भरतपुर : भरतपुर विमानस्थलको टावरनजिकै आगलागी भएको छ। आइतबार बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट टावरमा कुनै नोक्सानी नभएकोले विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए।
उनका अनुसार बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो । बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ । आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना अधिकारी अधिकारीको भनाइ छ । रासस
Discussion about this post