विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक संस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको
काबुल । अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ। आफैं विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक संस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो।
‘सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको समूहिक विवाह समारोह आयोजना गरेको हो,’ एक स्थानीय अधिकारीले भने। आर्थिक समस्याका कारणले आफैँ विवाह समारोह आयोजना गर्न नसक्ने जोडीका लागि विवाह समारोह आयोजना गरिदिएको फाउन्डेसनका पदाधिकारीहरुले जनाएका छन्।
विवाह समारोहमा विवाह गर्ने बेहुला बेहुलीसँगै उनीहरुका सिमित आफन्तहरु मात्रै सहभागी भएका थिए। अफगानिस्तानमा विवाह समारोहको आयोजना गर्नु धेरै महङ्गो मानिन्छ। तालिबान सरकारले पनि महङ्गो विवाह समारोहहरु आयोजना गर्न निरुत्साहित गरेको छ।
Discussion about this post