनि देशमा महिलाहरूका लागि यस्तो कडा आदेश छैन । तर, विशेष गरी धार्मिक मामिलाका लागि बनाइएको अफगानिस्तानको यो मन्त्रालयले समाजबाट नैतिक भ्रष्टाचार हटाइरहेको दाबी गरेको छ । तर, बसिम प्रश्न गर्छिन्, ‘समाजको आधा जनसंख्याको मात्र अधिकार खोस्नु नैतिक भ्रष्टाचार होइन ?’

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: अन्तराष्ट्रिय
दैनिक संजाल

दैनिक संजाल

Related Posts

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

साउदी अरब सहितका देशका कूटनीतिज्ञहरूमाथि इजरायलले गोली चलाएपछि…

साउदी अरब सहितका देशका कूटनीतिज्ञहरूमाथि इजरायलले गोली चलाएपछि…

प्रसिद्ध कविको चर्चित कविता पढ्दा देशद्रोहको मुद्दा

प्रसिद्ध कविको चर्चित कविता पढ्दा देशद्रोहको मुद्दा

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In