सुवास श्रेष्ठ-
काठमाडौं, जेठ २६ गते । बिहीबार ललितपुरको सानेपास्थित कालोपुल मुनि जमेको पानीमा मालबाहक गाडी फस्यो । पुलमुनि जमेको पानी पार गरेर अघि बढ्न खोज्दा उक्त गाडी एक्कासि फसेको हो । फसेको गाडीलाई निकाल्न निकै हम्मे–हम्मे पर्यो ।
प्रहरीको सहयोगमा करिब ९० मिनेटपछि क्रेनको सहायतामा फसेको उक्त गाडी निकालिएको छ । गाडी फसेको दृष्यलाई सर्वसाधारणले सामाजिक सञ्जालमा नेपालको ‘पानी जहाज’ भन्दै व्यङ्ग्य समेत गर्न भ्याए । वर्षा लागेसँगै उपत्यकामा गाडी फसेका यस्ता दृष्य देखिने गर्छन् । राम्रोसँग नबनाइएको सडक, अव्यवस्थित ढल निकास, बढ्दो सवारी चापका कारण उपत्यकामा यो खालका समस्या दिनानुदिन बढ्दै गएका छन् ।
Discussion about this post