जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुखकै कार्यकक्षमा पत्रकारहरुमाथि भएको कुटपिटको घटनामा मेयर धनुषा जिल्ला अदालतमा हाजिर भएका छन् ।
२०७६ साल पुस महिनामा नगर प्रमुख लालकिशोर साहले पत्रकारलाई आफ्नै कार्यकक्षमा हुलहुलज्जत, दुव्र्यवहार तथा गालीगलौजसहित गरेको मुद्दामा धनुषा जिल्ला अदालतमा हाजिर हुनु परेको हो ।
हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरको फुलवारीको पर्खाल तोडेर सडक विस्तार गर्नेक्रममा नगर प्रमुख साहले स्थानीयहरुसँग ८५ लाख रुपैयाँ लिएको भनि आरोपको सवालमा प्रतिक्रिया लिन गएका पत्रकारलाई कार्यकक्षमै दुव्र्यवहार तथा गालीगलौज सहित हातपात गरेका थिए ।
मेयर साहले आफ्नै कार्यकक्षमा कार्यकर्ता तथा गुण्डा भिडाएर पत्रकारहरुलाई अपमानसहित कुटपीट गरेका थिए । यसै घटनामा मेयर साहका कार्यकर्ताहरुलाई जिल्ला प्रशासन कार्यालय धनुषाले जरिवाना तिराइसकेको छ ।
जिल्ला अदालतले यो मुद्दा मेलमिलाप फाँटमा पठाएका छन् ।
यता नगरप्रमुख साहबाट पीडित भएर अदालत पुगेका पत्रकार अमरकान्त ठाकुरले नगर प्रमुख साहले सार्वजनिकरुपमा माफी माग्नु पर्ने अडान कायमै राखेका छन् । मेयरले माफी नमागेको खण्डमा अदालतले कडा सजाय दिनुपर्ने उनले बताए ।
Discussion about this post