• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

हैसियतको खर्पनमा मान्छेको तौल


हैसियतको खर्पनमा मान्छेको तौल
Share on FacebookShare on Twitter

जीवन र जगत्

लेख जन्मिनु अघिको कथा … मार्च महिनाको पहिलो हप्ता। दिउँसो २ बजेपछिको समय। पागरमाथा, रंगपुरका पुराना गल्लीहरू गर्मीले निकै तातिसकेका थिए। सुन्दा पागरमाथा, सगरमाथाकै भाइ जस्तो सुनिने। जे सुनिए पनि पागरमाथामा गर्मीले मान्छे पाक्छ भने सगरमाथामा हिउँले मान्छे ढाक्छ। आरन आउँदा जाँदा, आगोको भुंग्रोमा फलामको डल्लो जसरी तात्थ्यो, ठीक त्यसरी नै तातेको थियो, मेरो शरीर। कान पछाडि पसिना तररर्र… बगिरहेको थियो। एकछिन ‘कानलाई हिमाल’ सम्झिने हो भने हिमालको काखमा हिमनदी बगेजस्तो।

भोकले निकै च्याप्यो। मान्छेको बसोबास नभएको पुरानो घरमा मुसा यताउती कुदेजस्तो पेटभित्र मुसाहरू कुद्न थाले। पिठ्यूँमा झोला थियो। झोलाभित्र एमबीबीएसका मोटा मोटा किताबहरू थिए। पाकेका फलहरूको वजनले हाँगो भुइँतिर निहुँरिए जस्तै, किताबको वजनले म पनि भुइँतिर निहुँरिएको थिएँ। युद्ध हारेपछि घर फर्केको सिपाहीको हालतमा थिएँ, म। आशाहरू खरानी थिए। जिन्दगी पानी पानी थियो। होस्टेल पुगें। कपडा झुन्ड्याउने ठाउँमा कपडा झुन्ड्याएँ। कपडाको पर्खाइमा कपडा झुन्ड्याउने काँटी पर्खिरहेका थिए। मान्छेको सम्बन्ध पनि यस्तै हुँदो हो। एउटा पर्खिरहने, अर्को पर्खाइरहने। झोला राख्ने ठाउँमा झोला राखें। हतारहतार भान्छाकोठा पुगेपछि थाहा भयो, त्यो दिन मेस बन्द रहेछ।

अचेल पैसाको किनार भएर मात्रै सम्बन्धको नदी बग्छ। सम्पत्तिाको कुवामा मात्रै मित्रताको पात खस्छ। यहाँ अभावको मरुभूमिमा सम्बन्धको कुनै पालुवा पलाउँदैन। चरम गरिबीको घना जंगलमा सद्भावनाको कुनै फूल फुल्दैन। गरिब साथीको घरसम्म धनी साथीको कुनै उज्यालो पुग्दैन।

होस्टेलबाट केही दूरीमा रहेको क्यान्टिनतिर खुट्टा लम्काएँ। जति सक्दो छिटो पुग्नु थियो। पुगें। क्यान्टिनमा आज साहु रहेनछन्। साहुका छोरा रहेछन्। म सात तलामा बस्छु। भान्छाकोठा भुइँको तलामा छ। भान्छाकोठामा खाना खान्छु भनेर निस्केको थिएँ तर मेस बन्द रहेछ। पैसा बोक्न बिर्सेछु।

म :– भैयाँ खाबर दाउ। अनेक खिता लाग्छे। टाका निते भुलेगैसी। परे दिए दिबो। (भाइ ! खाना देऊ। भोक बेस्सरी लागेको छ। पैसा ल्याउन बिर्सेछु। पछि आएर दिन्छु।) क्यान्टिन साहुको छोरो : – होबेना। अमार पापा मतो आमी टाका छाडा दिबोना। एक टाकाओ दिबोना। (हुँदैन, बुवाले जस्तो उधारो म दिन्नँ। एक टाका पनि दिन्नँ।) म : – पछि आएर दिइहाल्छु नि।  (परे दिए दिबो।) ऊ : – होबेना। (हुन्न)।

