• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

एसियन कप छनोट : कतारमा तयारी सकियो, अब परीक्षा कुवेतमा


एसियन कप छनोट : कतारमा तयारी सकियो, अब परीक्षा कुवेतमा
Share on FacebookShare on Twitter

काठमाडौं । फुटबल नेपालको सबैऐन्दा चर्चित खेल अनि यसको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) नेपालको सबैभन्दा चलायमान खेल संघ । आर्थिक गतिविधिको हिसावले हेर्ने हो भने पनि एन्फा सबैभन्दा ठूलो खेल संघ हो ।

त्यही एन्फामा अहिले चुनावको चटारो छ । पदाधिकारीहरू अहिले सबै चुनावी मैदानमा होमिएका छन् । उता नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय फुटबल टिम भने अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिस्पर्धाका लागि मान उत्रनेछ ।

अर्को वर्ष आयोजना हुने एसिया महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘एएफसी एसियन कप’ को अन्तिम चरणको छनोट खेल्ने तयारीमा नेपाली टिम छ । खेलाडी-प्रशिक्षकको विवाद, एन्फा चुनावको बिचमा युवा र कम अनुभवी खेलाडी ठूलो स्टेजका लागि कुवेत पुग्दैछ ।

नेपालको कुवेतको हावापानी धेरै नै फरक छ । हुन त नेपालले यसअघि पनि कुवेतमा गएर खेलिसकेको छ । तर नतिजा नेपालको पक्षमा आएको छैन । एएफसी एसियन कपको अन्तिम चरणको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले कतारमा प्रशिक्षण सकाएको छ । अब टोली छनोट खेल्नका लागि उतैबाट कुवेत जाँदैछ ।

कुवेतको मौसममा एडजस्ट हुनका लागि नेपालले कतारमा १० दिनको तयारी गरेको हो । यही समयमा नेपालले त्यहाँ तीन वटा अभ्यास खेलसमेत खेल्यो । टिमोर लेस्ट को यू-२३ टिमविरुद्धको पहिलो खेलमा २-२ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा दक्षिण एसियाकै टोली श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । यस्तै अन्तिम खेलमा ओमानसँग नेपाल २-० ले पराजित भयो ।

एसियन कप छनोटको तयारी स्वतरुप नै नेपालले कतारमा प्रशिक्षक गर्नुका साथ अभ्यास खेलहरु खेलेको थियो । नेपालमा बन्द प्रशिक्षणपछि नेपाली टोली जेठ ११ गते कतार गएको थियो । १० दिनको क्याम्पपछि नेपाली टोली उतैबाट कुवेत जाने एन्फाले जनाएको छ ।

कतार फुटबल संघले एसियन कप तयारीमा रहेका र कतारमा क्याम्प राखेका विभिन्न टिमलाई अभ्यास खेलको अवसर मिलाएको थियो । त्यसका एन्फाले कतार फुटबल संघलाई धन्यवादसमेत दिएको छ ।

यस्तै आपसी सहमति अनुसार सबै खेल क्लोज डोरमा खेलिएको र टिममा राम्रो मुडमा रहेको एन्फाले जनाएको छ । यस्तै टिमका खेलाडीमा कुनै इन्जुरी नरहेको पनि एन्फाले जनाएको छ । नियमित कप्तान तथा नम्वर एक गोलकिपर किरण कुमार लिम्बु सहित सिनियर टिमका ११ खेलाडीलाई बाहिर राख्दै यस पटक नेपाली टोली कुवेत पुग्दैछ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण प्रशिक्षण छाड्न बाध्य भएको भन्दै विद्रोह गरेर १० खेलाडीले नेपालमै बन्द प्रशिक्षण छाडेका थिए । त्यसलाई समर्थन गर्दा माल्दिभ्समा व्यवसायिक लिग खेलिरहेका किरण पनि टिममा अटाउन सकेनन् ।

यस पटक नेपाली टिममा कम अनुभव भएका खेलाडीहरू छन् । अझ गोलकिपर पोजिसनका तीनै खेलाडीले अहिलेसम्म राष्ट्रिय टिममा खेलेका छैनन् । दिप कार्की, विशाल सुनार र टिकेन्दर थापा यसअघि राष्ट्रिय टिममा अटाएपनि डेब्यु गर्न बाँकी छ ।

यस बाहेक पहिलो पटक राष्ट्रिय टिममा परेका शिव गुरुङ, विकास तामाङ, निर कुमार राई र रोसन राना मगरले पनि डेब्यु गर्न बाँकी नै छ । नेपाल र कतारमा तयारी पछि अब नेपालले कुवेतमा अन्तिम परीक्षा दिँदैछ ।

एसियन कप छनोटको समूह ए मै जोर्डन, कुवेत र इन्डोनेसियासँग नेपाल रहेको छ । सिधा भन्दा यस समूहको विजेता हुन सके एसियन कपमा छनोट हुनेछ । दोस्रो भएमा ६ समूहका दोस्रो हुने मध्ये पाँच उत्कृष्ट टिम एसिया कपमा पुग्नेछन् ।

नेपालका लागि महादेशको सबैभन्दा ठूलो प्रतियोगिता खेल्नका लागि यही दुई बाटो हो । तर नेपालका लागि यो चुनौतीपूर्ण मात्र होइन असम्भव जस्तै नै छ । हुनत असम्भव भन्ने केही पनि हुँदैछ । तर गत बैशाखमा नेपालले एसियन कपका लागि प्रशिक्षण सुरु गर्दा नै प्रशिक्षक अल्मुताइरीले नेपाल एसियन कपमा छनोट हुन सक्दैन भनेर भनिसकेका छन् । त्यसपछि खेलाडीहरूको मनोविज्ञानमा पनि पक्कै केही असर परेको छ । अनि ११ खेलाडी टिममा बाहिर हुँदा अब नेपालको नतिजा कस्तो आउला अपेक्षा गर्न सकिने जस्तै छ ।

यस पटक नेपाल बलियो समूहमा छ । विपक्षी प्रतिस्पर्धी बलिया नै छन । नेपालले अहिलेसम्म यी तीन टिमलाई हराउन सकेको छैन । नेपाली टिम अहिले युवा छ र कम अनुभवी पनि छ । त्यसैले नेपालको लागि शीर्ष दुई पर्नु ठूलै पहाड चढ्नु जस्तै चुनौती हुनेछ ।

छनोटमा नेपालले पहिलो खेल नै सबैभन्दा बलियो टिम जोर्डनसँग जेठ २५ गते खेलेर सुरुआत गर्नेछ । त्यसपछि जेठ २८ गते कुवेतसँग खेल्नेछ भने अन्तिम खेल इन्डोनेसियासाग जेठ ३१ गते खेल्नेछ ।

अहिले एन्फाको चुनावी माहोल उत्कर्समा पुगिरहेका बेला धेरैको ध्यान कुवेतमा हुने खेल भन्दा एन्फा मुख्यालय हाँक्ने नेतृत्वमा को पुग्ने भन्ने रहेको छ । असार ६ गते एन्फा निर्वाचन हुँदैछ र त्यसका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

फोटो : एन्फा र ओमान फुटबल संघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # खेलकुद
दैनिक संजाल

दैनिक संजाल

Related Posts

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

Discussion about this post


© Dainik Sanjal

भर्खरै

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In