काठमाडाैं, जेठ २५ गते । बालिकाको सुरक्षा दिन नसकेको भन्दै नेकपा एमालेकी सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेकी छिन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद विकले देशमा बढेका जघन्य अपराधमा टुलुटुलु हेरेर बसेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेकी हुन् ।
‘सुर्खेतमा सात वर्षकी बालिका मृत फेला परेकी छिन्, स्कुल हिँडेका बालिका घर फर्किन सकेका छैनन् । बाँकेमा बालिकामाथि सामुहिक बलात्कार भएको छ । यस्तो जघन्य अपराधलाई टुलुटुलु हेरेर बस्ने, जनतालाई शान्ति सुरक्षा गर्न नसके गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ विकले भनिन् ।
शून्य सममै सांसद गंगा चौधरी सत्गौवाले पनि शान्ति सुरक्षा दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरिन् ।
Discussion about this post