क्यान्टिन साहु नभएकाले उसको छोराले मलाई एक सय टाका (बंगलादेशको पैसा) पनि पत्याएन। मलाई रिस उठ्यो। त्यो बेला एक छाक खानाको मूल्य तिर्ने हैसियत मसँग थिएन। उसले ‘हैसियतको खर्पन’मा मलाई जोखेर आफूलाई वजनदार देखायो। म त्यहाँबाट हिँडें। कोठा पुगें। खटियामा उपरखुट्टी लाएँ। लामो सास फेरें। एक छिन सोचें।

‘वैशाख बयालो चल्दो बादल घेरिँदैन साल समय फेरिदाइछन् भाग्य फेरिँदैन।’

युट्युबमा यो देउडा गीत बजाएँ। आमाले बरोबर गुनगुनाइरहने देउडा गीत हो यो। कोठाभित्र एकै चोटी ‘आमाको सम्झना र तातो हावा’ सँगै आए। देउडा गीतमा भने जस्तै साल, समय, ऋतु फेरिए तर अहँ मेरो भाग्य फेरिएन। त्यसपछि यो लेख जन्मिएको हो।

ooo

कोठा पुगेपछि सबैभन्दा पहिले मैले मेरो ‘मूल्य’ शीर्षकको कविता सम्झिएँ,मालिक हात जोडेर आह्वान गर्छु  मेरो मूल्य नतोक्नुहोस् अहँ मेरो मूल्य नतोक्नुहोस्।

हजुरको दस हजारको कोटमा झुन्ड्याइएको पाँच रुपैयाँको कलमले दस करोडको चेक काट्न सक्छ समाचार छ… दुई रुपैयाँको सलाईले बैंक जलाएको !

ooo

एक छाक खानाको मूल्य तिर्न नसकेर भिख मागिरहेको एउटा मान्छे देखेर यो कविता लेखेको थिएँ, कुनै बेला। आज आफूले पनि एक छाक खानाको मूल्य तिर्न नसक्दा सम्झिन पुगें। ‘जुन रूखको हाँगाबाट बञ्चराको बिँड बन्छ, एकदिन बञ्चराले त्यही रूखलाई नै काट्छ’ भनेको सायद यही होला।

‘दुनियाँ स्वार्थी छ। अँ, स्वार्थी होइन बहुत स्वार्थी छ।’ यत्ति कुरा बुझ्न मैले मेरा जीवनका सुनौला २२ वर्ष गुमाएँ। एक सेकेन्डको त कति महत्त्व छ जीवनमा। ती त ऊर्जावान् २२ वर्ष थिए। बहुत ढिला गरी बुझें। कृपया तपाईंंहरू यो कुरा बुझ्न ढिला नगर्नु होला। त्यति बुझ्न ढिलो गर्नु भनेको घाउको समयमा उपचार नगरी क्यान्सर हुन दिनु हो। यस प्रकारको क्यान्सरले शरीरको कुनै एउटा अंगमा मात्रै आक्रमण गर्दैन, यसले त ‘जीवनयापनका तौरतरिका’ मै आक्रमण गर्छ।

कुनै बेला सम्बन्धको नदीमा बाध्यताको बाढीले मित्रताको पुल बगाइदिन सक्छ। बाध्यताको हावाले हानेर मित्रताको पर्खाल ढलाइदिन सक्छ।

के तपाईंंहरूलाई थाहा छ ? अचेल पैसाको किनार भएर मात्रै सम्बन्धको नदी बग्छ। सम्पत्तिको कुवामा मात्रै मित्रताको पात खस्छ। यहाँ अभावको मरुभूमिमा सम्बन्धको कुनै पालुवा पलाउँदैन। चरम गरिबीको घना जंगलमा सद्भावनाको कुनै फूल फुल्दैन। गरिब साथीको घरसम्म धनी साथीको कुनै उज्यालो पुग्दैन। ऐंजेरु उम्रिएको संघर्षको मैदानमा साथित्वका हाँगाहरू सधैं छायाँमा परिरहन्छन्।

