• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

आलु रोप्ने र खन्ने मेसिन, श्रम, समय र खर्चको बचत


आलु रोप्ने र खन्ने मेसिन, श्रम, समय र खर्चको बचत
Share on FacebookShare on Twitter

३० जेठ, वीरगञ्ज । आलु लगाउने, गोडमेल गर्ने र खन्ने सिजनमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणीका किसान पारस ठाकुरलाई हैरान हुन्थ्यो । किनभने आलु लगाउँदा होस् वा खन्दा धेरै श्रमिक र समयको खर्च हुन्थ्यो । तिनै श्रमिक पनि आफूलाई आवश्यक परेको बेला पाइन्नथ्यो । तर आलु रोप्ने र खन्ने मेसिन (पोटाटो प्लान्टर र पोटाटो डिगर)को प्रयोगपछि भने उनी खुशी छन् ।

यसपालि उनले १२ कठ्ठामा आलु रोप्न अनि खन्न मेसिनको प्रयोग गरे । ‘मेसिनको प्रयोगपछि एकदमै राहत महसुस गरेको छु,’ उनले भने, ‘एकातिर परम्परागत विधिबाट भन्दा डेढ गुणा बढी आलु उत्पादन भएको छ भने अर्कोतिर समय र पैसाको बचत भएको छ ।’

आलु रोप्न, गोडमेल गर्न र खन्ने को काम मेसिनले नै गरिदिएको उनी बताउँछन् । ‘१२ कठ्ठामा आलु रोप्न २० जना मानिस, गोडमेल गर्न १२ जना र खन्नका लागि ४८ जना जति ज्यामी प्रयोग गर्थें । उनीहरुले ५ किलो धान ज्याला लिन्थे । माटो पुर्नेलाई ५ सय रुपैयाँ प्रतिकठ्ठा ज्याला दिनुपर्थ्यो,’ उनले भने, ‘अहिले भने यी सबै काम मेसिनबाट हुन्छ ।’

आलु लगाउँदा ७० देखि ७५ प्रतिशत ज्यामी खर्च बचत भएको उनी बताउँछन् । यो प्रविधिबाट एकदमै खुशी लागेको उनले बताए । ‘ज्यामीको भरमा आलु खेती गर्दा ज्यामी खर्च बढी नै लाग्थ्यो । डोरी तानेर धर्का लगाउने, आलु रोप्ने, पुर्ने, गोडमेल गर्ने, खन्न र टिप्न सबै कामका लागि जन नै चाहिन्छ,’ उनले भने, ‘प्रविधिको प्रयोगबाट ७०-७५ प्रतिशत ज्यामी खर्च बचत भएको छ । त्यो हाम्रो लागि आम्दानी नै हो ।’

यस वर्ष १२ कठ्ठाबाट १ लाख ३० हजार रुपैयाँको आलु बिक्री गरेको उनले बताए । ‘१२ कठ्ठाकै आलु बिक्री गर्दा मुस्किलले ६०/७० हजार रुपैयाँ आउँथ्यो, ढिलोगरी पुस महिनाको पहिलो साता आलु लगाएका थियौं,’ उनले भने, ‘१ लाख ३० हजार रुपैयाँ लियौं, ज्यामी खर्च १८ हजार लागेकोमा ६ हजारले पुग्यो ।’ दुई जना छोरा आधुनिक मेसिन चलाउन र मर्मत गर्न सिपालु भएका कारण आफूलाई झन् सहज भएको उनले सुनाए ।

बिउ, मल लगायतको अन्य खर्च यथावत रहे पनि खोजेको समयमा काम गर्ने मानिस नपाउने समस्याबाट मुक्ति मिलेपछि त्रिवेणीका किसान पारस ठाकुरमात्र होइन, अन्य किसान पनि हषिर्त छन् ।

कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगञ्जले किसानलाई आलु लगाउने र खन्ने मेसिनसँग परिचित गराएको हो । कार्यालयले चार वर्ष अनुसन्धान गरेर लाभदायक देखिएपछि किसानको खेतमा प्रयोग गरेको थियो । यस वर्ष किसानको १० हेक्टर जमिनमा यो प्रविधिको प्रयोग गरिएको थियो ।

पोटाटो प्लान्टर र डिगर मेशिन किसानका लागि निकै लाभदायक देखिएको केन्द्रका प्रमुख बरिष्ठ वैज्ञानिक सचिन कुमार मिश्र बताउँछन् । ‘परम्परागत तरिकाबाट आलु खेती गर्दा ज्यामी एकदमै बढी चाहिन्छ,’ उनले भने, ‘आधुनिक प्रविधिको प्रयोगबाट आलु लगाउँदा समयमा ८० प्रतिशत र ऊर्जामा ५७ प्रतिशत बचत हुन्छ भने खन्दा ६० प्रतिशत समय र ७८ प्रतिशत ऊर्जाको बचत पाएका छौं ।’ मेशिनले मसिनो आलु पनि खनेर बाहिर निकाल्ने र चोट पनि नलाग्ने हुँदा बिक्री गर्न पनि सजिलो रहेको उनको भनाइ छ ।

