• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सुनको सिक्का दिने भन्दै नेपाल टेलिकमका ग्राहकको पैसा थुत्ने प्रयास

एनटिसी भन्छ, ‘भ्रामक विज्ञापन गरेछ, हामी सचेत गराउँछौँ’


सुनको सिक्का दिने भन्दै नेपाल टेलिकमका ग्राहकको पैसा थुत्ने प्रयास
Share on FacebookShare on Twitter

बिहीबार बिहान नेपाल टेलिकमका ग्राहकहरुलाई एउटा म्यासेज आयो, कुनै एउटा पेजको सब्सक्राइब गरेपछि १० ग्राम सुन जित्ने मौका । म्यासेज कसले कहाँबाट पठाएको हो, त्यो समेत नदेखिने गरी अनपजल नामबाट आएको म्यासेजमा भनिएको छ,  ‘वर्षको बम्पर अफर, साताको २० रुपैयाँ खर्च गर्ने गरी सब्सक्राइब गरेपछि १० ग्राम सुन जित्ने मौका ।’

क्त म्यासेजमा एउटा लिंक दिइएको छ । जब उक्त लिंकमा क्लिक गरिन्छ, त्यसपछि ‘सुनको सिक्का उपहार’ भन्ने रोमनमा लेखिएको अक्षर आउँछ । त्यसभन्दा तल प्ले एण्ड विन गोल्ड क्वाइन्स’ भन्ने रोमनमै लेखिएको विज्ञापन देखिन्छ र त्यसको तल ‘ग्राण्ड पइज, टेन ग्राम्स गोल्ड क्वाइन्स’ भन्ने देखिन्छ ।
त्यसको तल यस गेम खेल्नका लागि तल दिइएको लिंकमा सब्सक्राइब गर्नुहोस् भनेर निलो ब्याकग्राउण्डमा सेतो अक्षरमा स्पष्टसँग देखिने गरी लेखिएको छ ।

सब्सक्राइब गर्ने स्थान पनि स्पष्टसँगै नै देखिन्छ । तर त्यसको तल टर्म्स एण्ड कण्डिसन्स र पैसा काटिनेबारेको सूचनाचाहिँ सानो अक्षरमा झट्ट हेर्दा नदेखिने गरी राखिएको छ । जहाँ यस ‘खेल’ खेलेवापत सातामा २० रुपैयाँ काटिने कुरा उल्लेख छ र एकपटक सब्सक्राइब गरेपछि ८ सातासम्म आफै सातामा २० रुपैयाँका दरले १६० रुपैयाँ ग्राहकले गरेको रिचार्जबाट सोझै गेम खेलाउनेको खातामा जान्छ ।  यो म्यासेज झट्ट हेर्दा ठगी गर्ने उद्देश्यले नै पठाइएको वा तयार पारिएको जस्तो बुझिन्छ ।

सुरुमा यहाँ टर्म्स एण्ड कन्डिसनमा क्लिक गर्दा पनि अर्को लिंक खुल्दैनथ्यो । त्यसपछि यो म्यासेज कसले किन कुन उद्देश्यले पठाएको भन्ने नै अस्पष्ट भयो । यस सम्बन्धमा रातोपाटीले नेपाल दूरसञ्चार प्राधिकरणलाई म्यासेज आएको ५ मिनेटभित्रै सम्पर्क गरेर यो कस्तो म्यासेज हो र कसले किन पठाएको हो भनी सोधेको थियो । प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रलाई यसबारे अपरान्ह १२ः३४ सम्म सोध्दा अनुसन्धान भइरहेको र यसबारे चाँडै विज्ञप्ति निकाल्ने तयारीमा रहेको प्रतिक्रिया दिए । तर यो म्यासेज कसले किन र कुन उद्देश्यले पठाएको भन्ने जवाफ भने दिएनन्, बरु दोहोराएर ‘अनुसन्धान भइरहेको प्रतिक्रिया दिए ।’

यस्तो म्यासेज नेपाल टेलिकमका प्रिपेड र पोष्टपेड मोबाइल ग्राहकलाई आएकाले हामीले यस सम्बन्धमा टेलिकमका प्रवक्ता शोभन अधिकारीलाई सम्पर्क गर्दा सुरुमा उनले यसबारे कुनै जानकारी नभएकाले बुझेर जानकारी दिने बताए ।

