• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

दोहोरिएका जनप्रतिनिधि भन्छन् – हिजो हिँड्यौं, अब दौडन्छौं

स्थानीय सरकारको नयाँ अभ्यासका कारण पहिलो कार्यकाल सिक्दैमा बितेको बताउने जनप्रतिनिधिहरु दोस्रो कालमा राम्रो काम गर्ने बताउँछन् ।


दोहोरिएका जनप्रतिनिधि भन्छन् – हिजो हिँड्यौं, अब दौडन्छौं
Share on FacebookShare on Twitter

२८ जेठ, धनगढी । डोटीको जोरायल गाउँपालिकामा दुर्गादत्त ओझा स्थानीय तह निर्वाचनबाट दोस्रो पटक निर्वाचित भए । ओझा जोरायलको अध्यक्षमा दोहोरिएनन् मात्र डोटीमा नेकपा एमालेलाई ‘क्लीन स्वीप’ हुनबाट समेत जोगाए ।

गाउँपालिकाको अध्यक्षमा दोहोरिएसँगै उनी अगामी नीति, कार्यक्रम तथा बजेट बनाउनमा सक्रिय छन् । पहिलो कार्यकालको अनुभवको उपयोग गर्दै जोरायलको विकास र समृद्धिको लक्ष्यअनुसार काम गर्ने अठोट उनी व्यक्त गर्छन् ।

‘जोरायलबासीले मलाई दोस्रो कार्यकालका लागि अनुमोदन गरेपछि पहिलो कार्यकालमा बटुलेको अनुभवको सदुपयोग गर्दै अधुरा कामलाई निरन्तरता दिने र नयाँ काम थालनी गर्ने योजना बनाएको छु,’ ओझाले भने, ‘पर्यटन प्रवद्र्धनसँगै पूर्वाधार निर्माण र गरिबी न्यूनीकरणका कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्छौं ।’

उनले रोजगारीका लागि भारत र खाडी मुलुक धाउनुपर्ने बाध्यता अन्त्य गर्न गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिएका छन् । खासगरी कृषि पर्यटन, पशुपालन तथा जडिुबुटीके उपयोग गरेर रोजगारी सिर्जना गर्न सकिने उनी बताउँछन् ।

डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा उमेशप्रसाद भट्ट पनि लगातार दोस्रो पटक निर्वाचित भए । ‘हामी आफूले गरेका कामका आधारमा पुनः जनताबाट अनुमोदित भएका छौँ,’ नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनले भने, ‘अब काम गर्ने सवालमा कुनै समस्या हुदैन । किनभने हामीले सिक्नुपर्ने छैन, विगतको समीक्षा गरेर अपुग कुरालाई सुधार गरे पुग्छ ।’

संघीयताको नयाँ अभ्यासका कारण पहिलो पाँच वर्षको कार्यकालमा काम गर्न निकै चुनौती खप्नुपरेको भट्टले अनुभव सुनाए । अघिल्लो कार्यकालमा हिँडेको तर अब दौडन सकिने उनको टिप्पणी छ ।

‘कार्य सम्पादन मूल्याङ्कनमा हाम्रो गाउँपालिका ७५३ स्थानीय तहमध्येकै उत्कृष्ट बनेको छ । त्यस कारण अब हामी दगुर्छौं भन्ने विश्वास छ,’ भट्टले भने । उनले पूर्वाधारको विकास, सेवा प्रवाह सहज बनाउने, स्थानीय उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना जस्ता कामलाई प्राथमिकता दिने बताएका छन् ।

बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा दोहोरिएका गोविन्दबहादुर मल्ल पनि पाँच वर्षमा बटुलेका अनुभवको आधारमा दोस्रो कार्यकाल सहज हुने बताउँछन् ।
‘पाँच वर्षमा सिकेका सकारात्मक कुरालाई आत्मसाथ गर्दै अघि बढ्छु, काम गर्ने क्रममा भोगेका कर्मचारी अभाव, जनप्रतिनिधिबीचको समन्वयको अभावजस्ता समस्या हल गर्नेछु’, मल्ल भन्छन्, ‘पुराना अनुभवको उपयोग र नयाँ सिकाइका माध्यमबाट समृद्ध हिमाली गाउँपालिकाको आकांक्षा पूरा गर्न प्रतिबद्ध छौं ।’

दार्चुलाको मार्मा गाउँपालिकाको अध्यक्षमा निर्वाचित जमनसिंह धामी पनि माओवादी केन्द्रबाट पुनः दोहोरिएका हुन् । मार्माको विकास र समृद्धिका लागि स्थानीयले दोस्रो पटक आफूलाई नै अनुमोदन गरेको बताउने धामी यो सुर्वण अवसर भएको ठान्छन् ।

‘मार्माबासीले दोस्रो कार्यकालका लागि हामीलाई दोहोर्‍याउनुले सापेक्ष रुपमा मार्माको समृद्धिको अभियानलाई पूरा गर्न सफल भएको संकेत गर्छ,’ धामीले अनलाइनखबरसँग भने, ‘अब बाँकी रहेका काम कारवाहीलाई व्यवस्थित ढंगले अघि बढाएर यहाँको समग्र विकासका लागि दिएको मौकालाई सुवर्ण अवसरका रुपमा लिएर काम गछौं ।’

मार्माको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवाको विस्तार जस्ता कामलाई मुख्य प्राथमिकतामा राखेर संघीय सरकार र प्रदेश सरकारको सहकार्यमा काम गर्ने उनी बताउँछन् । ‘विगतका अधुरो काम पूरा गर्ने, केही नयाँ कामको थालनी गर्नुपर्ने चुनौती हामीसँग छन् । यिनलाई पूरा गर्न प्रतिबद्ध छु’ धामीले भने ।’

बाजुराको गौमुल गाउँपालिकाको अध्यक्षमा पुनः निर्वाचित भएका हरिबहादुर रोकायाले त पहिलो कार्यकाल नीति, नियम, ऐन, कानून निर्माणमै सीमित भएको ठान्छन् । तिनै ऐन, कानूनका आधारमा अब विकास, निर्माणका कामलाई अघि बढाउने योजना बनाएको उनी सुनाउँछन् ।

‘अघिल्लो कार्यकाल संघीयताको नयाँ अनुभव लिँदै, ऐन कानून बनाउँदै संरचनागत प्रणालीबारे बुझ्ने चरण हामीले पार गरिसकेका छौं,’ रोकायाले अनलाइनखबरसँग भने, ‘अब हामी ती अनुभवलाई सही ढंगले प्रयोग गर्दै अगाडि बढ्छौँ ।’

पाँच वर्षको कार्यकालमा समृद्ध पालिका बनाउने जग बसाल्ने काम भएकोमा अब त्यसलाई यो पाँच वर्षमा पूरा गर्ने लक्ष्य लिएको उनी सुनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

भैरहवामा संघीय हिन्दू गणतन्त्रका लागि गोष्ठी

भैरहवामा संघीय हिन्दू गणतन्त्रका लागि गोष्ठी

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In