काठमाडौं । प्रकृतिको पूजा गरेर धुमधामका साथ मनाइँने भूमे पर्व मगर समुदायको मनाइ रहेका छन् । यही असार १ गतेदेखि सुरु भएको भूमे पर्व मगर समुदायले विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् ।
पर्वको अवसरमा बुधबार काठमाडौंको खुलामञ्चमा नाचगानसहित कार्यक्रम गरिएको थियो । नेपाल मगर संघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनसमेतको सहभागिता रहेको थियो । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरेर यो पर्व मनाउने चलन रहिआएको छ ।
असार १ गते भूमे पूजा गरिन्छ भने २ गतेदेखि ५ गतेसम्म भूमे नाच र नचारु नाच नाच्ने चलन रहेको छ । उक्त पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ भनिन्छ ।
तस्वीर : विकास श्रेष्ठ
Discussion about this post