• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बलात्कार मुद्दा कमजोर बनाउन वकिलको सरुवा


बलात्कार मुद्दा कमजोर बनाउन वकिलको सरुवा
Share on FacebookShare on Twitter

काठमाडौं, असार ४ गते । चार वर्षअघि घरेलु कामदारको रूपमा कञ्चनपुरबाट ल्याएर आफैंले संरक्षण दिएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरको इमाडोल बस्दै आएका व्यवसायी सुशील चटौत प्रहरी हिरासतमा छन्।

उनीविरुद्ध गत वैशाखमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा जबर्जस्ती करणीको मुद्दा दायर भएको थियो। हाइड्रो, होटल व्यवसाय र कन्ट्रक्सनलगायतको व्यवसायमा संलग्न चटौतमाथि बालिकालाई तीन वर्षदेखि बलात्कार गरेको आरोप छ।

घरमालिकबाटै पटकपटक बलात्कारमा परेकी बालिका प्रहरीको संरक्षणमा पुगेकी थिइन्। त्यसपछि आफूले अध्ययन गर्ने विद्यालय, राष्ट्रिय बालअधिकार परिषद् र बाल हेल्प लाइनको सहयोगमा सिविस नेपालको संरक्षणमा पुगेकी बालिकालाई उनकै आमाबुवाले पीडककै पक्षमा बकपत्र गर्न दबाब दिएका थिए।

यता सुशील चटौतविरुद्धको बलात्कार मुद्दा हेरिरहेकी ललितपुरकी सरकारी वकिल संगीता थोकरलाई महान्यायाधिवक्ता कार्यालयले असामान्य रूपमा सरुवा गरेपछि यो मुद्दा बाहिर आएको छ। सामान्यतया कुनै पनि सरकारी कर्मचारीको सरुवा दुई÷दुई वर्षमा हुन्छ।

तर, ललितपुर जिल्लाकी सरकारी वकिल संगीता थोकरको सरुवा बिहीबार १५ महिनामै भयो। बालिकाको मुद्दा कमजोर बनाउनको लागि महान्यायाधिवक्ताको सचिवालयबाट उनलाई पटकपटक दबाब दिइएको थियो। मुद्दा कमजोर बनाउन नमानेपछि आफूलाई सरुवा गरिएको उनले बताइन्। उनलाई हेटौंडास्थित मुख्य न्यायाधिवक्ता कार्यालयमा शाखा अधिकृतको कामकाज गर्नेगरी जिम्मा दिइएको छ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले भने सरकारी वकिल संगीता थोकरलाई नियमित प्रक्रियाकै आधारमा विशेष कारण सरुवा गरेको बताए। तर त्यो विशेष कारण भने खुलाएनन्। भने, ‘यहाँका कर्मचारीले दबाब दिने भन्ने कुरा नै आउँदैन। तर, सरुवा भएको विषय भने सत्य हो।’

रेग्मीका अनुसार वैशाखमा दायर गरिएको मुद्दा हो यो। मुद्दाका लागि आवश्यक प्रमाण संकलन भइसकेको छ। आवश्यक कानुनी प्रक्रिया पनि सुरु भइसकेको छ। नाबालिकलाई जबर्जस्ती करणी गरेमा १८ वर्षसम्म कैद हुने व्यवस्था छ। सो माग दाबी गरेर मुद्दा दर्ता गरिएको छ। तर, सरकारी वकिल संगीता भन्छिन्, ‘असामान्य रूपमा मेरो आकस्मिक सरुवा गरिनु भनेको यो बलात्कार मुद्दाका अभियोग कमजोर बनाउनको लागि नै हो। महान्यायाधिवक्ताकै कार्यालयबाट प्रेसर आइराथ्यो। अभियोग अलि कमजोर बनाएर लैजानको लागि दबाब आइराथ्यो। मैंले मानिनँ। म सत्यको बाटोमा छु। तीन वर्षदेखि घर मालिकको बलात्कारको सिकार भएकी नाबालिकालाई न्याय दिनको लागि आवश्यक प्रमाण प्रशस्त छन्।’

