News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Monday - August 8, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

जनकपुरमा प्रेम विवाह गरेकी एक युवतीलाई हत्याको प्रयास, १०दिनपछि आयो होस


जनकपुरमा प्रेम विवाह गरेकी एक युवतीलाई हत्याको प्रयास, १०दिनपछि आयो होस

जनकपुरधाम, असार २ गते । जनकपुरमा प्रेम विवाह गरेकी एक युवतीलाई हत्याको प्रयास भएको घटना खुलासा भएको छ । ८ महिना अघि अन्तरजातीय प्रेम विवाह गरेकी सिन्धुलीको गोलञ्जर गाउँपालिका वडा २ बस्ने डम्बर कार्कीकी छोरी २२ वर्षीया राधिका कार्की चरम करेन्ट लगाएर चरम यातना दिइ हत्याको प्रयास भएको हो ।

प्रेमी धनुषाको सखुवा महेन्द्रनगर घर भई जनकपुरधामको थापाचोकमा बस्दै आएका रोशन साहले दुबै हात, दुबै गोडा र पेटमा करेन्ट लगाएको पीडित राधिकाले बताइन् ।

केहि भागमा आगोले समेत पोलका छन् । करेन्ट लगाइएको भाग जलेको छ । जेठ १६ गते साँझ यस्तो घटना गरेपछि राधिका गम्भीर घाइते भएकी थिइन् । प्रहरीले उनलाई उद्धार गरी अस्पताल भर्ना गरेको थियो । उनी १६ दिनदेखि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना छिन् ।

प्रादेशिक अस्पताल जनकपुरधामको सर्जिकल वार्डको बेड नम्बर १४० मा वेवारिसे अवस्थामा छन् । उनको उपचार अस्पतालले निःशुल्क गरिरहेका छन् । उनलाई हेरचाह गर्ने आफन्त कुरुवा कोही छैनन् ।

चरम यातना र हत्या प्रयासको कारण बेहोस राधिकाको १० दिनको उपचारपछि होस आएको चिकित्सकले बताएको छ । अहिले उनलाई​ अस्पतालकै स्वास्थ्यकर्मी र सुरक्षा गार्डले उपचार र स्याहार गरिरहेको छन् । उपचारमा संलग्न चिकित्सक डा. आश्विनी यादवका अनुसार राधिकाको दुवै हात, दुवै गोडा र पेटमा उनलाई करेन्ट लागेको गहिरो खत छ भने शरीरका केही भाग पनि जलेका छन्।

१० दिनपछि होस आएपछि मसिनो स्वरमा अलिअलि उनी बोल्न थालेकी छन् । उपचारमा संलग्न चिकित्साअनुसार घटनाको प्रकृति हेर्दा उनले दोस्रो जीवन पाएकी हुन् । यति गम्भीर प्रकृतिको घटना भएपनि धनुषा प्रहरी यसलाई समान्य घटनाको रुपमा लिएको छ ।

‘घरको छतमाथि एक्लै बस्ने गरेकाले प्रहरीले उद्धार गरी अस्पतालमा भर्ना गरिदियो। ठीक भएपछि उहाँ जानु भयोु, धनुषाका डीएसपी प्रदीप बहादुर क्षत्रीले भने, ‘सिन्धुली प्रहरीको सम्पर्कमा पुगेको थाहा थियो। मैले लगेर भेटाइदिनु भनेको थिएँ। पछि के भयो थाहा भएन, बुझ्नु पर्छ’

डीएसपी क्षेत्रीको नजरमा यो घटना एकदमै समान्य हो। त्यसैले अस्पताल भर्नापछि प्रहरीले उनको घटनाबारे चासो चिन्ता राखेको देखिँदैन। तर, घटनाको प्रकृति र राधिका होसमा आउँदा दिएको बयानले उनको बर्बतापूर्वक हत्याकै प्रयास भएको छ।

राधिका अस्पताल भर्नाप्रश्चात चासो नराखेपछि घटनाको अनुसन्धान र दोषी को भन्ने तिर प्रहरी लाग्ने कुरै भएन । बेलाबेला स्थानीय सेक्युरिटी गार्ड हर्कबहादुर लामा अन्य अर्का सेक्युरिटी गार्डले राधिकालाई औषधि, खाना खुवाउने, दिसापिसाव गराउनेसहित हेरविचार गरिरहेका छन् ।

सेक्युरिटी गार्ड लामाले राधिकाका आफन्त सम्पर्कमा आए पनि उनलाई यस्तो अवस्थामा हेरविचार गर्ने कोही नआएको बताए। ‘३-४ दिन यता अलि अलिक होस आउँदा बोल्न थालेकी छन् । बेवारिसे अवस्थामा रहेकाले हामीले हेरविचार गरिरहेका छौं । उनले दोश्रो जीवन पाएकी छन्,’ लामाले सुनाए।

‘औषधोपचार प्रादेशिक अस्पतालले निःशुल्क गरिदिएको छ। उनको कोही नभएका थाहा पाएपछि औषधि, उपचार, चेकजाँच सबै हामीले निःशुल्क गरेका छौं’ अस्पताल प्रमुख डा. केडी दासले भने। राधिकाको शरीरको ६ ठाउँमा लागेको करेन्टको गहिरो घाउले जलेको छ।

केही भागलाई काटेर हटाउनु पर्ने उपचारमा संलग्न चिकित्सक बताउँछन्। ‘करेन्ट लागेका केही भागहरु जलेको छ। केहीको अप्रेशन गरिसक्यौँ। १-२ वटा अप्रेसन अझै गर्नुपर्छ। केही गोडा र हातका औँला पनि काम नलाग्ने हुन सक्छ। हामी प्रयासरत छौं, उनको एउटा औँला पनि काट्नु नपरोस् ,’ डा. यादवले भने।

