News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Thursday - August 18, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

कोरोना संक्रमित २० प्रतिशतमा लामो समयसम्म कान बज्ने समस्या


कोरोना संक्रमित २० प्रतिशतमा लामो समयसम्म कान बज्ने समस्या

एजेन्सी-

कोरोना भाइरसबारे दिनप्रतिदिन नयाँ–नयाँ जानकारी बाहिरिरहेको छ । तर, अझै पनि यसबारेमा पूर्ण जानकारी प्राप्त भइसकेको छैन । त्यसैले भाइरसले मानव शरीरमा पार्ने कैयौँ असर रहस्यमै छन् । एकपटक संक्रमित भएपछि कहिले पूर्ण रूपमा मुक्त हुन्छ भनेर सटिक रूपमा भन्न सकिने अवस्था छैन । केही मानिस संक्रमित भएपछि चाँडै तंग्रिन्छन् । तर, विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार १० देखि २० प्रतिशत संक्रमितमा संक्रमणको केही हप्ता र महिनापछि पनि लक्षण देखापर्छ ।स्वास्थ्यविज्ञले यस्ता कैयौँ लक्षण पहिचान गरेका छन्, मानिसहरूमा केही साता वा महिनौँसम्म पनि देखिरहन्छ । यस्तै, एउटा लक्षण कानसँग सम्बन्धित छ ।

 टिन्निटस के हो ? 
एउटा वा दुवै कान बजिरहेजस्तो वा अरू कुनै आवाज सुनेजस्तो अनुभव हुनुलाई टिन्निटस भनिन्छ । र, यी आवाज कुनै बाह्य स्रोतबाट आएका हुँदैनन्, प्रभावित व्यक्तिले मात्र सुनिरहेको हुन्छ । जति गरे पनि यो आवाज नजाने भएकाले यसले दिक्क बनाउँछ । फेरि आवाज आफूले मात्र सुन्ने भएकाले अरूलाई बुझाउन पनि गाह्रो हुन्छ ।

स्वास्थ्य रिपोर्टअनुसार कोभिड महामारीअघि टिन्निटसले प्रायः वृद्धवृद्धालाई सताउँथ्यो । तर, अहिले कोभिड संक्रमित पनि प्रभावित हुन थालेका छन् । विज्ञहरूका अनुसार टिन्निटस कुनै रोग होइन, कुनै चिकित्सा अवस्थाको लक्षण वा परिणाम हो ।लगातार कान बजिरहने भएकाले यसले व्यक्तिलाई दैनिक जीवन चलाउन गाह्रो बनाउँछ । धेरै अवस्थामा टिन्निटसले बाह्य श्रवण क्षमतालाई नै प्रभावित बनाउँछ ।

 टिन्निटस र कोभिडको सम्बन्ध
कोभिड नामक संस्थाले सञ्चालन गरेको सर्वेक्षणअनुसार कोभिड संक्रमणपछि टिन्निटसका कारण १९ प्रतिशत वा पाँचमध्ये एकजनालाई सुनाइमा समस्या भएको छ । ‘१९ प्रतिशत वा पाँचमध्ये झन्डै एक संक्रमितमा कोभिडले कानमा समस्या निम्त्याउने गरेको देखियो । हामीले सर्वेक्षणमा सहभागी हुन इच्छुक १४ हजार पाँच सय जनालाई भेट्यौँ ।

तीमध्ये पाँच हजारजनामा कान बज्ने समस्या पायौँ । हामीले के पनि जान्यौँ भने केही मानिसमा कान बज्ने समस्या केही दिन मात्र रहन्थ्यो भने अधिकांश मानिस अथवा ५० प्रतिशतभन्दा बढीले उनीहरूले कोभिड निको भएको धेरै पछिसम्म पनि कान बज्ने समस्या भोगिरहेको बताए । कहिलेकाहीँ कान बज्ने समस्या घट्ने र पुनः फर्किने गरेको उनीहरूको भनाइ छ ।,’ जो कोभिडका सहसंस्थापक प्रोफेसर टिम स्पेक्टरले भने । अस्पतालका नाक, कान, घाँटी विभागमा काम गर्ने सहकर्मीहरू पनि कोभिड महामारीपछि टिन्निटसका बिरामी बढिरहेको सुनाउने गरेको उनले बताए ।

 टिन्निटसको लक्षण
टिन्निटस भएका मानिसले केही गर्जेजस्तो वा कोही चिच्याएजस्तो आवाज सुन्छन् । यी ध्वनि प्रभावित व्यक्तिले मात्र सुनिरहेको हुन्छ र त्यसले व्यक्तिको सुन्ने क्षमतामा अवरोध सिर्जना गर्छ । गर्जन वा चिच्याहटको अरिरिक्त टिन्निटस भएका व्यक्तिले भुनभुनाएजस्तो, सिट्टी बजेजस्तो, कोही गुनगुनाएर गफ गरेजस्तो, रिसाउँदा निस्कने आवाजस्तो आवाज पनि सुन्छन् ।

Related

Tags: # स्वास्थ्य
दैनिक संजाल

दैनिक संजाल

Related Posts

लमजुङ जिल्ला अस्पताल सरकार आफैंले सञ्चालन गर्ने

लमजुङ जिल्ला अस्पताल सरकार आफैंले सञ्चालन गर्ने

बर्दिवासमै मेडिकल कलेज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

बर्दिवासमै मेडिकल कलेज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

बालकलाई कुटपिट गरेको अभियोगमा स्वास्थ्यकर्मी विरुद्ध अभद्र व्यवहार गरेको मुद्दा

बालकलाई कुटपिट गरेको अभियोगमा स्वास्थ्यकर्मी विरुद्ध अभद्र व्यवहार गरेको मुद्दा

आफ्नै खर्चमा घरघरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरिदै एक स्वास्थ्यकर्मी

आफ्नै खर्चमा घरघरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरिदै एक स्वास्थ्यकर्मी

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ परीक्षामा १४९ चिकित्सक फेल

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ परीक्षामा १४९ चिकित्सक फेल

कर्मचारी नभएको भन्दै स्वास्थ्य सेवा बन्द

कर्मचारी नभएको भन्दै स्वास्थ्य सेवा बन्द

Leave Comment

हालको खबर

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,168
  • Total page views: 1,410

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.