१ असार, काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।
बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।