• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

पर्सा बहुदरमाई नगरपालिकाको भंगी साह उच्च माविमा विद्यार्थीद्वारा तालाबन्दी


पर्सा बहुदरमाई नगरपालिकाको भंगी साह उच्च माविमा विद्यार्थीद्वारा तालाबन्दी
Share on FacebookShare on Twitter

१२ असार, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित भंगी साह उच्च माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएपछि कक्षा ९ र १० का विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

आइतबार प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले विद्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी समेत गरेका छन् । उनीहरुले सबै विद्यार्थी मिलेर विद्यालय बन्द गरेको, शिक्षक प्रयाप्त उपलब्ध गराउनुपर्ने, बिषयको अध्यापन हुनुपर्ने र शिक्षक समयमा आए पढाउनुपर्ने माग विद्यालयको मुख्य प्रवेशद्वारमा टाँसेका छन् ।

मावि तहमा दिनको ७ घण्टी पढाइ हुन्छ । कक्षा ९ र १० मा गरेर १४ घण्टी पढाउनुपर्ने हुन्छ । तर प्रधानाध्यापक सहित मावि तहमा जम्मा ४ जना मात्र शिक्षक छन् । प्रधानाध्यापक कामले बाहिर जाँदा होस वा एउटा शिक्षक विदामा बस्ने वित्तिकै पठन पाठनमा समस्या हुने गरेको विद्यार्थीहरु बताउँछन् ।

शिक्षक पदपूर्ति गर्न ७ दिनको अल्टिमेट दिँदा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको कक्षा १० का विद्यार्थी निरज ठाकुरले बताए । विद्यालयमा सामाजिक, स्वास्थ्य, अंग्रेजी, गणित, अर्थशास्त्रका शिक्षक नभएको उनले बताए ।

नगरपालिका र वडामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि पनि विद्यालयको समस्याप्रति ध्यान नदिएको गुनासो विद्यार्थीको छ । विद्यालयले दिएको जानकारी अनुसार एक जना शिक्षक शिक्षक सेवा आयोगद्वारा लिने प्रावि र निमावि तहको परीक्षाका लागि गएका छन् । त्यसैले केहिदिन यता विद्यार्थीको पढाइ प्रभावित छ ।

प्रधानाध्यापक सुधाकर उपाध्यायले आफूले मात्रै विद्यार्थीले झेल्दै आएको समस्याको समाधान गर्न नसक्ने बताए । ‘आवश्यक शिक्षक नहुँदा समस्या उत्पन्न भएको हो, मावि तहमा म समेत ४ जना शिक्षक छौं । चारै जना शिक्षकले दिनको चार चार घण्टी पढाउने गरेका छौं । कुनै शिक्षक अत्यावश्यक काम परेर विदामा बस्दा विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको छ’, उनले भने, ‘भएको एक जना शिक्षकलाई पनि नगरपालिकाले अन्यत्रै पठाइदियो । समस्या समाधानका लागि नगरपालिकासँग थप शिक्षक माग गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # शिक्षा
दैनिक संजाल

दैनिक संजाल

Related Posts

चैत १९ गतेबाट अनिवार्य अंग्रेजी विषयको एसईई परीक्षा सुरु

चैत १९ गतेबाट अनिवार्य अंग्रेजी विषयको एसईई परीक्षा सुरु

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

जनकपुरधामका निजी विद्यालय दुई दिनका लागि बन्द

जनकपुरधामका निजी विद्यालय दुई दिनका लागि बन्द

मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण

मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In