काठमाडौं, जेठ २९ गते । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीमा शौचालयमा लडेकी ४९ वर्षीया महिलाको मृत्यु भएको छ ।
शनिवार राति शौचालयमा लडेर गम्भिर घाइते भएकी सुशीला खड्काको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भएकी खड्का बौद्ध उत्तरबाहिनि स्थित राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर टहरो बनाएर बस्दै आएकी थिइन् । उनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा लगिएको थियो ।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । रातोपाटी
Discussion about this post