• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बर्दिबासका जनप्रतिनिधिको चुनौती, रातु खोला दोहन नियन्त्रण


बर्दिबासका जनप्रतिनिधिको चुनौती, रातु खोला दोहन नियन्त्रण
Share on FacebookShare on Twitter

महोत्तरी, असार ५ गते । ‘यहाँका जनप्रतिनिधिलाई रातु खोलाले खान्छ, बर्दिबासका जनप्रतिनिधि सफल वा असफल बन्ने रातु नदीमाथि निर्भर’, बर्दिबास–३ का भाष्कर दाहालले भने ।

बर्दिबास नगरपालिकाभित्र मुख्य मुद्दा बनेको रातु नदी दोहन हरेक जनप्रतिनिधिको सफलता र असफलताको मापन बन्ने गरेको छ ।

नदी आसपासका क्रसर उद्योगहरूको मनोमानीमाथि नियन्त्रण गर्न अघिल्लो स्थानीय सरकार मूकदर्शक बनेका कारण नवनिर्वाचित जनप्रतिनिधिमाथि चुनौतीका चाङ थोपरिएका छन् । दाहालले भने, जस्तै लोकप्रियताका लागि अघिल्लो सरकारले योजनाहरू त बनायो तर कार्यान्वयनमा आउन सकेनन् । बर्दिबासका नवनिर्वाचित जनप्रतिनिधि तथा नगरप्रमुख प्रल्हाद क्षेत्रीले पनि पछिल्लो समय सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयनमा कतिको दरिलो बन्नेछन् भन्ने मुख्य बिषय बनेको छ ।

नगरभित्र झन्डै २१ वटा क्रसर उद्योग छन् । पूर्वनगरप्रमुख विदुर कार्कीका अनुसार धेरैजसो क्रसर उधोग मापदण्डविपरित छन् । उद्योगहरू मापदण्ड विपरित भएको थाहा हुँदाहुँदै कार्कीले पाँच वर्षे कार्याकाल योजना र प्रतिबद्धता फिजाउँदै समाप्त गरे ।

अझ नवनिर्वाचित नगरप्रमुख क्षेत्रीको पृष्ठभूमि क्रसर व्यवसायी नै हो । यसैकारण पनि नगरप्रमुख क्षेत्रीको अग्निपरीक्षा सुरु भएको स्थानीयको अनुमान छ । हुन त नगरप्रमुख क्षेत्रीले यसअघि नै क्रसर र अवैध उत्खनन्लाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाइसकेका छन् । नगरभित्रका गलत प्रणालीलाई निमिट्यान्न बनाउन उनले ६ महिनाको समय मागेका छन् ।

अवैध उतखनन् कै कारण नगरभित्रका पशुपतिनगर, पाटु, किसाननगर जस्ता ठाउँ जोखिममा छन् । प्रत्येक वर्ष मापदण्डविपरित उतखनन् गरिएका वालुवा, ढुंगा, गिटीका कारण नागरिकले धनजनको क्षति ब्यहोर्दै आएका छन् । बाढीले बर्षौपिच्छे बिघौं जग्गालाई बगर बनाइरहेको आँखा अगाडि नै देखिँदा पनि जनप्रतिनिधिहरूको भूमिका शून्य देखिएको छ ।

यी सबै चुनौतीबीचमा नगरप्रमुख क्षेत्री अन्य जनप्रतिनिधिभन्दा फरक कसरी बन्न सक्छन् भन्ने अहिले आमनगरवासीको मुख्य चासो बनेको छ । यसैबीच नगरप्रमुख क्षेत्री बुधबार खोला अनुगमनमा गएका थिए । उनले पशुपतिनगर क्षेत्रमा उतखनन् कारण स्थानीयले भोगेको सास्तीबारे जानकारी लिए ।

नदी उतखनन् मात्र हैन प्राकृतिक सम्पदा दोहन र अतिक्रमण पनि नगरभित्रका मुख्य समस्या हुन् । खयरमाराभित्रका जंगलदेखि सामुदायिक संरक्षित जंगलहरू अहिले अतिक्रमणको चपेटामा छन् ।

अतिक्रमण नियन्त्रण गर्न नगरले ठोस निर्णय गर्न नसक्दा भू–माफियाहरूको चलखेल समेत त्यतिकै बढेको छ । बर्दिबासस्थित वडा नम्बर ३ मा त नदीको ड्यामसम्म पुगेर खेतिपाती गरेको समेत भेटिएको छ ।

यी सबै दृष्टान्तहरू जनप्रतिनिधिहरुलाई थाहा पनि छ । तर, थाहा नपाएजस्तो गर्नुले जनप्रतिनिधिमाथि गम्भीर प्रश्न बनेको छ । समुदाय मिलेर संरक्षण गरेको जंगल आँखै अगाडि अतिक्रमण हुँदा दुःख लाग्ने बताउँछन् बर्दिबास–३ पाटुका देवीप्रसाद घिमिरे ।

यी सबै समस्या र चुनौतीलाई नगरप्रमुख क्षेत्रीले कसरी सम्बोधन गर्लान भन्ने थाहा पाउन भने एक बर्ष अझै कुर्नुपर्ने स्थानीयको भनाइ छ । खोला दोहन तथा प्राकृतिक सम्पदाको दोहनमा बर्दिबासको चर्चा बेलाबेलामा राष्ट्रिय रुपमा नै हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

भैरहवामा संघीय हिन्दू गणतन्त्रका लागि गोष्ठी

भैरहवामा संघीय हिन्दू गणतन्त्रका लागि गोष्ठी

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In