• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

जब एकलकाँटे युवाको घरमा कुकुर पाहुना लाग्छ


जब एकलकाँटे युवाको घरमा कुकुर पाहुना लाग्छ
Share on FacebookShare on Twitter

‘घीन र घृणा ।’ कुकुर देख्नसाथ मेरो मनमा यही दुई वटा भाव एकसाथ पैदा हुन्थ्यो । मलाई यत्ति मात्र थाहा थियो, कुकुरले लखेट्छ, चिर्थोछ, टोक्छ ।

सडक किनारमा मस्त सुतिरहेका कुकुरलाई बिनासित्ती ढुंगा हानेर वा लात बजारेर ‘गौरवान्वित महसुष’ गर्दै हिँड्ने महापुरुषमा म पनि एक हुुँदो हो सायद । कुकुरलाई तर्साउँदा, लखेट्दा, तड्पाउँदा आनन्द अनुभूत गर्ने जमातमा मेरो पनि उपस्थिती हुँदो हो सायद ।

प्रातकालमा कुकुर डोहोर्‍याउँदै हिँड्ने वा घरमा ‘कुकुरदेखि सावधान’ लेख्नेहरु देख्दा मेरो पारो तात्थ्यो । म मनमनै भनिरहेको हुन्थें, ‘कुकुर पाल्नु भन्दा त एउटा गरिब–दुःखीलाई खुवाउनु नि ।’ तर मेरो यो ‘दरिद्र धारणा’को अवसान त्यसबेला भयो, जब हाम्रो जीवनमा ‘काले’को आगमन भयो । काले एउटा सडक कुकुर थियो जो कालन्तरमा हाम्रो ‘कनिष्ठ इष्ट’ बन्यो ।

काठमाडौंमा डेरा जीवन विताइरहेका हामीकहाँ ‘काले’ सधैको पाहुना बनेर आए । हाम्रो ढोकाको आडैमा सुत्ने, हामीले दिएको खाने, हामीलाई पच्छ्याउने । कहिले घुर्काउने, कहिले फुर्किने । धेरैजसो हामीसँगै खेल्ने ।

आखिर कालेले कसरी मेरो रुखो मनलाई कायपलट गरिदियो ? यसको वृतान्त बेग्लै छ । अहिले यतिमात्र भनौं, त्यो ‘काले’ जसले चराचर जगतमा प्राणीको अस्तित्व बोध गराउन मेरो छैठौं इन्द्रिय जागृत गराइदियो ।

त्यसपछि नै हो मेरो युगमा बाँचिरहेका हरेक प्राणीमा मैले आफ्नो जीवनको एक अंश अनुभूत गर्न थालेको । एउटै पर्यावरणिय चक्रमा गोलवद्ध हरेक प्राणीको प्राकृतिक योगदानलाई आत्मसात गर्न थालेको । र, हरेक प्राणीको अनुहारमा निर्दोषपन अनि विवसता देख्न थालेको ।

विषयन्तर : एकलकाँटे युवाको दुःखान्त

एक जवान छन्, धर्म । यद्यपि यस्तो लाग्छ, उनमा जवानीको कुनै रसरंग छैन । एउटा कोलनीको उराठलाग्दो कोठामा बस्छन् । च्यातिएका पुरानो सोफा, बिग्रिएको धारो, थोत्रो सानो टिभी । अनि यत्रतत्र छरपस्ट सरसामन ।

यदि त्यहाँ यी जवानले डेरा नजमाएको हुँदो हो त त्यो ‘भूत बंगला’ जस्तै देखिन्थ्यो । हो, धर्म त्यही बस्छन् ।

‘कवाडी बुलेट’मा चढेर कारखानामा जानु । दिनभर काममा मग्न हुनु । साँझ उसैगरी कोठा फर्कनु । चुरोटको धुँवा उडाउँदै वियर घुट्क्याउनु । टिभीमा चार्ली च्याप्लिनको भिडियो हेर्नु । वस्, उनको जीवन यत्ति हो ।

सधै एकनास, सधै एकलास, सधै एकलाप । नितान्त एक्लो । उनी समाज, साथीभाई, छिमेक कसैसँग घुलमिल छैनन् । छ्या, कति पट्यारलाग्दो मान्छे !

