• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

ठेकेदारले टेरेनन् नगरको निर्देशन, सुचारु भएन सडक ढलान

ठेकेदारले टेरेनन् नगरको निर्देशन, सुचारु भएन सडक ढलान
Share on FacebookShare on Twitter

खोटाङ, जेठ २५ गते । सडक ढलानको जिम्मा लिएको ठेकेदारले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ७ दिने ‘अल्टिमेटम’लाई कुल्चिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित बजारको सडक ढलानको काम सुचारु गर्न दिइएको ‘अल्टिमेटम’लाई सूर्य विकास जेभीले पुरा गर्न नसकेको हो ।

मेयर तीर्थराज भट्टराईले सडक ढलानको काम अलपत्र पार्ने निर्माण कम्पनीलाई हप्ता दिनभित्र काम सुचारु गर्न १६ जेठमा पत्राचार गर्दै समय सीमा दिएका थिए । तर, निर्माण कम्पनीले बजारको सडक ढलानको काम सुचारु गरेको छैन । दिइएको समय सीमाभित्र सडक ढलानको काम सुचारु नगर्ने निर्माण कम्पनीविरुद्ध कारबाही प्रकृया अघि बढाइने मेयर भट्टराईले बताए ।

नगरपालिकाले अवरुद्ध काम ७ दिनभित्र निर्माण कार्य पुःन सुचारु गर्नका लागि आवश्यक पहल गर्न सघन शहरी तथा भवन निर्माण योजना, ओखलढुंगालाई पनि निर्देशन दिएको थियो ।  दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको निर्माण कम्पनीले हाल बेस क्याम्प क्षेत्रमा पुगेर सडक ढलानको काम अलपत्र पारेको छ ।

आलटालको शैलीमा काम गर्दैआएको निर्माण कम्पनीले गत बैसाख दोश्रो साता यता काम ठप्प पारेको छ । लामो समयदेखि दिक्तेलबजारको सडक ढलान कार्य स्थगित हुँदा बजार क्षेत्रमा यतायात अवरुद्ध भएको, स्थानीयलाई हिँडडुल गर्न समस्या भएको, दुर्घटनाको जोखिम निम्तिएको तथा बजारबासीबाट व्यापक जनगुनासो आएको मेयर भट्टराईले बताए ।

निर्माण कम्पनीले सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो । तर कोभिड–१९ को महामारीका कारण देखाएर सडक ढलानको काम गत ८ माघसम्म थप गरिएको थियो । सुर्य विकास जेभीले करिब ३८ प्रतिशत कम रेटमा सडक ढलानको ठेक्का लिएको हो ।

बेस क्याम्पदेखि त्रिबेणीचोकसम्मको सडक ढलानको काम अव्यवस्थित र अपारदर्शी भएको तथा भएका काममा ढिलासुस्ती हुँदा व्यापार व्यवसाय, विद्यार्थी र सर्वसाधारणलाई हिँडडुल गर्न समेत असहज भएको व्यवसायी बताउँछन् । ठेक्का लागेको ५८० मिटरमध्ये हालसम्म १३२ मिटर ढलान भएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाले जनाएको छ । पूर्वी पहाडका सबैजसो जिल्लाका सदरमुकाम ढलान भइसक्दा बल्ल दिक्तेलबजार ढलानको काम सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

Discussion about this post

© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In