कुनै पनि मान्छेले हैसियतको खर्पनमा तपाईंलाई तौलिएपछि मात्रै उसले निर्णय गर्छ कि ‘तपाईंं उसको साथित्वको परिधिभित्र अटाउनु हुन्छ कि हुन्न ?’ अटाउनु भयो भने तपाईंंले बुझे हुन्छ त्यहाँ पक्कै स्वार्थका बाछिटाहरू सम्बन्धको बलेंसी हुँदै बग्नेछन् भनेर।

मेरो कुरा पत्यार लागेन है ? रोक्नुस्। एकछिन लामो सास लिनुहोस्। सास फाल्नुहोस्। र, सम्झिनुहोस्। हिजोका तपाईंंका वरिपरिका साथीहरू, तपाईंंका वरिपरिका आफन्तहरू, वरिपरिका संगिनीहरू अनि तपाईंंका  वरिपरिका ईष्टमित्रहरू।

उनीहरू आफ्नो काम सकिएपछि, आफ्नो काम भ्याएपछि, आफ्नो स्वार्थ पूरा गरिसकेपछि, आफ्नो उद्देश्य फत्ते पारेपछि कति फेरिएका छन् ? त्यसपछि उनीहरूले फर्केर हेरेका छन् कि छैनन् ? उनीहरूले आफू आउँदा हिँडेको बाटो फर्किंदा सम्झे कि सम्झेनन् ? उनीहरू आज कहाँ छन् ? त्यो पत्ता लगाउनुहोस्। त्यसको एक एक हिसाब किताब राख्नुहोस्।

यति भनेपछि मलाई प्रश्न गर्न सक्नु हुनेछ, ‘मित्रतामा के को हिसाब किताब ? यो त सम्बन्ध हो। कुनै व्यापार होइन।’ त्यसमा मेरो जवाफ हुनेछ, ‘हिसाब किताब हुने भनेकै सम्बन्धमा हो। व्यापारमा हिसाब किताब होइन। नाफा घाटा हुन्छ। नाफा घाटा र हिसाब किताब फरकफरक चिज हुन्।

बरू ‘नाफा घाटा’ र ‘हिसाब किताब’लाई ‘फरक फरक आमाको कोखबाट जन्म लिएका दाजुभाइ’ सम्म मान्न सकिन्छ। हिसाब किताब सम्बन्धमा मात्रै हैन। आफ्नै जिन्दगीमा पनि लागू हुन्छ। ‘जिन्दगीको वासलात’ मिलाउनु जस्तो गाह्रो हिसाब किताब अरू केही हुँदैन।

किताबको वासलात मिलाउन सिकाउने गुरूहरू जताततै, यत्रतत्र, सर्वत्र भेटिन सक्छन्। भेटिन्छन् पनि तर जिन्दगीको वासलात मिलाउन सिकाउने गुरु केवल आफ्ना बाआमा मात्रै हुन्। त्यसैले ‘हैसियतको खर्पनमा मान्छेको तौल’ जोख्दा बाआमा जतापट्टि आएर बसिदिन्छन्, त्यतै ढल्किन्छ सम्बन्धको वजन।

फेरि एकपटक स्वार्थको तुलोमै जाऔं। कुनै पनि मान्छे जागिरमा, जबमा, रोजगारमा, कुनै पनि काममा (सानोतिनो नै किन नहोस्) लागिसकेपछि, उनीहरू ‘हिजो’ बिर्सिहाल्दा रहेछन्। आज उनीहरूको ओठ मुसुक्क मुस्कुराएपछि, हिजोको आँसु भुसुक्क बिर्सिंदा रहेछन्। यस्ता घटनाका शृंखलाहरू मेरो जीवनमा कर्णाली नदी जत्तिकै लामा छन्।

सुत्ने खटियाको अभावमा, भुइँमा ओछ्याउने ओछ्यानको अभावमा हिजो एउटै खाटमा कोच्चिएर सुतेको तपाईंंको साथी हर्कबहादुरसँग आज टन्न पैसा छ। उसलाई सब चिज पुगेको छ भने ऊ तपाईंंसँग बोल्नु त कता कता हो म्यासेजसमेत रिप्लाई गर्दैन। हिजो एउटै थालमा भात खाएको तपाईंंको साथी आज एउटै थालमा भात खानु त कता हो कता, एउटै भान्छाबाट पाकेको खाना खानसमेत नाक बंग्याउन सक्छ। निधार खुम्चाउन सक्छ।

