काठमाडौं, असार ५ गते । नेपाल प्रहरीले भारतको पटनाबाट एक नाबालकको उद्धार गरेको छ ।
प्रहरी वृत्त बानेश्वरको टोलीले वि.सं. २०७९ असार १ गते काठमाडौं महानगरपालिका–३१ स्थित नगेन्द्रकान्छा चोकबाट हराएका १४ वर्षीय नवीन रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले क्रिकेट खेल्न जाने बहानामा बुधबार काठमाडौंबाट हराएका रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरिएको जानकारी दिए ।
नाबालकका दाजु भरत रुवाली सार्कीले भाइ हराएको निवेदन दिएका आधारमा प्रहरीले भारतमा आईपीएस तालिम गरेका नेपाली प्रहरी र भारतीय प्रहरीको निरन्तर समन्वय र सहकार्यमा नाबालक नवीनलाई सकुसल उद्धार गरिएको प्रवक्ता मैनालीले बताए ।
Discussion about this post