काठमाडौं । एमालेकी सांसद नविना लामाले पाठ्यपुस्तकको समस्या समाधान गर्न नसकेको भन्दै जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्ने माग गरेकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले देशभर पाठ्यपुस्तक अभाव भएको भन्दै पुस्त छाप्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताइन्। सांसद लामाले जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरुले पुस्तक कहिल्यै नपाएको भन्दै जनक शिक्षा सामग्री खारेजको माग गरेकी हुन्।
‘बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने किन भयो? कागजको ठेक्का लिनेले किन कागज ल्याएनन् कारबाही गर्नुपर्छ,’उनले भनिन्, ‘हामीले वैकल्पिक उपाय खोजेर निजीलाई दिने कुरा गर्नुपर्छ। ‘
Discussion about this post