• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

वैदेशिक रोजगारीमा सहभागी भएकालाई सुरक्षाको पहुँचमा ल्याउनु आवश्यक छ : प्रधानमन्त्री देउवा


वैदेशिक रोजगारीमा सहभागी भएकालाई सुरक्षाको पहुँचमा ल्याउनु आवश्यक छ : प्रधानमन्त्री देउवा
Share on FacebookShare on Twitter

सपना थामी-

काठमाडौं, जेठ २९ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले निजी तथा अनौपचारिक र वैदेशिक रोजगारीमा सहभागी भएकालाई सुरक्षाको पहुँचमा ल्याउनु आवश्यक रहेको बताउनुभएको छ।

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री देउवाले श्रमिकको विषयमा ट्रेड युनियन कांग्रेस लगायतले उठाएको विषय सम्बोधन हुनेसमेत बताउनुभयो।

संविधानले मौलिक हकमै उचित पारिश्रमिक र सामाजिक सेवा सुविधा उपलब्ध गर्ने सुनिश्चित गरेको छ। आर्थिक विपन्नका लागि ऐनले जुन सुरक्षा योजना ल्यायो त्यही अनुसार औपचारिक, अनौपचारिक दुवै क्षेत्रका कर्मचारीलाई सुरक्षाको पहुँचमा ल्याउन आवश्यक छुु, प्रधानमन्त्री देउवाले भन्नुभयो।

उहाँले राष्ट्रसेवक कर्मचारीको सेवा वृद्धिले कर्मचारी थप लाभान्वित हुने विश्रवास व्यक्त गर्नुभयो ।

राससका अनुसार, प्रधानमन्त्रीले भन्नुभयो, “श्रमिकका हक, अधिकार संरक्षणका लागि नेपाल ट्रेड युनियन कांग्रेसले उठाएका सबै माग पूरा गर्न अहिले कांग्रेसको एकल सरकार होइन, गठबन्धनमा सहमति जुटेअनुसार श्रमिकलाई हक, अधिकार दिन कञ्जुस्याइँ गरिँदैन, कर्मचारीको तलब वृद्धि, ज्येष्ठ नागरिकलाई ६८ वर्षमै सामाजिक सुरक्षा भत्ताले पनि श्रमिकलाई हक, अधिकारका लागि सहयोग गरेको छ ।”

श्रम बजारलाई चलायमान बनाउन सबै पक्षले मिलेर काम गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो। खोपले कोभिड नियन्त्रणमा आए पनि रुस र युक्रेनबीचको युद्धले औद्योगिक क्षेत्र प्रभावित हुँदा श्रमिक वर्गलाई परेको प्रभाव अन्त्य गर्दै रोजगारी सिर्जनामा सरकारले काम गर्ने उहाँको वाचा थियो।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले यसअघि प्रधानमन्त्री देउवाकै कार्यकाल विसं २०७४ मा आएको श्रम ऐन कार्यान्वयनमा ढिलाइ भएको उल्लेख गर्नुहुँदै अहिलेको कार्यकालमा त्यसको पूर्ण कार्यान्वन गर्न माग गर्नुभयो।

“पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा तामझामका साथ नयाँ युगको सुरुआत भन्दै प्रत्येक विद्युतका पोलमा विज्ञापन गरेर सामाजिक सुरक्षा कार्यान्वयन सुरु गरिएको दाबी गरे पनि केही हुन सकेन, चार वर्षमा नभएको काम अब केही समयमै गरेर देखाउन प्रधामन्त्री देउवासमक्ष अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो।

सातै प्रदेशमा श्रम अदालत स्थापना गरेर साना–साना कामका लागि श्रमिकलाई केन्द्रीय राजधानीमै आउनुपर्ने बाध्यता अन्त्य गर्न पनि अध्यक्ष आचार्यले सरकारको ध्यानाकर्षण गराउनुभयो। तीनै तहबीच श्रमिकलाई समन्वय गर्ने ढाँचा विकास गर्न पनि नेपाल ट्रेड युनियन कांग्रेसले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

Discussion about this post


© Dainik Sanjal

भर्खरै

ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णय किन गर्न सकिरहेका छैनन् ?

ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णय किन गर्न सकिरहेका छैनन् ?

इजरायली आक्रमणमा इरानको अराक आणविक स्थलमा कति क्षति भयो ?

इजरायली आक्रमणमा इरानको अराक आणविक स्थलमा कति क्षति भयो ?

मणिपुरमा हिंसा भड्किँदा एक जनाको मृत्यु, नागरिक संगठनहरूद्वारा धेरै क्षेत्रमा बन्दको घोषणा

मणिपुरमा हिंसा भड्किँदा एक जनाको मृत्यु, नागरिक संगठनहरूद्वारा धेरै क्षेत्रमा बन्दको घोषणा

सहायता केन्द्रहरू नजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु

सहायता केन्द्रहरू नजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु

युद्धक्षेत्रमा फसेका आफ्ना नागरिकहरूका लागि नेपालसहित विभिन्न देशहरूले के गर्दैछन् ?

युद्धक्षेत्रमा फसेका आफ्ना नागरिकहरूका लागि नेपालसहित विभिन्न देशहरूले के गर्दैछन् ?

एक्सियम-४ अन्तरिक्ष मिसन फेरि स्थगित

एक्सियम-४ अन्तरिक्ष मिसन फेरि स्थगित

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In