• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सहरमा छैनन् बाल उद्यान, कोठाभित्रै थुनिन बाध्य बालबालिका


सहरमा छैनन् बाल उद्यान, कोठाभित्रै थुनिन बाध्य बालबालिका
Share on FacebookShare on Twitter

२६ जेठ, काठमाडौं । अमेरिकाको लस एन्जलसका प्रख्यात फिल्म निर्माता वाल्ट डिज्नी आफ्नी दुई छोरीलाई डुलाउन भन्दै ग्रिफिस पार्क पुगे ।

त्यहाँ अरु बालबालिका मस्ती गरिरहेका भए पनि उनकी छोरी डियान र भोरानलाई त्यो पार्क पटक्कै मन परेन । पार्क देखेर रमाएर खेल्नुपर्ने साना छोरीहरुलाई झर्को लागेको देखेपछि डिज्नी सोचमग्न भए ।

उनीहरु गएको ग्रिफिस पार्कमा बालबालिकाले मात्रै खेल्न पाउँथे । अभिभावकले उनीहरु खेलेको हेरेर बस्नुपथ्र्यो ।

पार्क देखेर छोरीले व्यक्त गरेको व्यवहारपछि उनले बालबालिकाका साथै अभिभावकले समेत खुलेर मस्ती गर्न सक्ने पार्कको परिकल्पना गर्न थाले । र, उनी थ्रिलर र मस्ती गर्न सकिने पार्क निर्माणमा होमिए ।

लामो समयको मेहनतपछि उनले बालबालिकाका लागि मात्रै नभई सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरे । जुन अहिले डिज्नील्याण्डका नामले संसारभर प्रसिद्ध छ ।

काठमाडौंमा खुला स्थानको अभाव मात्रै छैन, भएका पनि व्यवस्थित छैनन् । बिहान बेलुका टहलिन चौर छैन । थकान मेटाउन विश्रामस्थल छैन । डिज्नी खेलकुदले बालबालिकाको शारीरिक र मानसिक रुपमा पार्ने असर र प्रभावका बारेमा जानकार थिए । जसका लागि उनले छोरीको व्यवहार देखेरै विश्वविख्यात पार्क बनाइछाडे ।

खेलकुद बालबालिकाको विकासका लागि नभई नहुने जिन्दगीको महत्वपूर्ण हिस्सा हो । खेलकुदले बालबालिकालाई स्वस्थ मात्रै राख्दैन, यसले उसलाई सामाजिक हुन समेत सिकाउँछ ।

बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासका लागि खेलकुद आवश्यक पर्छ । अहिलेको २१ औं शताब्दीको युगमा खेलकुदलाई शिक्षा भन्दा पनि महत्वपूर्ण मानिन्छ ।बालबालिकालाई पढाउँदा समेत अचेल खेलकुदका माध्यमबाट पढाउने प्रचलन बढेको छ । खेलकुदका माध्यमबाट सिकाइने सिकाइ प्रभावकारी हुनुका साथै दीर्घकालीन हुन्छ ।

तर काठमाडौंमा बालबालिकाका लागि बाल उद्यान नै छैनन् भन्दा पनि हुन्छ । एकाध भएका पनि ती बालमैत्री छैनन् । जसकारण बालबालिकाले घरभित्र थुनिनु परेको त छ नै, उनीहरु खेल्न पाउने अधिकारबाट समेत बञ्चित भएका छन् ।

सहरमा बालमैत्री र बालबालिका लक्षित पार्क तथा बाल उद्यान नहुँदा यसले बालबालिकाको सामाजिक, शारीरिक र मानसिक स्वास्थ्यमा मात्रै समस्या निम्त्याएको छैन, अभिभावकलाई समेत हैरानी र सास्ती भएको छ । मैतिदेवीकी शर्मिला कार्की काठमाडौंमा बालबालिकाका लागि खेल्ने खुला स्थानको अभाव हुँदा बालबालिका घरभित्र थुनिएको बताउँछिन् ।

