• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सप्तरीमा ५२ वर्षीय रामसुन्दर महतोको हत्याको आरोपमा मिल्ने साथी र मृतककी श्रीमती पक्राउ


बालिका बलात्कारको आरोपमा गौरीगञ्जबाट म्यादी प्रहरी पक्राउ
Share on FacebookShare on Twitter

सप्तरी, जेठ २५ गते । सप्तरीमा हत्याको आरोपमा मिल्ने साथी पक्राउ परेको एक महिनापछि मृतककी श्रीमती पक्राउ परेकी छन् ।

सप्तरीको बिष्णुपुर गाउँपालिका–५ कट्टी टोल बस्ने ५२ वर्षीय रामसुन्दर महतोको हत्या आरोपमा उनकी श्रीमति इनरवती महतो पक्राउ परेकी हुन् । एकमहिना अघि वैशाख २३ गते मृतकका मिल्ने साथी सप्तरीको रूपनी गाउँपालिका–१ रूपनी चौकका ३८ वर्षीय मो। नसिर भनिने नजिर मियाँ पक्राउ परेका थिए ।

इनरवती घटनालगत्तै पक्राउ परेर छुटेकी थिइन् । अहिले पुनः पक्राउ गरी अदालतबाट म्याद थप गरिएको सप्तरी प्रहरीले जनाएको छ । मोबाइल फोनको कल डिटेल्स सिडिआर रिपोर्टको आधारमा प्रहरीले इनरवतीसहित मदिरा पसले, कार्यक्रममा नाचगान गर्ने युवतीलाई घटना लगत्तै नियन्त्रणमा लिएको थियो ।

उतिबेला ठोस प्रमाणको अभावमा बयान लिएर छाड्नु परे पनि हाल इनरवतीलाई पक्राउ गरेर कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

‘पर्याप्त प्रमाण विना मतियार, सहयोगीलाई अदालतमा पेश गर्दा शंकाको लाभमा धरौटीमा छुट्न सक्ने अवस्था हुन्थ्यो,ु डीएसपी काफ्लेले भने, ‘इनरवती धरौटीमा छुटेपछि मुख्य अभियुक्त समेत अदालतमा हाजिर भई सोही आधारमा छुट्ने अवस्था हुन सक्थ्यो, तसर्थ पहिले मुख्य अभियुक्त पक्राउ गरेर मृतककी श्रीमतीलाई पुनः पक्राउ गरेका हौं ।’

नजिरलाई पक्राउ गर्न मृतककी श्रीमतीलाई तत्काल छाडिएको आरोपितहरूले चाल पाएनन् । इनरवती छुटेपछि प्रहरीले उनको खोजिकार्य गरिरहेको मियाँले चाल पाएका थिए । त्यसपछि मियाँ भारतको विहारमा गई लुकेर बस्न थाले ।

प्रहरीले पक्राउ गर्न र उजुरी दर्ता गर्न खोजी रहेको थाहा पाएका मियाँले भारतबाटै एसपीसँग फोनमा हत्या स्वीकार्दै आफूलाई पक्राउ गर्न चुनौति दिएका थिए । भारतमा लुकेर बसेका कारण प्रहरीले मियाँलाई पक्रन सकिरहेको थिएन् । सप्तरी प्रहरीले भारतीय प्रहरीलाई यसबारे जानकारी गराएर सहयोग भने मागेको थियो ।

स्थानीय तहको निर्वाचन नजिकिएपछि उम्मेदवारहरूलाई सहयोग गर्ने बहानामा राजनीतिक सरंक्षण लिएर नेपाल भित्रिएको सूचना पाएको सप्तरी प्रहरीले नेपाल–भारत सिमा नजिकै बोदे बर्साइन नगरपालिकाबाट मियाँलाई पक्राउ गरेको थियो । उता प्रहरीले अनुसन्धान गरेपश्चात छुटेकी र घरमै बसिरहेकी इनरवती आफूमाथि प्रहरीको शंका नरहेको भन्दै ढुक्क थिइन् ।

मियाँ र डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरका ३० वर्षीय रोशन साह महतोले नै महतोको हत्या गरेको र इनरवतीको समेत संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ । महतो बिहेको लगनका बेला हुने भोजभतेरमा खाना पकाउने काम गर्थे भने अरु बेला तरकारी बिक्री गर्थे ।

आरोपित मियाँ भने जनतान्त्रिक तराई मुक्ती मोर्चा गोईत समूहमा आवद्ध थिए । विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिहरूलाई फोन गरी धम्काई चन्दा असुली गर्ने कार्यमा सरिक रहन्थे । बिष्णुपुर गाउँपालिका–७ बाट २०७४ जेठ १३ गते एक थान पेस्तोल र गोईत समूहको जनतान्त्रिक तराई मुक्ती मोर्चाको पर्चा पम्प्लेटसहित पक्राउ परेका मियाँ जरिवाना तिरेर ९ महिनापछि जेलबाट रिहा भएका थिए ।

मियाँ अवैध लागुऔषध व्यापार गर्ने, लुकाई छिपाई हतियार बोकी हिँड्ने र जनमानसमा डर त्रासको वातावरण सृजना गर्ने अपराधिक समूहका व्यक्ति हुनुका साथै गाँजाका अम्मली पनि रहेको डीएसपी काफ्लेको भनाइ छ । गाँजाकै संगतले महतोसँग मियाँको मित्रता बढेको थियो । मोर्चाको गतिविधि लुकिछिपी गर्न उनले महतोको घरलाई बस्ने आश्रयस्थलका रूपमा प्रयोग गर्थे । यसै क्रममा मियाँ र इनरवती नजिकिएका थिए ।

असोज ८ गते बिहान आरोपित मियाँ र साह महतोको घर पुगेको महतोकै छोरा जितेन्द्र बताउँछन् । मियाँले उनको गाउँटोलमा भोज छ भनी खाना बनाउने कामका लागि महतोलाई लिएर गए । भोजका लागि लैजाने र जाने तीन दिनसम्म सम्पर्कविहिन भएपछि घरपरिवारका सदस्यहरू खोजी गर्न थाले ।

अर्कोतिर सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते पहिचान नखुलेको शव फेला परेको थियो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा सनाखतका लागि शव पोष्टमार्टम नगरी राखिएको थियो । वेवारिसे शवको बारेमा जानकारी पाएर पुगेका मृतक महतोका दाजु मधुसुदन महतोले भाईले लगाएको कपडा र घाँटीमा लगाएको रुद्राक्षको माला देखे ।

असोज ११ गते शवको पहिचान खुल्यो र सनाखत भयो । महतोलाई घरबाटै लैजाने मियाँ र साह बेपत्ता थिए । उनीहरूले नै हत्या गरेको हुन सक्ने मधुसुदनले बताएपछि प्रहरीले आरोपितहरूको खोजी गर्न थाल्यो । हत्या घटनामा नजिर र इनरवती पक्राउ परेको र साहको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।अन्नपूर्ण पोस्ट बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In