धर्मलाई घृणा गर्नुअघि उनको अतिततर्फ फर्कौं । उनको परिवार थियो । आमा बुवा थियो । सानी प्यारी बहिनी थिई । तर, गाडी दुर्घटनामा उनीहरुको ज्यान गयो । अन्ततः धर्म एक्लिए । परिवार वियोगले विछिप्त उनी एकलकाँटे भए ।

अब उनको जीवनमा खुसीको इन्द्रेणी छैन । त्यो पूर्णतय श्यामश्वेत छ । न खुसी, न उत्साह, न उमंग । चार्ली च्याप्लिनको फिल्म हेरिहँदा पनि उनको ओंठमा हाँसो छाउँदैन । यस्तो एकलकाँटे मान्छेकहाँ कुनै बेवारिसे कुकुर पाहुना लाग्न आइपुग्छ भने अब स्थिती के होला ?

विषय-प्रवेश : एउटा कुकुरको कथा

धर्मको जस्तै कथा छ, यो वेनाम र वेवारिसे कुकुरको पनि । ल्याब्राडोर जातको उक्त कुकुरलाई कसैले सडकमा ल्याइदिएका छन् ।  ऊ दिनभर सडकमा भौतारिन्छ । के खाने, कहाँ बस्ने, कसरी बाँच्ने ? उसँग खास जुक्ति पनि छैन ।

शहरको भीडमा ऊ एक्लो छ, धर्म जस्तै ।

भोको पेट, भयग्रस्त मन । एउटा निमुखा प्राणीका लागि यो संसार कति निष्ठूरी ! जाबो एउटा लिखुरे ज्यानलाई सुविस्ताले राख्ने ठाउँ छैन । त्यसैले ऊ फोहोरको थुप्रो उधिन्दै, मान्छेले खाएर बँचेखुचेका खानेकुरा खाँदै लखरखर हिँडिरहेको छ ।

लखरलखर हिँडिरहेकै बखत कसैको मोटरसाइकलले उसलाई ठक्कर दिन्छ । वेतोडले हुँइकिएको मोटरसाइकलको तोडले ऊ सडकमा बजारिन्छ । शरीर रगतपच्छे हुन्छ । उसलाई कति दुख्यो होला ? संवेदना हराएको शहरमा कसैलाई चासो छैन । चासो छ त, उही ठक्कर दिने पुरुषप्रति । उनलाई पो केही भयो कि ? कतै चोट पटक लाग्यो कि ? मोटरसाइकल बिग्रियो कि ?

मान्छेहरु भनिरहेका छन्, ‘कस्तो असत्ती कुकुर, जथाभावी दौडिएर यसरी दुर्घटना गराइरहेको छ !’

दुई घाइतेको मिलाप

धर्मलाई कुकुरप्रति कुनै मोह छैन । तर, आफ्नै आँखा अगाडि असह्य चोटले छटपटिएको बेवारिसे कुकुर देखेपछि ऊ त्यसलाई छाडेर जान सक्दैनन् । सायद उसलाई लागेको हुँदो हो, यो पनि म जस्तै घाइते छ ।

ऊ कुकुरलाई लिएर पशु चिकित्सककहाँ पुग्छन् । औषधिमूलो गराउँछन् । तर, यत्तिमै उनको दशा टर्नेवाला छ र ?

उपचाररत कुकुरलाई कसले जिम्मा लिने ? कसले राख्ने ? कसले स्यहार–सुसार गर्ने ? पशु चिकित्सक भन्छन्, ‘यो कुकुरलाई तिमीले त्यसबेलासम्म पाल्नुपर्नेछ, जबसम्म यसलाई अरु कसैले लिदैनन् ।’ अन्ततः बाध्यताको भूँमरीमा फँसेर धर्मले कुकुरलाई आफ्नो साथमा राख्छन् ।

एकलापमा हराइरहने धर्मलाई कुकुरको आगमन ‘घाँडो’ लाग्छ । कुकुरले उनलाई आरमसाथ बस्न दिने पनि होइन । थोत्रो सोफामा वेपर्वाह ढल्केर चुरोटको धुँवा उडाउँदै, वियरको चुस्की लिदै, चार्लि च्याप्लिनको भिडियो हेर्ने पाउँछन् र ?

कहिले कुकुरले थाल-बटुका चाट्छ, कहिले जतनसाथ राखिएको सामान भताभुंग पारिदिन्छ । कहिले वेपत्तासँग भुक्छ । जबकि त्यस कोलनीमा ‘कुकुर पाल्न मनाही छ ।’

आखिर कुकुरकै कारण धर्मको दैनिकी फेरिन थाल्छ । अब उनी ढुक्कले मौन बस्न पाउने छैनन् । कुकुरको लागि उसले खेल्नुपर्नेछ, बोल्नुपर्नेछ । दिसापिसाब सोहर्नुपर्नेछ, पार्कमा डुलाउनुपर्नेछ । धर्मले यो कुुकुरलाई आफ्नो जीवनबाट पन्छाउन अनेक प्रपञ्च नरचेका होइनन्, तर ‘अभागीको’ दशा कहाँ सजिलै टर्छ र ?