हिजो एउटा चकलेट कमिजको तुनाले छोपी दाँतले टुक्राएर खान दिएको साथी आज तपाईंंको शरीरबाट गन्ध आउँछ भनेर चार मिटर टाढा बसिदिन सक्छ। हिजो एक गिलास चिया आधा आधा खाएको तपाईंंको साथी आज गिलास मात्रै हैन, चिया पसल नै तपाईंंले सुइँको नपाउने गरी फेरिदिन सक्छ।

आखिर यो सब किन भयो ? भनेर भन्दा तपाईंं उसले तौलिने गरेको हैसियतको खर्पनमा कपास अथवा साबुनको फिँज जस्तै हलुका हुनुभो। ऊ आफू फलामको डल्लो भइरह्यो। अर्थात्, खर्पनमा तपाईंं हलुका  भएर आकाशतिर फर्किनुभो भने ऊ वजनदार भएर भुइँतिर ढल्किरह्यो।

यस्तो वजनदार ऊ कसरी बन्यो ? तपाईंंको हिजोको खबर सोध्ने साथी यति छिट्टै कसरी हैसियत सोध्ने अवस्थामा पुग्यो ? हैसियत सोध्ने मात्रै हैन, तपाईंलाई हैसियतको खर्पनमा तौलिनसमेत तयार भयो। यस्तो किन ? यसका पछाडि केही साझा फ्याक्टर छन्। होला उसको आज, छ अंकको बैंक ब्यालेन्स।

हुनसक्छ, उसको छ ठाउँमा छ ओटा घडेरी। हुनसक्छ, उसका छोराछोरी महँगो बंगलामा अध्ययनरत छन्। आज हुन सक्छ, उसँग चारपांग्रे गाडी। हुनसक्छ, हिजोको खुत्रुकेमा आज सुनैसुनको भण्डार। होला आज उसँग नपुग्दो केही चिज छैन। र तपाईंंसँग पुग्दो केही चिज छैन।

एक अञ्जुली जतिको यो जिन्दगी बाँच्दाबाँच्दै, हिँड्दाहिँड्दै जब अभावको हावाले घोच्न थाल्छ। त्यो बेला आफ्नै खुसीको कमिज च्यातेर दायित्वको प्वाल टाली दिनु पर्छ। जति बाँचिन्छ, रहरको पानी खाएर, खुसीको हावा खाएर बाँचौं।

त्यसैले साथी हो, ‘माया, प्रेम, स्नेह र दया’ को व्यापार जीवनभर आफ्ना निजी ग्राहकसँग मात्रै गर्ने गर्नुस्। कहिलेकाहीँ मन लाग्दा आउने नत्र छिमेकीको पसल धाउने ग्राहक, साथी मित्र होइन। ऊ मित्रताको खोल ओडेको स्वार्थी हो।

सम्बन्धको पवित्र रगतमा स्वार्थको पानी मिसावट गर्नेहरूबाट टाढै रहनुस्। र, यो सँगै ख्याल गर्नुहोस्, उसले आफू चुहादानी बनेर तपाईंलाई चुहा बनाइदिन सक्छ। त्यसैले मेरा प्यारा मित्रहरू हो, सुख साझा गरेको राम्रो तर दुःख साझा गरेको नराम्रो। केही स्वार्थी गिद्धहरू तपाईंको फिलिङ्समा पिसाब फेरेर जान सक्छन्। मित्रताको भोटे ताल्चाको साँचो बलियो बनाउनुहोस्।

