१ असार, काठमाडौं । श्री एयरलाइन्सले काठमाडौं–जनकपुर रुटमा पुनः उडान सुरु गरेको छ । कम्पनीका अनुसार बुधबारदेखि दैनिक उडान हुने गरी यो रुटमा जहाज चलाउन थालिएको हो ।
काठमाडौंबाट १२ः३५ मा उड्ने जहाज जनकपुरबाट १ः३० मा काठमाडौं प्रस्थान गर्ने भएको छ । यसअघि यो रुटमा बुद्धले नियमित उडान गरिरहेको छ । जनकपुरमा श्रीले कोभिड-१९ महामारी अगाडि नियमित उडान थालेको थियो । तर, त्यसपछि भने उडान स्थगित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Discussion about this post