अवोध नाता, अव्यक्त स्नेह

रहँदा बस्दा धर्मलाई पनि कुकुरप्रतिको  वितृष्ण कम हुँदै जान्छ । आखिर एक्लो ज्यानले साथी त भेटेको छ, पशु नै भएपनि । दुबै आपसमा रमाउन थालेका छन् । यद्यपि धर्मले यो कुकुरलाई कुनै कुकुर–प्रेमीलाई जिम्मा लगाउने प्रक्रिया पनि जारी राखेका छन् ।

तर, एकदिन अचानक धर्म भुँइमा बजारिन्छन् । वेहोस हुन्छन् । आफ्नो प्रिय मान्छेको यस्तो हाल देखेर कुकुर अत्तालिन्छ । संयोग भनौं, उद्वारकर्ताहरु आएर धर्मलाई अस्पताल पु¥याउँछन् । सामान्य उपचारपछि उनको होश खुल्छ ।

जसै होश खुल्छ, उनले देख्छ ढोका बाहिर कुकुर छ । यो कुकुर कसरी यहाँसम्म आइपुग्यो ?

‘एम्बुलेन्सलाई पच्छ्याउँदै’ कसैले भनिदिन्छन् । यतिबेला धर्मले कुकुरको अनुहारमा हेर्छ, त्यो कति निश्च्छल र दयालु छ । कति अवोध र स्नेहवती छ । धर्मको आँखा टिलपिल हुन्छ । आफ्नो परिवार गुमाएपछि उनको जीवनमा यस्तो कोही आएका थिएनन्, जसले उनको ख्याल राखिदियोस् ।

अब ऊ कुकुरलाई यति प्रेम गर्छ कि, मानौ त्यो उनको सबैभन्दा प्रिय पात्र हुन् ।

एउटा साथीको साथले कति फरक पार्दछ

यो कुकुर उनको जीवनमा नआइदिएको भए के हुन्थ्यो ?

धर्मको जीवन सधै एकनासले गुज्रन्थ्यो । जीवन र जगतका आयमलाई न उनले महसुष गर्न पाउथे, न प्रकृतिका मनोहर रुपलाई स्पर्श गर्न । जसै यस कुकुर उनको जीवनमा आइलाग्छ, धर्मको त जीवन नै फेरिन्छ ।

धर्मले आफ्नो कुकुरको नाम राखिदिन्छन्, चार्ली । उनले बच्चैदेखि हेरिरहेका चार्ली च्याप्लिनको नामबाट सापटी लिएर आफ्नो कुकुरको न्वरान गरिदिएका हुन् । धर्म चार्लीसँग खेल्छन्, बस्छन्, कुरा गर्छन्, रमाउँछन् । यस्तो लाग्छ, उनको जीवनले नयाँ लय र धुन खोजिरहेको छ ।

तर, सधै खेल्ने-उफ्रने कुकुर लाचार हुन्छन् । ऊ केही खान सक्दैन, हिँड्न सक्दैन । उपचारका क्रममा थाहा हुन्छ, उसलाई कहिल्यै निको नहुने रोगले गाँजिसकेको छ । अर्थात, क्यान्सरले ।

धर्मले यो पनि थाहा पाउँछ कि चार्लीको पुरानो मालिकले दिएको निरन्तरको यातनाले यो अवोध पशु क्यान्सरले गल्दै गए । चार्लीको जीवन अब धेरै लामो छैन । चार्लीलाई आफ्नो जीवनबाट यति चाडै गुमाउनुपर्छ भन्ने लागेकै थिएन धर्मलाई । संभावित वियोगको क्षणले धर्मको हृदय नराम्ररी हल्लिन्छ ।

अब ऊ प्रण गर्छ, चार्लीले जति जीवन बाँच्छ त्यो एकदमै अर्थपूर्ण र शानदार होस् । अन्ततः चार्लीको लागि एक सेकेन्ड पनि खेरो नफाल्ने निर्णयसहित धर्म एउटा यात्रामा निस्कन्छ, चार्लीलाई लिएर । सधै घुमफिरमा रमाउने चार्लीलाई ऊ संसार देखाउन चाहन्छ, चाहे जस्तोसुकै वाधा किन झेल्नु नपरोस् ।

त्यसपछि के हुन्छ ?

