• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

धनुषामा बालबालिकाको प्रयोग गरी प्रहरीकै ‘सेटिङ’मा मदिरा तस्करी हुदैँ

धनुषामा बालबालिकाको प्रयोग गरी प्रहरीकै ‘सेटिङ’मा मदिरा तस्करी हुदैँ
Share on FacebookShare on Twitter

धनुषाधाम । धनुषामा बालबालिकाको प्रयोग गरेर दैनिक रुपमा भारततर्फ मदिरा तस्करी हुने गरेको पाइएको छ ।

विहार राज्यमा मदिरा विक्री वितरण र प्रयोगमा रोक लगाइएपछि त्यहाँका कतिपय मदिरा प्रेमीहरु नेपालतर्फका सीमावर्ती जिल्लालाई नै आफ्नो गन्तव्य बनाएका छन् भने केहीले यहाँका व्यापारीसँगको कनेक्शनमा मदिरा घरसम्म नै मगाउने गरेको पाइएको हो ।

ती व्यापारीहरुले बालबालिकालाई प्रयोग गरेर भारतीय बजारसम्म मदिरा पुर्याउने गरेको खुल्न आएको हो । ‘बोरामा हालेर साइकलमा लोड गरेपछि हामीलाई पुर्याइदिन्छ भन्छन्’ इनर्वा नाका हुँदै जयनगरतर्फ गइरहेका १३ वर्षीय बालकले भने ‘नाम र घर बताउन भनेको छैन् र बताउदिनँ पनि, बोरामा समान छ रे, सुरक्षित पुर्याएपछि मात्रै पैसा दिनुहुन्छ ।’

उनका अनुसार दैनिक एक पटक र कहिले काँही दुई पटकसम्म पनि मदिरा जयनगरसम्म पुर्याउँदै आएका छन् । ‘मेरो दोस्त र बहिनी पनि मसँग समान लिएर आउँछन्’ उनले भने–‘मलाई ५ सय रुपैयाँ दिनुहुन्छ र दोस्त र बहिनीलाई ४–४ सय रुपैयाँ दिनुहुन्छ ।’

एक महिनादेखि सो काम गर्दै आएको बताउँदै उनले भने ‘३–४ पटक पुलिससँग भेट भएको छ र पुलिसले राम्ररी जाउ भन्नुभा’छ ।’

प्रहरीसँग ‘सेटिङ’

सशस्त्र प्रहरीसँग ‘सेटिङ’ मिलाएर मदिरा तस्करी हुने गरेको स्रोतले बतायो । स्रोतका अनुसार सशस्त्र प्रहरीकै घुमुवाको रुपमा रहेका असईद्वय राजीव यादव र श्याम साहले मदिरा तस्करीमा सघाउँदै आएका छन् ।

‘प्रहरीले तस्करीको सूचना पाउनुभन्दा पनि उनीहरुले नै ‘पास’ हुने समय समेत निर्धारण गर्छन् र सोही समयमा बोर्डर कटाउन भन्छन्’ स्रोतले भने ‘यो कुरा यहाँ धेरै जसो अधिकारीहरुलाई पनि थाहा छ नै, यद्यपी बालबालिकाको भविष्य प्रति कसैलाई पनि चिन्ता छैन् ।’

यता, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश सुवेदीले त्यस्तो पाइएको खण्डमा तत्कालै सो रोकिने बताए । ‘त्यस्तो त छैन्, तर पनि त्यस्तो पाइए तत्कालै सो रोकिन्छ र संलग्न पाइएकाले कारवाही पनि बढाइन्छ’, उनले भने ।

म बुझौलाः सिडिओ पौडेल

प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले ती विषयमा केही जानकारी नरहेको बताए । ‘यद्यपी, के रैछ म बुझौला’, मधेशलाइभसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध# मधेश प्रदेश# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

कालोसूचीमा राख्ने प्रलोभन देखाएर ठगी प्रयास, नक्कली अधिकृत पर्दाफास

कालोसूचीमा राख्ने प्रलोभन देखाएर ठगी प्रयास, नक्कली अधिकृत पर्दाफास

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

Discussion about this post

© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In