२९ जेठ, काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको पूर्ण कार्यसमिति असार महिनाभरमा गठन हुने बचन दिएका छन् ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई संघको पूर्ण कार्यसमिति गठन हुने बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई भेट्न पुगेका शेर्पाले अनलाइनखबरसँग भने,‘असार महिनाभित्र नेविसंघको पूर्ण कार्यसमिति आउँछ भन्नुभएको छ ।’ विधान अनुसार अथवा नेताहरुको सहमतिमा जुन प्रकृतिको भएपनि कार्यसमितिलाई पूर्णता प्रदान गर्न शेर्पाले सभापति देउवासँग आग्रह गरेका थिए ।
Discussion about this post