त्यसपछि चार्लीका लागि धर्म कहिले समुन्द्री तटमा पुग्छन्, कहिले अनन्त मरुभूमीमा । कहिले प्याराग्लाइङि चढेर आकासमा सयर गर्छन्, कहिले भूँवादार हिँउहरुमा । सरसर्ती हेर्दा चार्लीको खातिर धर्म यी सबै गर्न राजी भएका हुन् । खासमा त धर्मलाई सप्तरंगी जीवनको सुरम्य यात्रा गराउने सबै मेलोमेसो चार्लीकै कारण जुरेको हो ।

चार्ली : कस्तो जीवन बाँच्यौं ?

अन्ततः चार्लीको मृत्यु हुन्छ ।

तर, अल्पआयुमा बितेपनि चार्लीले जीवनको भरपुर भोग गरे । उसले विन्दास यात्राको आनन्द लिए, थरीथरी खाान्कीले जिब्रोको स्वाद फेरे, प्रतिस्पर्धामा भाग लिएर जीतको उत्सव मनाए, अनायसै  संभोगको स्वाद लिए । कहिले समुन्द्री तटमा त कहिले हिमाली चुचुराको सक्षतकार गरे । अब यसभन्दा गर्न बाँकी के छ र ?

‘कति बर्ष बाँच्यौं प्रश्न यो होइन, प्रश्न त यो हो कि कस्तो जीवन बाँच्यौ ?’

चार्लीको सार यत्ति हो ।

यत्तिको बेलिबिस्तार लगाइसकेपछि तपाईंले पक्का थाहा पाइसक्नु भयो कि, कथा  ‘७७७ चार्ली’ को हो । केही साताअघि प्रदर्शनमा आएको यो दक्षिण भारतिय फिल्मसँग मर्मस्पर्शी कथा मात्र छैन, गहिरो जीवन–दर्शन पनि छ । यो जगतमा सबैको  अस्तित्वलाई स्विकार्दै कसरी जीवनको सार पहिल्याउने भन्ने मन्त्र दिएको छ, एकलकाँटे बन्दै गएको समाजलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मनोरंजन
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

अभिनेत्री ज्याकलिन फर्नान्डिजकी आमाको निधन

अभिनेत्री ज्याकलिन फर्नान्डिजकी आमाको निधन

देशभक्ति फिल्मका परिचित बलिउड अभिनेता मनोज कुमारको निधन

देशभक्ति फिल्मका परिचित बलिउड अभिनेता मनोज कुमारको निधन

ग्रामी अवार्ड : केन्ड्रिक लामार ५ विधामा उत्कृष्ट, ‘वर्ष एल्बम’ बियोन्सेको पोल्टामा

ग्रामी अवार्ड : केन्ड्रिक लामार ५ विधामा उत्कृष्ट, ‘वर्ष एल्बम’ बियोन्सेको पोल्टामा

DJ Atulas energetic performance for music lovers across the country

DJ Atulas energetic performance for music lovers across the country

सैफमाथि आक्रमणबारे करीना कपूरले के भनिन् ? स्वास्थ्यबारे अस्पताल के भन्छ ?

सैफमाथि आक्रमणबारे करीना कपूरले के भनिन् ? स्वास्थ्यबारे अस्पताल के भन्छ ?

Discussion about this post


© Dainik Sanjal

भर्खरै

ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णय किन गर्न सकिरहेका छैनन् ?

ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णय किन गर्न सकिरहेका छैनन् ?

इजरायली आक्रमणमा इरानको अराक आणविक स्थलमा कति क्षति भयो ?

इजरायली आक्रमणमा इरानको अराक आणविक स्थलमा कति क्षति भयो ?

मणिपुरमा हिंसा भड्किँदा एक जनाको मृत्यु, नागरिक संगठनहरूद्वारा धेरै क्षेत्रमा बन्दको घोषणा

मणिपुरमा हिंसा भड्किँदा एक जनाको मृत्यु, नागरिक संगठनहरूद्वारा धेरै क्षेत्रमा बन्दको घोषणा

सहायता केन्द्रहरू नजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु

सहायता केन्द्रहरू नजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु

युद्धक्षेत्रमा फसेका आफ्ना नागरिकहरूका लागि नेपालसहित विभिन्न देशहरूले के गर्दैछन् ?

युद्धक्षेत्रमा फसेका आफ्ना नागरिकहरूका लागि नेपालसहित विभिन्न देशहरूले के गर्दैछन् ?

एक्सियम-४ अन्तरिक्ष मिसन फेरि स्थगित

एक्सियम-४ अन्तरिक्ष मिसन फेरि स्थगित

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...