• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

११ महिनामा विकास खर्च १३७ अर्ब, असारलाई २०३ अर्ब बाँकी


११ महिनामा विकास खर्च १३७ अर्ब, असारलाई २०३ अर्ब बाँकी
Share on FacebookShare on Twitter

१ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७८७९ को बाँकी रहेको एक महिना (असार)मा सरकारले २ खर्ब ३ अर्ब रुपैयाँ विकास खर्च गरिसक्नु पर्ने भएको छ । यस आवको ११औं महिना (जेठ मसान्तसम्म) १ खर्ब ३७ अर्ब ९६ करोड रुपैयाँ पूँजीगत बजेट खर्च भएको छ । यो कुल लक्ष्य ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँको मात्र ३६.४९ प्रतिशत उपलब्धि हो । यो लक्ष्यलाई समेत सरकारले चालु आर्थिक वर्षको ६ महिनापछि अर्धवार्षिक समीक्षाबाट घटाएर ३ खर्ब ४० अर्ब रुपैयाँमा झारिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार विकास खर्चको संशोधित लक्ष्य भेटाउन समेत सरकारले असार महिनामा मात्र २ खर्ब ३ अर्ब रुपैयाँ खर्च गरिसक्नु पर्छ ।

चुनावपछिको एक महिनामा १९ अर्ब विकास खर्च

सरकारले वैशाखसम्म निर्वाचनसहित विभिन्न कारणले विकास खर्चले गति लिन नसकेको बताएको छ । त्यसयताको एक महिनामा विकास खर्चले केही गति लिएको तथ्यांकले देखाएको छ । जेठ महिनामा मात्र १९ अर्ब रुपैयाँ विकास खर्च भएको छ । तर, यसले समग्र खर्चलाई गति दिन भने पर्याप्त भएन । वैशाख मसान्तसम्म १ खर्ब १८ अर्ब रुपैयाँ रहेको विकास खर्च जेठ मसान्तसम्म आइपुग्दा १ खर्ब ३७ अर्ब पुगेको हो ।

  • पूँजीगत बजेटको कुल लक्ष्य : ३ खर्ब ७८ अर्ब
  • संशोधित लक्ष्य : ३ खर्ब ४० अर्ब
  • जेठ मसान्तसम्मको खर्च : १ खर्ब ३७ अर्ब
  • असारमा संशोधित लक्ष्य भेटाउन गर्नुपर्ने खर्च : २ खर्ब ३ अर्ब

विकास खर्च अघिल्लो वर्ष भन्दा पनि कमजोर

यो वर्ष सरकारले गरेको विकास बजेट खर्च अघिल्लो वर्ष यसै अवधिको तुलनामा समेत कम देखिएको छ । आर्थिक वर्षको प्रारम्भमा प्रतिस्थापन विधेयक ल्याउनु पर्ने कारणले एक महिना ढिला भएको थियो । त्यसपछि प्रत्येक महिना १० प्रतिशतका दरले विकास खर्च गर्ने अर्थमन्त्री जनार्दन शर्माले प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसअनुसार विकासे मन्त्रालयबाट खर्च हुन नसकेपछि त्यसको प्रभाव समग्र विकास खर्चमा देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म विकास बजेट खर्च १ खर्ब ४३ अर्ब रुपैयाँ भएको थियो । जुन सो वर्षको कुल लक्ष्यको ४०.५४ प्रतिशत थियो ।

किन कमजोर भइरहेको छ विकास खर्च ?

नेपालमा विकास हुने मुख्य समय तेस्रो चौमासिक हो । यो वर्ष यसै समयमा निर्वाचन परेका कारण विकासले प्राथमिकता पाउन नसकेको अर्थ मन्त्रालयको भनाइ छ । मन्त्रालयले यस वर्ष प्रतिस्थापन विधेयकलाई समेत खर्च कम हुनुको अर्को कारण मानेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा अर्थमन्त्री जनार्दन शर्माले विकास बजेट खर्च हुन नसक्नुका कारणहरु केलाएका छन् ।

जसमा उनले भनेका छन्, ‘आर्थिक वर्षका शुरुका महिनामा पूँजीगत खर्च अपेक्षाभन्दा कम हुने र पछिल्लो महिनामा अधिक हुने प्रवृत्तिले बजेट कार्यान्वयनमा समस्या देखिएको हो ।’ संरचनागत र प्रक्रियागत समस्या, आयोजनाको पूर्वतयारीको कमी, आयोजना बैंकको प्रभावकारी उपयोग नहुनु, आयोजना सञ्चालनमा एकीकृत कानुनको अभाव, अन्तर निकाय समन्वयको अभाव, ठेक्का व्यवस्थापनमा समस्या र सुशासनको अभावलाई समेत अर्थले विकास खर्चको समस्या मानेको छ ।

साधारण बजेट लक्ष्य अनुसार नै

पूँजीगत बजेट खर्चमा कमजोर देखिए पनि सरकारले साधारण खर्च भने लक्ष्य अनुसार नै गरिरहेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ११ महिनामा कुल बजेट खर्च १० खर्ब ३५ अर्ब ६० करोड रुपैयाँ भइसकेको छ । यसमा चालु खर्च ८ खर्ब १४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । १ खर्ब ३७ अर्ब रुपैयाँ विकास बजेट खर्च हुँदा वित्तीय व्यवस्थामा ८३ अर्ब १० करोड रुपैयाँ खर्च गरेको छ ।

राजस्व संकलन साढे ९ खर्ब, अनुदान मात्र १३ अर्ब

सरकारले चालु आर्थिक वर्षको ११ औं महिनासम्म आइपुग्दा राजस्व संकलन ९ खर्ब ४२ अर्ब रुपैयाँ गर्न सकेको छ । यो लक्ष्यको ७९.८ प्रतिशत हो । आर्थिक वर्षको अन्तिम महिनामा राजस्व संकलन सामान्यतया लक्ष्य अनुसार पुग्ने गर्छ । तर, यो वर्ष वैदेशिक अनुदान प्राप्ती भने सरकारको लक्ष्यभन्दा निकै कम मात्र हुने भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार ११औं महिनासम्म अनुदान प्राप्त मात्र १३ अर्ब ८८ करोड रुपैयाँ भएको छ । यस वर्ष सरकारले ५९ अर्ब ९१ करोड रुपैयाँ अनुदान प्राप्तीको लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

भारतबाट प्रतिबन्धित दुग्ध पदार्थको अवैध आयात, नेपाली उत्पादन बिक्री नभएर गोदाममै

भारतबाट प्रतिबन्धित दुग्ध पदार्थको अवैध आयात, नेपाली उत्पादन बिक्री नभएर गोदाममै

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

Discussion about this post


© Dainik Sanjal

भर्खरै

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...