‘काठमाडौंमा बाल उद्यान नहुँदा बालबालिकाको प्राकृतिक रुपमा जति हुनुपर्ने हो, त्यति मात्रामा शारीरिक, मानसिक र सामाजिक विकास नै हुन सकेको छैन,’ उनी भन्छिन्, ‘बालबालिकामैत्री पार्कको अभावमा उनीहरु घरभित्र थुनिएका छन् ।’

भृकुटीमण्डपस्थित काठमाडौं फनपार्क ।

अहिले बालबालिकाको दैनिकी नै स्कुल र घर भएको छ । बालबालिकाले चाहेर पनि खेल्न नपाउँदा उनीहरु एकलकाँटे मात्रै बनिरहेका छैनन्, सामाजिक परम्परा, व्यवहार र परिवेशबाट टाढा हुँदै गइरहेका छन् ।

‘बालबालिकालाई पढाउने बेला खेलकुदका माध्यमबाट पढाउँछौं भन्छन्, तर व्यवहारमा न सहरमा खेल्ने स्थान छ, न त स्कुलमा नै,’ कार्की भन्छिन् । बालबालिकाका लागि खेल मैदान नहुँदा घरमै थन्किनुपर्ने र घरमा हुँदा उनीहरुलाई मात्रै नभई अभिभावकलाई समेत चिन्ता र तनाव थपिने उनको भनाइ छ ।

‘दिनमा स्कुल भए पनि बालबालिकाले बाँकी समय घरमै बिताउनुपर्ने बाध्यता भएकाले उनीहरु समाजसँग जोडिन सकेका छैनन् । उनीहरुलाई मोबाइल र टीभीबाहेक कुनै वास्ता नै छैन,’ उनले भनिन् । क्लिनिकल मनोविद् डा. विजय ज्ञवाली सहरमा खुला स्थान तथा बाल उद्यान नहुँदा बालबालिकाको मानसिक र आध्यात्मिक चेतनाको विकास सुस्त भएको बताउँछन् ।

‘बालबालिकाको शारीरिक, मानसिक र आध्यात्मिक विकासका लागि खेलकुद नभई हुँदैन,’ डा. ज्ञवाली भन्छन्, ‘तर सहरमा बालबालिकाले खेल्न लायकका खुला स्थान नहुँदा उनीहरुलाई  सामाजिक  र व्यावहारिक हुन समस्या भइरहेको छ ।’

उनी अगाडि थप्छन्, ‘बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेल महत्वपूर्ण हुन्छ । बालबालिकाले खेलेर, छोएर महसुस गरेर गरेका काम प्रभावकारी र दिगो हुन्छन् । यसका लागि उनीहरुलाई प्राकृतिक वातावरणमा खुला रुपले खेल्न दिनुपर्छ ।’

अहिले ९९ प्रतिशत अभिभावक छोराछोरी मोबाइल तथा टीभीमा झुण्डिरहने गुनासो गर्दै आफूकहाँ आउने गरेको बताउँछन् डा. विजय । ‘सहरमा खुला स्थान नहुँदा बालबालिका घरभित्र थुनिएका छन् । अन्य विकल्प नहुँदा उनीहरुको ध्यान मोबाइल र टीभीतिरै जान्छ,’ उनी भन्छन्, ‘मोबाइल र टीभीको विकल्प भएको भए यस्तो समस्या आउँदैनथ्यो ।’

बाल उद्यान बनाउँदा उपयुक्त स्थान र बालबालिकाको उमेर समूहलाई मध्यनजर गर्दै बनाउनुपर्ने हुन्छ । खुला स्थानको अभाव हुँदा बालबालिकालाई मात्रै समस्या भएको नभई अभिभावकलाई समेत चिन्तित बनाएको छ ।

‘स्वच्छ र बाहिरी वातावरणमा खेल्न पाउनु मनोसामाजिक शिक्षाको अभिन्न अंग हो,’ डा. विजय भन्छन्, ‘प्रकृति आफैंमा गुरु हो, बालबालिकाले स्वस्फूर्त रुपमा स्पर्श गरेर सुँघेर, छोएर र खेलेर सिकेका कुरा दिगो हुन्छन् ।’

