• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

प्रेमीबाट करेन्ट लगाएर हत्या प्रयास प्रकरण, प्रहरीमा जाहेरी

प्रेमीबाट करेन्ट लगाएर हत्या प्रयास प्रकरण, प्रहरीमा जाहेरी
Share on FacebookShare on Twitter

शैलेन्द्र महतो-
जनकपुरधाम, असार ६ गते । 
जनकपुरमा राधिका कार्कीलाई प्रेमीले करेन्ट लगाएर गरेको हत्या प्रयास घटनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ।

पीडित राधिकाकी आमा सिन्धुलीको गोलञ्जर गाउँपालिका वडा नं. २ बस्ने अम्बिका कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी हुन् । पीडकको नाम नराखी जाहेरी दिएकोले दोषीलाई पत्ता लगाई दर्ता गर्ने धनुषाका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

‘आइतबार राधिकाकी आमाले जाहेरी दिनुभएको छ । नाम किटान गर्नु भएको छैन । हामी गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं । दोषी पत्ता लागेपछि जाहेरी दर्ता गर्छौं’, डिएसपी क्षेत्रीले भने। गत जेठ १६ गते साँझ प्रेमी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका बस्ने २८ वर्षीय अरुणकुमार साहले प्रेमिका राधिकाको हातखुट्टा र पेटमा करेन्ट लगाएर हत्या प्रयास गरेका थिए ।

प्रेम विवाह गरेर आठ महिनादेखि जनकपुरधामको थापाचोकमा दुवै जना सँगै बस्दै आएका थिए । सो दिन राधिकाले वाचा गरे अनुसार घर लग्न भनेपछि विवाद भएको थियो । त्यसपछि अरुणले हातखुट्टामा करेन्ट लगाएर हत्या प्रयास गरेको पीडित राधिकाले बताइन् ।

करेन्ट लगाएपछि गम्भीर घाइते राधिकालाई धनुषा प्रहरीले उद्धार गरेर प्रादेशिक अस्पताल जनकपुरमा पुर्याएको थियो । प्रादेशिक अस्पतालको सर्जिकल वार्डको बेड नं. १४० मा भर्ना भएकी राधिकाको १० दिनपछि होस आएको थियो। उनको वेवारिसे अवस्थामा उपचार भइरहेको थियो ।

कुरुवा आफन्त नहुँदा अस्पतालकै चिकित्सक, स्वास्थ्यकर्मी र सेक्युरेटी गार्ड राधिकाको उपचार तथा हेरविचार गर्दै आएका छन्। राधिकाको हात खुट्टाको केही औंला काम नलाग्ने अवस्थामा छ। होस आएपछि सो घटना उनकै वक्तव्य अनुसार धनुषा प्रहरीले गम्भीर रुपमा लिएको छ।

‘सुरुमा हामीले नै उनलाई उद्धार गरेर उपचारको लागि अस्पताल भर्ना गर्यौं । राधिका होसमा आएर बोल्न थालेपछि धेरै कुरा थाहा भयो । घटनालाई गम्भीर रुपमा लिएका छौं। चाँडै दोषी पत्ता लगाएर कारबाही गर्छौं’ डिएसपी क्षेत्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In