• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

रग्बी १५ मा नेपाल आधिकारिक प्रवेश, विराटको कीर्तिमान


रग्बी १५ मा नेपाल आधिकारिक प्रवेश, विराटको कीर्तिमान
Share on FacebookShare on Twitter

९ असार, काठमाडौं । कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसँगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ ।

प्रतिद्वन्द्वी बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकाले दुबै टोली उक्त उपलब्धिका लागि निकै खुशी देखिएको थियो । बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज–२०२२ को रग्बी १५ प्रतिस्पर्धामा जित भने बंगलादेशको पोल्टामा पर्यो । बंगलादेशले नेपाललाई ३१–७ स्कोरले पराजित गर्यो ।

खेलपछि नेपाली प्रशिक्षक टंकराज गिरीले भने, ‘यो ऐतिहासिक उपलब्धिको साक्षी हुन पाउँदा मलाई गर्व लागेको छ । अब नेपालको रग्बीमा अगाडि बढ्ने ढोका खुल्यो ।’

लक्ष्य डिभिजन ३

नेपालले ७ जना खेलाडीहरुले खेल्ने रग्बी सेभेन मात्र खेल्दै आएको छ । विश्व रग्वी महासंघको मुख्य प्रतियोगिता १५ जना खेलाडीहरुले खेल्ने रग्बी १५ हो । त्यसमा भाग लिएपछि मात्र नेपालले विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्न पाउँछ ।

कप्तान क्षेत्रीले पहिलो आधिकारिक प्रतियोगिता खेलेपछि खुशी हुँदै भने, ‘रग्बी सेभन खेलेको दशक बढी भइसक्यो । तर आज आएर बल्ल आफ्नै कप्तानीमा खेल्न पाएँ । ज्यादै खुशी छु । अब हाम्रो लक्ष्य रग्बीको डिभिजन ३ खेल्ने हुने छ ।’ नेपाल अहिलेसम्म डिभिजन विहीन छ । रग्बी १५ खेलेपछि अब त्यो बाटो खुल्नेछ ।

बुधवार भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफमा बंगलादेशले जम्मा एक ट्राई (५ अंक) मात्र गर्न सक्यो । तर घरेलु मैदानको फाइदा उठाउँदै बंगलादेशले दोस्रो हाफमा २६ स्कोर थप्यो र नेपाललाई दबावमा राख्यो ।

यद्यपि खेलको अन्तिम समयमा भने नेपालले खेल पूर्णरुपमा नियन्त्रणमा राख्यो र  एक ट्राई (५ अंक) हान्न सफल भयो । विराट श्रेष्ठले उक्त स्कोर गरेका हुन् । योसँगै उनी नेपालको तर्फबाट रग्बी १५ मा स्कोर गर्ने पहिलो खेलाडी बने ।

ट्राई गरेपछि सीधा पोष्टमा कन्भर्सन (गोलपोष्टमा सीधा हान्ने) को अवसर पाउँछ । श्रीराम श्रेष्ठले उक्त कन्भर्सनमा स्कोर (२ अंक) गरेपछि नेपालको स्कोर ७ पुग्यो । खेलपछि नेपाली र बंगलादेशी खेलाडीहरुले संयुक्त रुपमा खुशीयाली मनाए ।

विराटको कीर्तिमान

३१ वर्षीय विराट टोलीका उपकप्तान हुन् । मैदान प्रवेश गर्नु अगाडि उनले भनेका थिए, ‘रग्बी खेलिकन अझैसम्म एक ट्राई हानेको छैन । आज हान्ने हो ।’

भनेजस्तै उनले उत्कृष्ट स्कोर गरे । खेलको ७५ औं मिनेटमा टोलीका अग्ला खेलाडी श्रीरामले मिलाइदिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उनी बल लिएर  स्कोर लाइनमा डाइभ हानेका थिए ।

खेलपछि विराटले भने, ‘यो मेरो करिअरको पहिलो स्कोर हो, त्यो पनि रग्बी १५ मा गर्न पाँउदा हर्षित छु । स्कोर गरेपछि म साँच्चै नै रोएको थिएँ ।’ बाग्लुङमा जन्मिएका विराट नेपाली रग्बी टोलीका पुराना सदस्य मध्येका एक हुन् । नेपाली रग्बीको विकासमा उनलाई एक महत्वपूर्ण सदस्य मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # खेलकुद
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

एनभीए क्लब च्याम्पियनसिप, एपीएफका दुवै टिम तेस्रो

एनभीए क्लब च्याम्पियनसिप, एपीएफका दुवै टिम तेस्रो

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...