काठमाडौँ । सुभाष चन्द्र बोसको १२५ औँ जन्मजयन्ती विराटनगरस्थित एक कार्यक्रमको आयोजन गरी मनाइएको छ।
सुभाषचन्द्र बोस इन्टरनेसनल फाउन्डेसन द्वारा आयोजित कार्यक्रममा भारतको स्वतन्त्रतामा नेता ज्यु सुभाषचन्द्र बोसले दिएको योगदान बारेमा विभिन्न वक्ताहरुको चर्चा गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेता ज्यु बोसको जीवनबाट प्रेरणा प्राप्त गरी आज नेपालीहरुको गौरवको रूपमा रहेको सगरमथालाई चिनियाँ अतिक्रमणबाट मुक्त गराउनु पर्ने आवश्यकता रहेको बताए।
उनले भने, ‘महान नेता बोसको जीवनमा हामीले देशभक्तिको प्रेरणा लिएर आफ्नो देशलाई चिनियाँ अतिक्रमणबाट बचाउनुपर्छ।’
त्यसैगरी बीजेपी नेता तथा बिहार प्रान्तका मन्त्री भानु प्रकाश रायले भारतको इतिहासमा सुभाषचन्द्र ज्युको जून स्थान हुनुपर्ने त्यों स्थान नदिएको प्रति असंतुस्टी व्यक्त गर्दै आफ्ना भनाइहरु राखेका थिए ।
नेता ज्यु सुभाषचन्द्र बोस इंटरनेशनल फाउन्डेसनका डायरेक्टर ड. निरंजनले नेता ज्यु सुभासचन्द्र बोसको जीवन उपर गहन प्रकाश पार्दै भारतमा आउने युवा पीढ़ीले भारतलाई स्वतन्त्रता प्रदान गराउने असली वीर पराक्रमी नेताजी बोसलाई उचित स्थान दिलाउनेमा संघर्ष गर्ने बताएका थिए ।
कार्यक्रममा उद्योग बाणिज्य संघ मोरङका महामंत्री अनिल कुमार साह, समाजसेवी डा एस एन झा लगायतले आफ्नो मनत्व रखेका थिए । त्यसैगरी नेता ज्यु बोसको तस्बीर अगाडि पुष्प अर्पण एवं दीप प्रज्वलन गरिएको थियो ।
Discussion about this post