पोटाटो प्लान्टर र डिगर आलु लगाउने पकेट क्षेत्रमा बिस्तार भइरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपर जोन काभ्रे, पोखरा, चितवन र मकवानपुरमा गरी १२ वटा जति मेसिन प्रयोगमा छ ।

यो मेसिनको मूल्य १ लाख ५० हजार रुपैयाँ पर्दछ । आलु किसानलाई सामूहिक खेतीमा प्रोत्साहन गर्दै पोटाटो प्लान्टर र डिगर मेसिनमा अनुदान दिन सके किसानले थप लाभ लिन सक्ने प्रमुख मिश्र बताउँछन् ।

यो मेसिनको प्रयोग आलु खेतीमा मात्रै नभएर गाजर, चुकन्दर जस्ता अन्य जरा बालीहरुमा समेत प्रयोग गर्न सकिने कृषि वैज्ञानिकहरुको भनाइ छ ।

आलु लगाउने मेसिनको विशेषता

· आलु लगाउने मेसिन (पोटाटो प्लान्टर) १ लाख ९५ हजार रुपैयाँ लागतको हो । यसलाई ट्याक्टरसँग तीन पोइन्ट लिंकबाट जोडिएको हुन्छ ।

· चालक र दुई जना आलु खसाल्ने व्यक्ति मिलेर समतल जमिनमा सजिलै आलु लगाउन सकिन्छ । खाल्डो खन्ने, मल हाल्ने र पुर्ने काम मेसिनले गर्छ ।

· परम्परागत तरिकाले आलु लगाउने समयमा ८० प्रतिशत र उर्जामा ५७ प्रतिशत बचत तथा कम खर्चमा आलु लगाउन सकिन्छ ।

· मेसिनबाट एकै पटकमा २ लाइनको दूरी ६०-७५ से.मी.  (आवश्यक्ता अनुसार थपघट गर्न सकिने) आलु लगाउन सकिन्छ । एउटा बोटदेखि अर्को बोटसम्मको दूरी २०-२५ से.मी. (आवश्यक्ता अनुसार थपघट गर्न सकिने) मिलाउन सकिन्छ ।

· आलु लगाउने मेसिनबाट बिउको गहिराइ १०-१५ से.मी. (आवश्यक्ता अनुसार थपघट गर्न सकिने) र बिउको साइज ३०-४० ग्राम विनाकुनै हानी नोक्सानी एक नासले लगाउन सकिन्छ । साथै ड्याङको उचाइ ४५ से.मी.सम्म बनाउने गर्छ ।

· मेशिनबाट ०.२ हेक्टर अर्थात् ६ कठ्ठा प्रतिघण्टा र सन्चालन खर्च रु. ९७५ प्रतिघण्टा -ट्याक्टर सहित) लाग्छ । आलु लगाउने कुल खर्च रु.४,८७५ प्रतिहेक्टर लाग्छ । जुन किसानको परम्परागत तरिका भन्दा ५७ प्रतिशत कम हो । कृषक तरिकाको) लाग्ने सकिन्छ ।

· यो मेशिनलाई तराई तथा भित्री मधेशको समतल भू-भागमा सजिलै प्रयोग गर्न सकिन्छ ।

आलु खन्ने मेसिनको विशेषता

· आलु लगाएको खेतमा एकै पटकमा सजिलैसँग आलु खन्न सकिन्छ ।

· परम्परागत तरिकाले आलु खन्दा लाग्ने समयमा ६० प्रतिशत र ऊर्जामा ७८ प्रतिशत बचत हुन्छ । कम खर्चमा आलु खन्न सकिन्छ ।

· एकै पटकमा २ लाइनको -हारदेखि हारको दुरी ६५ से.मी.को फरक भएमा)आलु खन्न सकिन्छ ।

· आलु खन्ने गहिराइ ४५ से.मी.(आवश्यक्ता अनुसार थपघट गर्न सकिन्छ) ।

· सबै जात तथा आकारका आलु विनाकुनै हानी नोक्सानी एक नासले खन्न सकिन्छ ।

· श्रमिक अभावको समस्या समाधान हुनुको साथै समयमै बाली उठाई खराब मौसमको प्रभावबाट जोगाउन सकिन्छ ।

· पोटाटो डिगर मेशिनको कार्यक्षमता प्रतिघण्टा ७ कठ्ठा अर्थात ०.२३ हेक्टर रहेको छ ।

· १ लाख ५० हजार रुपैयाँको लागतमा पाइने मेशिन तराई तथा भित्री मधेशको समतल जमिनमा सजिलै प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # कृषि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण

ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात

ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात

तरकारी खेतीले बदलिएका गाउँ

तरकारी खेतीले बदलिएका गाउँ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In