राधिका जीवनको ठूलो संकटसँग जुधिरहेकी छन्। प्रेमीले यो अवस्थामा पुर्याएको उनी बताउँछिन्। राधिकाले आफ्ना प्रेमी करिब २८ वर्षीया रोशन साहले नै आफूलाई हत्या गर्ने प्रयास गरेको बताइन् ।

राधिकाका अनुसार रोशनको घर धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर हो। प्रेम विवाह गरी जनकपुरको थापाचोकस्थित डेरामा दुवैजना ८ महिनादेखि बस्दै आएका छन्। जेठ १६ गते समान्य विवाद हुँदा रोशनले साँझ ७ बजे बिजुलीको तारले पहिला खुट्टामा करेन्ट लगाए। बेहोस भएपछि हात, पेटमा लगाए आफूलाई मार्ने प्रयास गरेको राधिकाले सुनाइन्।

‘समान्य विवाद भएको थियो। रोशनले एकाएक बिजुलीको तार बोर्डमा जोडेर पहिला मेरो खुट्टामा करेन्ट लगाए। म बेहोस भएपछि कहाँ के गर्यो। मलाई थाहा भएन। कसरी हस्पिटल पुगेँ त्यो पनि थाहा पाइनँ। होस् आउँदा दुवै गोडा, हात र पेटमा करेन्ट लगाएका रहेछन्,’ राधिकाले भनिन् । घटना भएकै बेलादेखि रोशन बेपत्ता छन्।

प्रहरीले उनको सोधखोज गरेको छैन। राधिका र र रोशन बस्ने कोठा तीन तल्ला माथि छ। छतमा भएको एउटै कोठामा सँगै बस्ने गरेकाले विवादबारे अरुले तत्कालै जानकारी नपाएको राधिका सुनाउँछिन्।

एकवर्ष अघि खोटाङमा राधिका र रोशनको चिनजान भएको थियो। त्यो चिनजान प्रेममा बदलियो। राधिका र रोशनले सँगै मर्ने बाँच्ने कसम खाए। ८ महिना अघि रोशनले आफूसँग प्रेम विवाह गरेर जनकपुरको थापाचोकमा सँगै राखेको राधिकाले बताइन्।

राधिकाका अनुसार रोशनले केही दिन जनकपुरको डेरामा बस्ने त्यसपछि आफ्नो घरपरिवारमा लग्ने वचन दिएका थिए। त्यही विषयमा राधिकाले अब ८ महिना भयो कहिले घर लाग्नु हुन्छ जिज्ञासा गरेपछि विवाद भएके उनले सुनाइन्।

रोशन कपडा पसलमा आफू काम गर्ने गरेको बताए पनि सो विषयमा राधिकालाई केही थाहा छैन। रोशनले आफूलाई जनकपुरकै केही होटेल र हस्पिटलमा काम लगाएको राधिकाले बताइन्। रोशनले काम छाड्न भनेपछि तीन महिनादेखि आफू कोठामै बस्ने गरेको राधिकाले सुनाइन्। प्रेम विवाह गरेर आफूलाई हत्या प्रयास गर्ने रोशनमाथि कडा कारबाही हुनुपर्ने राधिकाको माग छ।

‘प्रेम विवाह गरेर ८ महिना मेरो यौन शोषण गरे। वाचाअनुसार घर लग्न भनेपछि निर्मतापूर्वक मेरो शरीरको अंगहरूमा करेन्ट लगाएर एक प्रकारले मेरो हत्या नै गरे। मैले दोश्रो जीवन पाएकी छु। रोशनमाथि कडाभन्दा कडा कारबाही होस्’ उनले भनिन्।

राधिकाले आफ्नो न्यायका लागि पहल गरिदिन सबै पक्षसँग गुहार गरिन्। धनुषाका प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरेले होसमा आएकी घाइते युवतीसित बुझेर घटना विषयमा अनुसन्धान अघि बढाउने बताए।

Related

Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नेपालबाट भाग्न खोज्दै टाइगर वानका सञ्चालक, सर्वोच्चबाट मुद्दा छिटो टुंग्याउन खोजिँदै

नेपालबाट भाग्न खोज्दै टाइगर वानका सञ्चालक, सर्वोच्चबाट मुद्दा छिटो टुंग्याउन खोजिँदै

तुलसीपुरमा स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ तयार

तुलसीपुरमा स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ तयार

वर्षौँदेखि ढलको पानी खोलामा

वर्षौँदेखि ढलको पानी खोलामा

मुस्ताङको प्याङ लेकमा भेटिएको बम डिस्पोज गरियो

मुस्ताङको प्याङ लेकमा भेटिएको बम डिस्पोज गरियो

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

गस्तीमा रहेका वनरक्षकमाथि बुधबार साँझ आक्रमण, एक जना पक्राउ

नारायणगढ–बुटवल सडक निर्माणको प्रगति न्यून

नारायणगढ–बुटवल सडक निर्माणको प्रगति न्यून

Leave Comment

हालको खबर

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

जनमोर्चाको दोहोरो चरित्र : गठबन्धनको विरोधसँगै सहकार्य

जनमोर्चाको दोहोरो चरित्र : गठबन्धनको विरोधसँगै सहकार्य

नेपालबाट भाग्न खोज्दै टाइगर वानका सञ्चालक, सर्वोच्चबाट मुद्दा छिटो टुंग्याउन खोजिँदै

नेपालबाट भाग्न खोज्दै टाइगर वानका सञ्चालक, सर्वोच्चबाट मुद्दा छिटो टुंग्याउन खोजिँदै

तुलसीपुरमा स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ तयार

तुलसीपुरमा स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ तयार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.