• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विपक्षी सांसदले मागे अर्थमन्त्रीको राजीनामा


विपक्षी सांसदले मागे अर्थमन्त्रीको राजीनामा
Share on FacebookShare on Twitter

काठमाडौं । बजेटमा करको दर परिवर्तन गर्दा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रयोग गरेको भन्दै एमाले सांसदहरूले उनको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले अर्थमन्त्रीले बजेट निर्माणमा राष्ट्रघात नै गरेको बताए।

भने, ‘आज सञ्चारमाध्यमले स्पष्ट रूपमा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिको प्रयोग गरेर करको दरमा हेरफेर गरेको कुरालाई खुलाएको छ। अर्थमन्त्रीले गोपनियता भंग गर्दै बजेट निर्माणमा अमुक व्यक्ति किन घुसाउनुभयो ? यसो हुनुभनेको जनघात मात्रै होइन राष्ट्रघात पनि हो।’

सोमबार अन्नपूर्ण पोष्ट् दैनिकले ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। यसै समाचारलाई आधार मान्दै सांसद भट्टराईले सदनमा कुरा राख्न विशेष समयको माग गरे। र, अर्थमन्त्रीको कार्य राष्ट्रियताविपरीत भएकाले राजीनामा दिनुपर्ने बताए। ‘आज हामीले सुन्यौ, पढ्यौ जेठ १४ गते मध्यरातमा करका दर कसरी हेरफेर भए भन्ने कुरा प्रष्ट थाहा भयो। सञ्चारमाध्यमले लेख्नु अघि पनि हामीले यो विषयलाई उठाएकै थियौं। अहिले पुष्टि नै भयो,’ उनले थपे, ‘विद्युतीय सवारी साधन र स्यानिटरी प्याडलगायतका सामग्रीको करमा ठूलो चलखेल भएको रहेछ। अनाधिकृत कर्मचारी बजेट निर्माणमा छिराएर करको दर तोकिएछ। यो विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्छ। प्रधानमन्त्रीको ध्यानाकर्षण हुनुपर्छ।’

बजेट शाखा प्रमुखलगायत उच्च पदस्थ कर्मचारीलाई बेवास्था गर्दै बाहिरबाट अनाधिकृत व्यक्ति झिकाएर करको दर हेरफेर गर्नु भनेको राष्ट्रको गोपनियता भंग गर्नु पनि रहेको भट्टराईको भनाइ थियो। ‘पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनियता भंग गरिँदैन भनेर मन्त्रीसहित सबैले शपथ खाएका हुन्छन्। तर, आज बजेट निर्माणको प्रक्रियालाई नै अर्थमन्त्रीले मिच्नुभएको छ। यो गम्भीर विषय हो,’ भट्टराईले भने। उनले यसअघि यस्ता गतिविधि गर्ने मन्त्रीले जुनसुकै देशमा पनि पदबाट राजीनामा दिएको प्रसंग कोट्याउँदै अर्थमन्त्रीले अब के गर्ने भन्दै प्रश्न गरे। भने, ‘यो विषय अर्थमन्त्रीको सवाल मात्रै होइन, प्रधानमन्त्रीको पनि ध्यानाकर्षण हुनुपर्छ। यो महत्वपूर्ण विषयमा सरकार गम्भीर बन्नुपर्छ।’

पूर्वनायवसुब्बा रघुनाथ घिमिरे र अर्का एक व्यक्तिलाई उहाँहरू विज्ञ हो भनेर बजेटमा राजस्वका दर उहाँहरूले भनेअनुसार मिलाउनु भन्ने दबाब सचिव र सहसचिवलाई दिएर राजस्वमा निर्ममतापूर्वक चलखेल भएको समाचारले अर्थमन्त्रीको चरित्र उदांगो पारेको सांसद भट्टराई बताउँछन्। ‘मुलुकका स्वदेशी उद्योगहरू धरासयी अवस्थामा यसरी नै पुगेका हुन्। यस्तो कार्य गरेर अर्थमन्त्री विवादमा आइसक्नु भयो। अब तत्काल राजीनामा दिनुहोस्,’ उनले भने।

प्रतिनिधिसभा बैठमा सोमबार बोल्दै एमाले नेता तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पनि अर्थमन्त्रीको कार्यशैलीले देश दुर्घटनामा पर्ने बताए। उनले नीतिगत सुधारदेखि लिएर मन्त्रीहरूको व्यवहारको सुधार नभएको आरोप लगाए। भने, ‘अर्थमन्त्रीले भन्सार र करका दर रेटहरू मध्यरातमा एकजना सुब्बा र विज्ञ भनिएका मानिस ल्याएर गडबड गर्नुभएको हामीले पढ्यौ। यहाँ कमिसनको चलखेल ठूलो भएको रहेछ। कारखानादेखि स्यानिटरी प्याडका कुरालाई लिएर तमाम दर रेट खारेज गरेर अर्थमन्त्रीले नियमित कमिसन खाने चलखेल गर्नुभएछ।’

बस्नेतले अर्थमन्त्री कमिसनको चक्करमा फस्दै गएको बताउँदै यो विषयको छानबिन हुनुपर्ने माग गरे। ‘सिमेन्ट र रड कारखानाको महिनाको ३० करोड विद्युत् तिर्ने कारखानालाई १५ प्रतिशत छुट दिने कुराले  अर्थमन्त्रीले एक मुष्ठ करोडौं रकम आम्दानी लिएको कुरा प्रष्ट भएको छ। महिनाको ३७ लाख नियमित लिएको कुरा र मन्त्री भएपछि पनि २ लाख लिएको कुरा आएको छ। यो विषयमा छानबिन हुनुपर्छ।’

उनले पहिले सरकार कस्तो हुन्छ देखाउँछौं भन्नेहरूले नै अहिले आफ्नो व्यवहारले देखाइरहेको व्यंग्य गरे। भने, ‘रोम जलिरहेछ निरुहरू बाँसुरी बजाइरहेछन्’ भन्ने कुरा देखियो। सरकार कस्तो हुन्छ देखाउँछौं भनेका साथीहरूले देखाएको सरकार हामी हेरिरहेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

अन्तराष्ट्रिय अपांगता दिवस पदमोदय फाउन्डेशनद्वारा ह्वीलचेयर वितरण गरी मनाइयो

अन्तराष्ट्रिय अपांगता दिवस पदमोदय फाउन्डेशनद्वारा ह्वीलचेयर वितरण गरी मनाइयो

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

“ILO 169 र UNDRIP पछिको नेपाल: स्वदेशी अधिकार, पहिचान र आत्मनिर्णयको संघर्ष”

“ILO 169 र UNDRIP पछिको नेपाल: स्वदेशी अधिकार, पहिचान र आत्मनिर्णयको संघर्ष”

Discussion about this post


© Dainik Sanjal

भर्खरै

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In