बालबालिकाको चञ्चले मनले खेल्न खोज्छ । खेलबाट धेरै कुरा सिक्छ । खेलबाट सिकेका कुरा दिगो र प्रभावकारी हुन्छ । खेलकुदमा सहभागी हुँदा बालबालिकालाई सामाजिक र व्यावहारिक हुन सिकाउँछ -शिक्षाविद् विद्यानाथ कोइराला

****

बागबजारकी अस्मितालाई छोरीले बिदाका दिन घुम्न जाने रहर गरे पनि खुला पार्क नहुँदा दिक्क लाग्छ । घुम्न त जाने, तर कहाँ जाने सयौं पटक सोच्नुपर्छ ।

‘काठमाडौंमा घरैघरले ठाउँ छैन, के खुला ठाउँ खोज्नु ? स्कुलबाट घर र घरबाट स्कुल जानुलाई नै घुम्न सम्झिनुपर्छ,’ उनी भन्छिन्, ‘खुला स्थान नहुँदा एकातिर बालबालिकाले खेल्न पाएका छैनन्, अर्कातिर बालबालिका घरमा थन्किंदा अभिभावकलाई समेत तनाव हुन्छ ।’

काठमाडौंमा खुला स्थानको अभाव मात्रै छैन, भएका पनि व्यवस्थित छैनन् । बिहान बेलुका टहलिन चौर छैन । थकान मेटाउन विश्रामस्थल छैन । बालबालिकालाई समाजमा भिज्न, रहन तथा साझेदारी गर्नका लागि खेलको महत्वपूर्ण भूमिका रहन्छ । तर काठमाडौंका बालबालिकाले आफ्नो संसार अनुभूति नै गर्न पाएका छैनन् । अहिले बालबालिकालाई घुमाउन योजना बनाउँदा कि आफन्तकहाँ लैजानुपर्ने अवस्था छ कि गाडीमा फन्का लगाइरहनुपर्छ । सहरमा बालबालिकाले प्रकृतिलाई महसुस नै गर्न पाएका छैनन् ।

पूर्वाधारविद् श्रीराम ढकाल काठमाडौंमा बाल उद्यान नहुनु र भएका पनि बालमैत्री नहुनुमा नेपाली नीति निर्माता, अभिभावक र सहरी योजनाकारले बालबालिकाका विषयवस्तुलाई कति महत्व दिन्छन् भन्ने कुरामा भर परेको बताउँछन् ।

‘काठमाडौंमा योजनाबद्ध सहरी संरचना नभएकाले बाल उद्यान तथा खुला स्थानको अभाव भएको हो । अव्यवस्थित सहरीकरणलाई न पहिले व्यवस्थित गरियो न त अहिले सुधार गर्न खोजिंदै छ,’ उनी भन्छन् ।

बालबालिका सिकाइको चरणमा हुने हुँदा खुला स्थानले उनीहरुलाई व्यावहारिक ज्ञानका साथै देखेर, हेरेर, छोएर अनुभूत गरेर सिक्ने ठाउँ चाहिने उनको भनाइ छ । बालबालिकाका लागि मात्रै नभएर खुला स्थान सबै उमेर समूहका लागि आवश्यक रहेको उनी बताउँछन् ।

कुनै समय काठमाडौंमा रहेको टुँडिखेल सर्वसाधारणको खेल मैदान थियो । टुँडिखेल खेल मैदान मात्रै नभएर विपद् पर्दा आश्रयस्थल पनि थियो । जस्तो कि २०७२ सालको भूकम्प आएपछि टुँडिखेल सर्वसाधारणको आश्रयस्थल बनेको थियो ।

तर अहिले आधाभन्दा बढी टुँडिखेल नेपाली सेनाको नियन्त्रणमा छ भने आधा भागमा काठमाडौं महानगरपालिकाले बालुका र इँटा थन्काएको छ । बचेको सानो भागमा केही युवा जम्मा हुन्छन् र खेल खेल्छन् ।

काठमाडौंको टुँडिखेल । फाइल तस्वीर

त्यस्तै २४ कात्तिक २०७२ मा काठमाडौंको पुरानो बसपार्कमा व्यापारिक भवन भ्युटावरको शिलान्यास गरिएपछि बसपार्क खुलामञ्चमा सारियो । राजनीतिक दलले सभा–सम्मेलन गर्ने, सर्वसाधारण टहलिने खुलामञ्च केही समय बसपार्क बन्यो । अहिले खुलामञ्चको गेटमा ताला लगाइएको छ ।

