• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

जसले ‘भाउजु’ भनेर बोलाए अनि बलात्कार गरेर ज्युँदै जलाए

जसले ‘भाउजु’ भनेर बोलाए अनि बलात्कार गरेर ज्युँदै जलाए
Share on FacebookShare on Twitter

काठमाडौं, जेठ ३० गते । जेठ २५ गते दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा बुधवार ४५ वर्षीया अनिभा खडायतको शव आगोमा जलेको अवस्थामा फेला पर्यो । उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता लोकेन्द्र कार्कीका अनुसार घटनाका मुख्य अभियुक्त भोजबहादुर खडायत पक्राउ परेका छन् । उनी नातामा मृतकका देवर हुन् । नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्डका रुपमा उनी कार्यरत थिए । उनलाई बैतडीबाट पक्राउ गरिएको हो । अनुसन्धानमा क्रममा अन्य दुईजना पनि प्रहरी नियन्त्रणमा छन् । तर, घटनामा उनीहरूको संलग्नता थियो वा थिएन खुलेको छैन ।

छिमेकी वीरेन्द्र खडायत र तुला खडायतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । २५ गते बिहान अनिभा खडायतको शव ‘गाज्यो’मा घरबाट ५० मिटरको दुरीमा जलेको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार उनी एकल महिला हुन् । उनकी १३ वर्षीया छोरी र ७ वर्षीय छोरा छन् । उनका श्रीमानको केही वर्ष अगाडि मृत्यु भएको थियो ।

भोजराजसँगै तीनजनाले सँगै खाएका थिए मदिरा

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार २४ गते राति भोजराज, वीरेन्द्र र तुलाले सँगै मदिरा सेवन गरेको खुलेको छ । तर, घटनामा तीनै जना संलग्न हुन् वा भोजराज मात्रै अनुसन्धान जारी छ । मदिरा सेवन गरेपछि भोजराज अनिभाको घरतर्फ गएका थिए । रातको २ बजे आसपासको समयमा भोजराज त्यहाँ पुगेर भाउजु… भनेर बोलाएको स्थानीय बताउँछन् ।

अनिभा घरको ढोका खुलै राखेर छोराछोरीसँग सुतेको बताइएको छ । तर, बोलाउँदा उनी आइन् वा जवरजस्ती लगियो प्रहरी अनुसन्धानमा खुल्न बाँकी छ । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “बिहान ५ बजे आसपासको समयमा मृतककी छोरीको भोजराजसँग आफ्नो घरनजिकै जम्काभेट भएको देखिन्छ । त्यसपछि आगोमा जलेको शव पनि भेटियो । त्यसपछि भोजराज फरार थिए ।”

छोरीकै किटानीका आधारमा भोजराज पक्राउ परेका छन् । प्रहरीका अनुसार भोजराजको साथबाट अनिभाको गहना भेटिएको छ । यसले घटनामा उनको संलग्नता पुष्टि गर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

घटनाको कारण खोज्दै प्रहरी
प्रहरीले घटनाको कारण खोजिरहेको छ । विभत्स हत्या पछाडिका कारण विभिन्न हुनसक्ने प्रहरी प्रारम्भिक अनुमान छ । आफ्नो केही कमजोरी वा पोल खुल्नसक्ने डरले भोजराले हत्या गरेको हुनसक्ने प्रहरी अनुमान छ । पोष्टमार्टम रिपोर्ट प्रहरीले कुरिरहेको छ । भोजराजविरुद्ध प्रहरीले जवरजस्ती करणी, ज्यान सम्बन्धी कसुर र डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरेको छ ।

दार्चुला प्रहरी प्रवक्ता कार्कीले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा भन्न नमिल्ने बताए । उनले भने, “प्रहरी अनुसन्धान जारी छ । हत्याको कारण खुलेको छैन । हामी सक्रिय रुपमा कारण खोज्न जुटेका छौं ।”

मृतककी छोरी र छोरा आफन्तको संरक्षणमा छन् । बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In