• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बजेटमा मधेस प्रदेश : धेरै योजना समेटिएकामा स्थानीयवासी खुसी


आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्ने !
Share on FacebookShare on Twitter

जनकपुरधाम, जेठ १७ गते । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत मधेस प्रदेशका थुप्रै योजनालाई समेटेको छ ।

यसका कारण सर्वसाधारण उत्साहित बनेका छन् । सरकारले मधेस प्रदेशको राजधानी जनकपुरधाम र बाराको सिमरौनगढलाई विशेष पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन गरिने घोषणा गरेको छ ।

आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आव २०७९–८० को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री जनार्दन शर्माले मधेस प्रदेशको जनकपुरधाम र सिमरौनगढलगायतका धार्मिक, सांस्कृतिकस्थललाई विशेष पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन गरिने घोषणा गरीएको हो ।

पर्यटन प्रवद्र्धन गरी आयस्तरलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको सरकारले आगामी आवभित्र थप १० लाख पर्यटन भित्र्याउने र त्यसका लागि दक्षिणी र उत्तरी सीमा क्षेत्रका सहरहरूमा पर्यटन मन्त्रालयमार्फत विशेष पर्यटन मेला तथा रोड शो सञ्चालन गरिने घोषणा गरेको छ । सरकारले बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना, वीरगञ्जको चिनी मिल सञ्चालनमा ल्याउने भएको छ ।

अर्थमन्त्री शर्माले रुग्ण तथा बन्द अवस्थामा रहेका जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, वीगरञ्ज चिनी उद्योग, हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योग उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने घोषणा गरीएको थियो । जनकपुर चुरोट कारखाना परिसर अहिले मधेस प्रदेश सरकारको मन्त्रालय र आवाससहित मधेस भवनमा परिणत भइसकेको छ ।

यस्तै बाराको सिमरालाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्ने घोषणा गर्नुहुँदै अर्थमन्त्री शर्माले बाराको निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडि बढाउने योजना बजेटमार्फत सार्वजनिक गरे ।

महोत्तरीको जलेश्वरमा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण अघि बढाइने उल्लेख गर्नुहुँदै अर्थमन्त्री शर्माले जयनगर–जनकपुर कर्था रेल सेवा विस्तार गरिने घोषणासमेत गरेको छ । आगामी आवभित्र जयनगर–जनकपुर कर्था रेल सेवालाई बर्दिबाससम्म विस्तार गरिने घोषणा गर्नुहुँदै उनले वीरगञ्ज–काठमाडौँसम्म रेल सेवाको सम्भाव्यता अध्ययन गरिने जानकारी दिए ।

सप्तरीको राजविराजमा चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत सुपर स्पेशलिष्ट सेवामार्फत सुपर स्पेशलिष्ट सेवा उपलब्ध गराउने अस्पताल स्थापनाको काम अघि बढाउने घोषणा गर्दै राजविराजमा निर्माणाधीन रामराजप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन तथा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले घोषणा गरे ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको सरकारले तराई–मधेसका नदीहरूमा तटबन्धन निर्माण गरी नदीउकास जग्गामा वृक्षरोपण तथा बगरखेती गर्न प्रोत्साहित गर्ने घोषणा गर्नुहुँदै अर्थमन्त्री शर्माले नदीमा तटबन्धन निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

यस्तै आगामी आव २०७९–८० मा सिरहाको मिर्चैयाबाट लुक्लासम्म सडकमार्ग निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउने घोषणा गरेको सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमलाबाट सप्तरीको कञ्चनपुरसम्मको सडक स्तरोन्नतिको कामलाई तीव्रता दिने र आगामी आवमा कमला–ढल्केबर–पथलैयासम्म सडक स्तरोन्नतिको काम अघि बढाइनेछ ।

काठमाडौँ–तराई मधेस द्रुतमार्गलाई आगामी तीन वर्षभित्र सकिने गरी कामलाई तीव्रता दिइने जानकारी दिनुहुँदै अर्थमन्त्री शर्माले निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत थप ३०० किलोमिटर सडक कालोपत्र गर्न र २३ वटा पुल निर्माणका लागि बजेट विनियोजन गरिने घोषणा गरे ।

तराई–मधेसका जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी वर्षभित्र सडक स्तरोन्नति गरिने उल्लेख गर्नुहुँदै अर्थमन्त्री शर्माले सप्तरी सदरमुकाम राजविराज जोड्ने सडकलाई चार लेनमा विस्तार गरिने बताए ।

विगतको भन्दा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको सरकारले तराई–मधेसका किसानको खेतमा बाहै्र महिना सिँचाइ पु–याउन डिपट्युबेल र स्यालोट्युबेलमार्फत सिँचाइ सेवा विस्तार गरिने घोषणा गर्नुहुँदै अर्थमन्त्री शर्माले किसानलाई बीउ र मलमा विशेष अनुदान दिने घोषणा गरेको छ ।

यसरी विगतको भन्दा सरकारले मधेस प्रदेशका थुप्रै र महत्वपूर्ण योजनालाई बजेटमार्फत सम्बोधन गरेको भन्दै स्थानीयवासी खुसी भएका छन् ।

“सरकारले धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थल जनकपुरधामलाई विशेष पर्यटकीयस्थल बनाउने घोषणा गर्नु आफैँमा स्वागतयोग्य छ”, जनकपुरधाम उपमहानगरपालिका–४ का स्थानीयवासी वसन्त साहले भन्ने, “यसबाट जनकपुरधाम पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको बाटो खुल्ने छ”, यसलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

भारतबाट प्रतिबन्धित दुग्ध पदार्थको अवैध आयात, नेपाली उत्पादन बिक्री नभएर गोदाममै

भारतबाट प्रतिबन्धित दुग्ध पदार्थको अवैध आयात, नेपाली उत्पादन बिक्री नभएर गोदाममै

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In