संगीताका अनुसार पटकपटकको यौन हिंसाको कारण पीडित बालिकामा मानसिक आघात पुगेको छ। प्रहरीमा बयान, अदालतका बकपत्रको लागि ल्याउँदा समेत उनमा पटकपटक बेहोस हुने र ढल्नेजस्ता समस्या देखिएका थिए। मौका मिलाएर गरिएको कागज, पीडितको शारीरिक अवस्थालगायतका प्रमाणले घटना भएको पुष्टि हुन्छ। पीडकलाई सजाय दिलाउनको लागि मुद्दा कमजोर नभएको उनी बताउँछिन्।

बाल हेल्प लाइन र सिविस नेपालको सहयोगमा पीडकविरुद्ध जाहेरी दिन आएकी बालिकामा मानसिक आघात परेको देखिएको छ। स्कुलमा पनि रुने, चिच्याउने, भित्तामा टाउको ठोक्नेजस्ता व्यवहार उनले देखाउने गरेकी थिइन्। स्कुलकी शिक्षिकाले उनको असामान्य व्यवहारको विषयमा थाहा पाएपछि घटना बाहिरिएको थियो। उनले राष्ट्रिय बाल अधिकार परिषद्मा खबर गरेकी थिइन्। बाल अधिकार परिषद्, बाल हेल्पलाइन र सिविस नेपालको सहयोगमा पीडक चटौतविरुद्ध मुद्दा दर्ता गरिएको र बालिकालाई संरक्षण गरिएको थियो।

राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलका अनुसार बाल हेल्पलाइनको सहयोगमा पीडित बालिका परिषद्मा पुगेकी थिइन्। प्रहरीले जाहेरी लिन मानेन भन्ने जानकारी परिषद्मा आएको थियो। १३ वर्षीय बालिका पटकपटक बलात्कार हुनु र प्रहरीले जाहेरी लिएन भन्ने सुन्नासाथ बालअधिकार परिषद् जाहेरीको लागि सातदोबाटो प्रहरी प्रभागमा पुगेको थियो। अनि मात्रै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो। बाल हेल्प लाइनअन्तर्गत अस्थायी संरक्षण केन्द्रमा बालिकालाई राखिएको थियो।

जिल्ला अदालतमा दर्ता भइसकेको मुद्दा प्रक्रियागत रूपमा अगाडि बढेको थियो। यही जेठ १७ गते अदालत ल्याइएकी बालिकालाई अदालतमा बकपत्र गर्न लगाइयो। यो बकपत्रमा भने बालिकाले पीडक चटौतले आफूलाई केही नगरेको भन्दै होस्टाइल भएर बयान गरिन्। प्रहरीसँग गरेको कागजमा बालिकाले आफू घर मालिकबाट तीन वर्षदेखि बलात्कारमा परेको बताएकी थिइन्।

पीडित बालिकाका बुवा सुशील चटौतको एक कम्पनीमा मालीको काम गर्छन्। पीडक परिवारको प्रलोभनमा परेर बालिकालाई उनीहरूको बुवाआमाले पनि सहयोग नगरेको आरोप लागेको छ। प्रहरीमा कागज गर्न आउँदा होस् या सरकारी वकिल कार्यालयमा बयान गर्न जाँदा होस् बालिकालाई उनको परिवारले इज्जत फालिस् भन्दै गाली गर्दै सँगै लाने गरेका थिए। उनीहरूले नै बालिकालाई पीडकको पक्षमा बयान गर्न दबाब दिएको देखिन्छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहले घटनाको विषयमा प्रहरीमा जाहेरी आएपछि आरोपितलाई पक्राउ गरी अनुसन्धान गरेको जानकारी दिए। ‘निकै विचलित अवस्थामा प्रहरीमा आएकी बालिकालाई उचित परामर्शसहित संरक्षण गर्नको लागि सहकार्य गरिएको थियो,’ उनले भने, ‘घटनाको आवश्यक प्रमाण संकलन गरेर प्रहरीले सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको छ।’ अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

द्वन्द्व बढ्दै गएपछि भुमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता

द्वन्द्व बढ्दै गएपछि भुमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In