• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

पौडेललाई पुनको जवाफ : बजेट गठबन्धनको घोषणा पत्र होइन, क्रान्तिकारी परिवर्तनको दस्तावेज हो

पौडेललाई पुनको जवाफ : बजेट गठबन्धनको घोषणा पत्र होइन, क्रान्तिकारी परिवर्तनको दस्तावेज हो
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट गठबन्धनको घोषणा पत्र नभई क्रान्त्रिकारी संरचनात्मक परिवर्तनको दस्तावेज भएको बताएका छन् । बजेटबारे संसदमा पहिलो दिन जारी छलफलमा बोल्दै उनले बजेटबारे नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको राखेको तर्कको खण्डन गर्दै यस्तो धारणा राखेका हुन् ।

पूर्वअर्थमन्त्री भइसकेका व्यक्तिले बजेटलाई गठबन्धनको घोषण पत्र भन्नु गलत भएको भन्दै पुनले बजेटबाट लाभान्वित हुने सेना, प्रहरी, कर्मचारी, कृषक सबै गठबन्धनका मात्रै मान्छे हुन् त भनि प्रति प्रश्न गरे ।

‘एक लाख ५० हजार कर्मचारी, एक लाख भन्दा बढी सेना, प्रहरीको तलब बढेको छ,’ पुनले भने, ‘१२ लाख भन्दा बढी वृद्धवृद्धाको भत्ता थपिएको छ । लाखौं कृषकले पेन्सन पाउने भए । अब सबै मानिस गठबन्धनका भए त ?’

सरकारले कृषिमा ३२ प्रतिशत बजेट वृद्धि गर्नु क्रान्तिकारी भएको भन्दै उनले ४.८ प्रतिशतले वैदेशिक र समग्र सार्वजनिक ऋण घटाएर बजेटमा ९ प्रतिशतको बजेट वृद्धि गरिनु स्वभाविक भएको बताए ।

सरकारले ल्याएको नयाँ बजेटको मुख्य प्राथमिकता कृषिको आधुनिकीकरण, व्यवसायीकरण, उत्पादन वृद्धि गर्ने र रोजगारी सृजना गर्न उद्यत रहेको उनको भनाइ छ । हरेक वर्ष श्रम बजारमा आउने १८ वर्ष उमेर पुगेको ५ लाख जनशक्तिलाई व्यवस्थापन गर्न, खाद्य वस्तुको आयात ३० प्रतिशतले घटाउने र निर्यात दोब्बर बनाउने कुरा बजेटको सकारात्मक पक्ष भएको पुनले दाबी गरे । भूमिसुधार, गरिबी निवारण, योगदानमा आधारित किसान पेन्सन, जस्ता कार्यले बजेटलाई थप अग्रामी र दीर्घकालिन महत्वको बनाएको उनको दाबी छ ।

सरकारले बजेटमार्फत कृषकको उत्पादनको सर्मथन मूल्य तोक्ने, नबिके सरकारले किन्ने योजनाको पनि प्रशंसा गरे । ‘अब किसानको उत्पादन खेर जाँदैन, कृषि बाली बिमा र १०० वटा सामुदायिक गोदाम घरले कृषकलाई ठूलो राहत दिन्छ,’ पुनले भने । आयातमुखीबाट सरकारको बजेट संरचनात्मक सुधारमार्फत उत्पादन र रोजगारीमा सृजना भएको उनको जिकीर छ ।

बजेटले अघि सारेको ‘मेक इन नेपाल’ ‘मेड इन नेपाल’ अभियानले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने, एक स्थानीय तह एक उत्पादन, उद्योगलाई विद्युतमा छुट, नेपालमै उत्पादन गर्ने उद्योगलाई आयकरमा छुट जस्ता निर्णयले दीर्घकालिन रुपमा मुलुकको हित गर्ने पुनको दाबी छ ।

बजेटका कारण उत्पादनमुखी वातावरण बन्ने र इन्धनको आपूर्ति कम गर्न लिएको नीति मुलुकको हितमा भएको पुनको दाबी छ ।

विद्युतीय सवारी साधनमा बढाइएको अन्त शुःल्कलाई भने बजेटले पुर्नविचार गर्नुपर्ने पुनको भनाइ छ । वैदेशिक र समग्र सार्वजनिक ऋण अघिल्लो सरकारको पालामा ९ खर्बबाट बढेर १८ खर्ब पुगेको भन्दै उनले विगत ५ वर्षको रिभ्यू गर्न पर्ने औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

आगामी आर्थिक वर्षका योजना आयोगमा दर्ता गर्ने कोशी सरकारको निर्णय

आगामी आर्थिक वर्षका योजना आयोगमा दर्ता गर्ने कोशी सरकारको निर्णय

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

Discussion about this post

© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In