यसो भन्दै गर्दा, डाँडावारिको अध्ययन गर्दा कहिलेकाहीँ डाँडापारी पनि हेर्नु पर्छ। कुनै बेला सम्बन्धको नदीमा बाध्यताको बाढी आएर मित्रताको पुल बगाइदिन सक्छ। कुनै बेला बाध्यताको हावाले हानेर मित्रताको पर्खाल ढलाइदिन सक्छ। बाध्यता भन्ने चिज के हो ? सम्झिन बहुत सजिलो छ। सधैं सजिलै खाना निल्ने तपाईंको घाँटीमा कुनै दिन खाना अड्किन सक्छ। हो यही अड्किएको खाना हो ‘बाध्यता’ भनेको। यस्तो अवस्थामा तपाईं आफू ‘पानी’ बनिदिन सक्नु हुनेछ।

एकपटक भृकुटीमण्डपमा चिया खाँदै गर्दा एक जना कवि साथीले सुनाएथ्यो। ऊ आफू चार वर्ष मलेसिया बसेर आएको रहेछ। एक जना केटी साथीले उसलाई कुन देश हो तपाईं भनेर सोधिछे। उसले आफू ‘फ्रान्स’मा हो भन्दिएछ। त्यसपछि उक्त केटी साथीलाई स्वार्थको बतासले छोइसकेछ। दिनदिनै बोलिरहने, चासो राखिरहने गरिछे। केही समयपछि त्यो केटीले त्यो केटा फ्रान्स नभई मलेसिया भएको थाहा पाइछे अनि उसले बोल्न छोडिछे। चासो राख्न छोडिछे। यसो किन भयो भने हैसियतको खर्पन असन्तुलन भयो। अचेल, हिजो तिनीहरू हिँडेको सम्बन्धको बाटोमा झारपात उम्रिएका छन् रे।

०००

अनि आज यो लेख लेख्दै गर्दा ती तमाम् साथीहरूलाई बहुत सम्झेको छु, जसले मलाई बिर्सेका छन्। जसले मसँगै हुँदा भन्थें, ‘भेषराज। चिन्ता नगर् केटा यार। तेरा लागि यो ज्यान चौबिसै घण्टा हाजिर छ।’ अहिले सोच्दैछु, ती साथीहरूले मलाई भने जस्तै गरी, आज कसलाई भन्दै होलान् ? आफू घडीको ‘घण्टा जनाउने सुई’ जस्तै ढिला भएछु। मेरा साथीहरू ‘सेकेन्ड जनाउने सुई’ जस्तो निकै चलाख भएछन्।

यो लेख लेख्दै गर्दा मेरो नजर सेतो भित्तामा गयो जहाँ लेखिएको छ, ‘बाँचुञ्जेल पीडा त हुने नै भयो नि। नत्र मरेपछि जलाएको पनि थाहा हुँदैन।’ कोठाको सेतो भित्ताभरि काला र ठूला अक्षरमा गहिरा शब्दहरू, गहन वाक्यहरू, वजनदार भनाइहरू लेखिएका छन्। ती जीवन्त छन्। भित्ता भनेको कोठाको मुटु हो। त्यसैले मुटुमा लेखिएका नामहरू हत्तपत्त मेटाएर मेटिँदैनन्। न त पखालेर पख्लिन्छन् नै।’

एक अञ्जुली जतिको यो जिन्दगी बाँच्दाबाँच्दै, हिँड्दाहिँड्दै जब अभावको हावाले घोच्न थाल्छ। त्यो बेला आफ्नै खुसीको कमिज च्यातेर दायित्वको प्वाल टाली दिनु पर्छ। जति बाँचिन्छ, रहरको पानी खाएर, खुसीको हावा खाएर बाँचौं। हैसियतको खर्पनमा तपाईंलाई तौलिनेहरूलाई मुखले हैन। कर्मले जवाफ दिन सक्ने हैसियत एकदिन तपाईंको पनि बन्नेछ। बनाउनु पर्छ। अन्त्यमा, तपाईंहरूका लागि मेरो गजलका दुई शेर :

छुट्ट्याई दिनुहोस् सही सोध्यो या गलत सोध्यो हिजोसम्म खबर सोध्थ्यो आज हैसियत सोध्यो।

ठूलो स्कुलमा गए पढ्छु भनेर मेरो नाम सोधेन मासिक तलब कति हो, बुवालाई हतपत सोध्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

आज चैती छठ मनाइँदै

आज चैती छठ मनाइँदै

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In