ठूला भवन निर्माण गरिनुलाई मात्रै विकास मान्ने संस्कार विकास हुँदैछ । तर यस्ता विकासले प्राकृतिक संरचनालाई विनास गर्नुका साथै वातावरणलाई समेत असर गरिरहेको छ । यसको प्रत्यक्ष प्रभाव खुला स्थानमा परेको छ । खुला रहेका स्थानमा विभिन्न स्वार्थ समूहका आँखा गाडिएका छन् । तिनले आफ्नो स्वार्थ अनुकूल त्यसलाई प्रयोग गरिहेका छन् ।

खुला क्षेत्रमा निर्वाध रुपमा भवन निर्माण भइरहँदा पनि स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य समेत खुला स्थानको संरक्षण गर्नुपर्ने विषयमा गम्भीर बनेका छैनन् । यो विषय उनीहरुको प्राथमिकतामा परेको नै देखिंदैन ।

शिक्षाविद् विद्यानाथ कोइराला खेलकुदले बालबालिकाको सिकाइलाई बलियो र प्रभावकारी बनाउने बताउँछन् ।

‘बालबालिका कक्षाकोठाको साँघुरो घेरामा नभई प्राकृतिक वातावरणमा खेल्दै सिक्न चाहन्छन्,’ उनी भन्छन्, ‘बालबालिकाको समग्र विकासका लागि खेलकुदको आवश्यकता पर्छ । खेल्न कुद्नका लागि खुला स्थानको ।’ नेपाली समाज तथा शिक्षक अभिभावकले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै दिने गरेकाले पनि समस्या भएको उनको भनाइ छ ।

‘बालबालिकाको चञ्चले मनले खेल्न खोज्छ । खेलबाट धेरै कुरा सिक्छ । खेलबाट सिकेका कुरा दिगो र प्रभावकारी हुन्छ । खेलकुदमा सहभागी हुँदा बालबालिकालाई सामाजिक र व्यावहारिक हुन सिकाउँछ,’ कोइराला भन्छन् ।

नेपाली समाजमा खेलबाट पनि पढाइ हुन्छ र खेलकुदले पनि बालबालिकाको शारीरिक र मानसिक विकास गराउँछ भन्ने चिन्तन नै नभएको उनको गुनासो छ ।

सहरमा खुला स्थानको अभाव हुदा हुनेखाने सहरभन्दा केही टाढा जान्छन् भने गरिखानेहरु सहरमै फन्का मारिरहेका छन् । उनीहरुले बालबालिकालाई खुला वातावरणमा घुमाउन लैजान सकिरहेका छैनन् । यस्तो हुँदा बालबालिकाले दिग्दारी महसुस गर्छन् । बालबालिकाले जति धेरै खेल्यो, जति धेरै घुम्यो, त्यति नै ऊ चलाख र सिक्न उत्प्रेरित हुने कोइरालाको भनाइ छ । खुला ठाउँ जनस्वास्थ्य र वातावरणका हिसाबले पनि महत्वपूर्ण छन् ।

सहरका बालबालिका घोकन्ते परम्पराबाट आजित भइसकेका छन् । त्यसबाट पार पाउन खेलकुदका माध्यमबाट सिक्ने र खुला स्थानमा घुमाउन लैजाँदा सिकाइ प्रभावकारी हुने शिक्षाविद् कोइराला बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # जीवनशैली
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

गुलाबको फूल : अनेक किस्सा

गुलाबको फूल : अनेक किस्सा

पर्यटकीय गाउँ सिक्लेस

पर्यटकीय गाउँ सिक्लेस

लहानका उपप्रमुख महतोद्वारा जिल्ला समन्वय समितिका उप-प्रमुख लामा सम्मानित

लहानका उपप्रमुख महतोद्वारा जिल्ला समन्वय समितिका उप-प्रमुख लामा सम्मानित

kewrat

केवरत भाषाको वर्ण पहिचान सम्पन्न

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...