• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

ठेकेदारले टेरेनन् नगरको निर्देशन, सुचारु भएन सडक ढलान


ठेकेदारले टेरेनन् नगरको निर्देशन, सुचारु भएन सडक ढलान
Share on FacebookShare on Twitter

खोटाङ, जेठ २५ गते । सडक ढलानको जिम्मा लिएको ठेकेदारले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ७ दिने ‘अल्टिमेटम’लाई कुल्चिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित बजारको सडक ढलानको काम सुचारु गर्न दिइएको ‘अल्टिमेटम’लाई सूर्य विकास जेभीले पुरा गर्न नसकेको हो ।

मेयर तीर्थराज भट्टराईले सडक ढलानको काम अलपत्र पार्ने निर्माण कम्पनीलाई हप्ता दिनभित्र काम सुचारु गर्न १६ जेठमा पत्राचार गर्दै समय सीमा दिएका थिए । तर, निर्माण कम्पनीले बजारको सडक ढलानको काम सुचारु गरेको छैन । दिइएको समय सीमाभित्र सडक ढलानको काम सुचारु नगर्ने निर्माण कम्पनीविरुद्ध कारबाही प्रकृया अघि बढाइने मेयर भट्टराईले बताए ।

नगरपालिकाले अवरुद्ध काम ७ दिनभित्र निर्माण कार्य पुःन सुचारु गर्नका लागि आवश्यक पहल गर्न सघन शहरी तथा भवन निर्माण योजना, ओखलढुंगालाई पनि निर्देशन दिएको थियो ।  दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको निर्माण कम्पनीले हाल बेस क्याम्प क्षेत्रमा पुगेर सडक ढलानको काम अलपत्र पारेको छ ।

आलटालको शैलीमा काम गर्दैआएको निर्माण कम्पनीले गत बैसाख दोश्रो साता यता काम ठप्प पारेको छ । लामो समयदेखि दिक्तेलबजारको सडक ढलान कार्य स्थगित हुँदा बजार क्षेत्रमा यतायात अवरुद्ध भएको, स्थानीयलाई हिँडडुल गर्न समस्या भएको, दुर्घटनाको जोखिम निम्तिएको तथा बजारबासीबाट व्यापक जनगुनासो आएको मेयर भट्टराईले बताए ।

निर्माण कम्पनीले सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो । तर कोभिड–१९ को महामारीका कारण देखाएर सडक ढलानको काम गत ८ माघसम्म थप गरिएको थियो । सुर्य विकास जेभीले करिब ३८ प्रतिशत कम रेटमा सडक ढलानको ठेक्का लिएको हो ।

बेस क्याम्पदेखि त्रिबेणीचोकसम्मको सडक ढलानको काम अव्यवस्थित र अपारदर्शी भएको तथा भएका काममा ढिलासुस्ती हुँदा व्यापार व्यवसाय, विद्यार्थी र सर्वसाधारणलाई हिँडडुल गर्न समेत असहज भएको व्यवसायी बताउँछन् । ठेक्का लागेको ५८० मिटरमध्ये हालसम्म १३२ मिटर ढलान भएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाले जनाएको छ । पूर्वी पहाडका सबैजसो जिल्लाका सदरमुकाम ढलान भइसक्दा बल्ल दिक्तेलबजार ढलानको काम सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

आज चैती छठ मनाइँदै

आज चैती छठ मनाइँदै

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In