• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

वर्षायाम सुरु भएसँगै खोटाङका अधिकांश कच्ची सडक ठप्प


वर्षायाम सुरु भएसँगै खोटाङका अधिकांश कच्ची सडक ठप्प
Share on FacebookShare on Twitter

खोटाङ, असार ५ गते । वर्षायाम सुरु भएसँगै खोटाङका अधिकांश कच्ची सडक ठप्प भएको छ ।

वर्षाको सिजन सुरु भएसँगै कच्ची सडक हिलाम्मे भएपछि काठमाडौं–लामीडाँडा–खार्पा–दुबेकोल–ऐसेलुखर्क, दिक्तेल–मात्तिम–टेम्मा–याम्खा–पञ्चमी–खोटाङबजार, दिक्तेल–राजापानी–रेग्मीटार–रसुवा, दिक्तेल–जालपा–हौंचुर–फेदी माक्पा–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी–बालाबेँसी, रसुवा–सिमपानी–खोटाङबजार, रसुवा–रोक्सिङ–पञ्चमी–याम्खा–मात्तिम र रसुवा–टेम्मा–छितापोखरी सडक अवरुद्ध भएका हुन् ।

पानी पर्दा विभिन्न ठाउँमा सडक बिग्रेकाले ग्रामीण क्षेत्र जोड्ने सडकमा बस तथा जीप चल्न छाडेको खोटाङ यातायात प्रालिले जनाएको छ ।

वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा सवारी साधन भासिने समस्याका कारण अर्को सूचना जारी नभएसम्मका लागि कच्ची सडकमा सवारी साधन चलाउन छाडिएको प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । हिलाम्मे बनेका कच्ची सडकमा बस तथा जीप हिँड्न सक्ने अवस्था छैन ।

सवारी साधन सञ्चालन नहुँदा आकस्मिक कामका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् । सडक सञ्चालन नहुँदा गाउँबाट बिरामी ओसार–पसार गर्ने एम्बूलेन्स सेवा सबैभन्दा बढि प्रभाबित भएको छ । एम्बूलेन्स हिँड्न नसक्ने अवस्थामा कतिपय बिरामीलाई अस्पताल लैजान हेलिकोप्टर चार्टर गर्ने गरिएको छ ।

हाल जिल्लाका कच्ची सडकमा ट्याक्टर र बाईक जवरजस्त चलाउने गरिएको छ । मोटरसाइकल हिलोमा भासिँदा सकसका साथ निकाल्ने गरिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छ्याप–छ्याप्ती देखिन्छ । हिलाम्मे सडकमा सकसपूर्ण यात्रा गरेका स्थानीयले स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधिमाथि आक्रोश पोख्ने गरेका छन् ।

अधिकांश बजेट कच्ची सडक खन्नमा खन्याउने स्थानीय तहले कच्ची सडक स्तरोन्नतीमा भने ध्यान दिएको देखिन्न । स्तरोन्नतीमा विनियोजन गरिएका बजेट पनि टालटुल पारेर सक्ने गरिएको स्थानीयको जनगुनासो छ ।

हाल कालोपत्रे भइसकेका मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी–जयराम तथा दिक्तेल चखेवाभञ्ज्याङ सडक खण्डमा मात्र सवारी साधन गुडिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: @ यातायात# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

द्वन्द्व बढ्दै गएपछि भुमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता

द्वन्द्व बढ्दै गएपछि भुमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In