• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

२ महिनामा ३७ अर्ब १८ करोड खर्च गर्दैै प्रदेश सरकार


२ महिनामा ३७ अर्ब १८ करोड खर्च गर्दैै प्रदेश सरकार
Share on FacebookShare on Twitter

हेटौंडा । चालू आर्थिक वर्ष २०७८/०७९ को वैशाख मसान्तसम्म कुल बजेटको ३५ प्रतिशत खर्च भएको छ। हालसम्म जम्मा २० अर्ब ५४ करोड ९२ लाख २९ हजार मात्र खर्च भएको हो। असार मसान्तभित्र थप ३७ अर्ब १८ करोड बजेट खर्च गर्नुपर्ने प्रदेश सरकारको दायित्व छ।

चालू आर्थिक वर्षको बजेटमा चालूतर्फ ४३ प्रतिशत अर्थात १० अर्ब ७ करोड ६४ लाख रुपैयाँ बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायले बताए। पुँजीगततर्फ २८ प्रतिशत अर्थात ९ अर्ब १७ करोड २७ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए। वित्तीयतर्फ १ अर्ब ३० करोड खर्च भएको छ । ‘प्रायः आर्थिक वर्षको अन्तिममा मात्र काम सकेर भुक्तानी माग्ने परिपाटीका कारण पनि अन्तिम समयमा धेरै भुक्तानी हुने देखिएको हो’, प्रदेश लेखा नियन्त्रक उपाध्यायले भने।

बागमती प्रदेश सरकारको चालू आर्थिक वर्षको जम्मा बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ। तीमध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ र पुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ रहेको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँ विनियोजन गरेकोेमा कुल बजेटको ६९ दशमलव ३१ प्रतिशत खर्च भएको थियो। चालू आर्थिक वर्षमा कुल बजेटको करिब ७० प्रतिशत खर्च हुने आर्थिक ममिला तथा योजना मन्त्रालयको अनुमान छ।

गत आर्थिक वर्षभन्दा बजेट खर्चमा सुधार 

बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ को १० महिना अर्थात् वैशाखसम्म कुल बजेटको जम्मा २२ दशमलव ९ प्रतिशत खर्च गरेको थियो। तीमध्ये पुँजीगततर्फ १८ दशमलव ३५ प्रतिशत अर्थात ४ अर्ब ८० करोड ६० लाख मात्रै खर्च भएको थियो।

उक्त अवधिमा चालूतर्फ २७ दशमलव ४ प्रतिशत अर्थात् ५ अर्ब ७१ करोड ६७ लाख ८१ हजार मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांक छ। प्रदेश सरकारको  आर्थिक वर्ष २०७५/७६ को ४० प्रतिशत बजेट फ्रिज भएको थियो।

आगामी आर्थिक वर्षमा ६० अर्बको बजेट 

बागमती प्रदेश सरकारले नयाँ आर्थिक वर्ष २०७९/८० को लागि करिब ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। नयाँ आर्थिक वर्षको बजेट निर्माणमा व्यस्त रहेको प्रदेश सरकारले चुनाव केन्द्रित बजेट ल्याउन लागेको हो।

आगामी असार १ गते प्रस्तुत हुने बजेटमा ठूला र महत्वाकांक्षी योजना नसमेटिएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले बताएको छ। ‘चालू अवस्थामा रहेका ठूला योजनाहरूको निरन्तरता र चुनाव केन्द्रित बजेट आउँछ’, मन्त्रालय स्रोतले भन्यो, ‘अघिल्ला बजेटमा जस्ता ठूला कार्यक्रम राखिएका छैनन्।’ आर्थिक ममिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आधारभूत जनतालाई सम्बोधन हुनेगरी बजेट ल्याउने तयारी गरिरहेको बताए।

‘विकास र पूर्वाधारका नियमित कामबाहेक आम नागरिकलाई छुने गरी बजेट ल्याउँदैछौं’, उनले भने। खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्त मानन्धरले अघिल्ला सरकारहरूले जस्तै नारैनाराको बजेट नआउने बताए। ‘काम र जनता केन्द्रित बजेट आउँछ, काम नहुने तर नारैनाराको बजेट यो पटक हुँदैन’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # बागमती प्रदेश#अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

वित्तीय समावेशिताका लागि नेपालमा विश्व बैंकको ठूलो लगानी

वित्तीय समावेशिताका लागि नेपालमा विश्व बैंकको ठूलो लगानी

ऊर्जा आयोजनाका लागि हकप्रद सेयर सहजीकरण गर्न सरकारसँग आग्रह

ऊर्जा आयोजनाका लागि हकप्रद सेयर सहजीकरण गर्न सरकारसँग आग्रह

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

युद्ध र असुरक्षाले सुन–चाँदी सेफ हेभन बन्दै

युद्ध र असुरक्षाले सुन–चाँदी सेफ हेभन बन्दै

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In