हामीलाई प्राप्त भएको म्यासेज नै उनलाई पठाएर जानकारी माग गर्दा उनले उक्त म्यासेज नेपाल टेलिकमकै भ्यालु एडेड सर्भिस (भ्यास) प्रयोग गरेर पठाइएको बताए । उक्त सर्भिस प्रयोग गर्दा शुल्क लाग्ने पनि उनले बताए । तर कम्पनीले कसरी र कुन उद्देश्यले यस्तो सन्देश पठाउन र गेम खेलाउन स्वीकृति दिएको हो भन्ने सम्बन्धमा भने खुलाउन चाहेनन् ।

के हो भ्यास सर्भिस ?
भ्यास सर्भिस भनेको के हो भन्ने प्रश्नमा टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने, ‘यो मासमा म्यासेज पठाउन मिल्ने एउटा सेवा हो । जहाँ सब्सक्राइब गरेवापत वा म्यासेज पठाएवापत म्यासेज पठाउनेले नै पैसा तिर्नुपर्ने पनि हुन्छ । कुनै सर्भिस प्रोभाइडरले हामीसँग यस्तो सर्भिस लिनुभएको रहेछ । उहाँले गेम खेलाउने भन्नुभएको छ र त्यसबापत ग्राहकले सातामा २० रुपैयाँ तिर्नुपर्ने रहेछ ।’

सन्देश भ्रामक 
त्यसो त सन्देशमा सुरुमै कसले किन र कुन उद्देश्यले खेलाउन लागेको हो कुनै कुरा उल्लेख गरिएको छैन  । शुल्क लाग्ने कुरा पनि सानो अक्षरमा नदेखिने गरी राखिएको छ । अनि टर्म एण्ड कन्डिसन पनि यति धेरै लामो र अङ्ग्रेजी अक्षरमा राखिएको छ कि यो सबै न ग्राहकले पढ्छन् न सबैले बुझ्छन् । यसरी भ्रामक विज्ञापन र सन्देश राखेर नेपाल टेलिकमका ग्राहकबाट करोडौं रकम कुम्ल्याउने तयारीमा गिरोह लागेको देखिन्छ । यसरी नबुझिने गरी विज्ञापन गर्न र सब्सक्राइब गरेकै आधारमा ग्राहकको खाताबाट पैसा तान्न मिल्छ त भन्ने प्रश्नमा प्रवक्ता अधिकारीले भने, ‘विज्ञापन भ्रामक नै भयो, सच्याउनका लागि हामीले भनेका छौँ ।’

५६ दिनमै काटिन सक्छ एक ग्राहकको १६० रुपैयाँ  
नेपाल टेलिकमका अनुसार उसको जिएसम मोबाइल ग्राहकको सङ्ख्या दुई करोडभन्दा बढी छन् । सेप्टेम्बर २०२१ मै उसको जिएसएम मोबाइल्बाट इन्टरनेट चलाउने ग्राहकको सङ्ख्या दुई करोड पुगिसकेको थियो ।
अहिले अनपजलको नामबाट धेरै ग्राहकलाई म्यासेज पठाएर सब्सक्राइब गर्न भनिएको छ । यदि कुल ग्राहकको १ प्रतिशत अर्थात् करिब २ लाखले मात्रै यो सेवा सब्सक्राइब गरी खेल खेलेमा खेल अवधि अर्थात् ५६ दिनमा २ लाख ग्राहकबाट प्रति ग्राहक १६० रुपैयाँका दरले उठाउँदा पनि उसले ३ करोड २० लाख रुपैयाँ आम्दानी गर्न सक्छ । तर सुनको सिक्का वा १० ग्राम सुनको लोभ देखाएर करोडौं रकम उठाएपछि खेल खेलेर जित्ने सीमित व्यक्तिलाई ८–१० लाख उपहार दिनु कुनै ठूलो कुरा भएन । तर आफ्नै ग्राहक ठग्न नेपाल टेलिकमले स्वीकृति दिनु र आफ्नै गेटवे प्रयोग गर्न दिनुचाहिँ शंकास्पद देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In