• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

श्रीमतीलाई कुट्दै जंगल तिर लगेर हत्या गरेको खुलाशा


श्रीमतीलाई कुट्दै जंगल तिर लगेर हत्या गरेको खुलाशा
Share on FacebookShare on Twitter

राजेन्द्र कार्की-
जाजरकोट, असार १३ गते ।
 जाजरकोटको नलगाड नगरपालिका–१ चिउरी निवासी ४२ वर्षीय भगवति शाहीको हत्या भएको छ । श्रीमान लेकबहादुर नेपालीले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हत्या भएको एक सातापछि मात्र उक्त घटना सार्वजनिक भएको हो । चिउरीको जंगलमा एक महिलाको शव गन्हाउने अवस्थामा रहेको भनेर स्थानीय गाँउलेहरुले खबर गरेपछि प्रहरीले शुक्रबार भगवतिको मृत शरिर फेला पारेको थियो । गत असार ५ गते भएको घटना १० गते मात्र थाहा भएको थियो ।

लेकबहादुरले गत असार ५ गते बिहान घरमा कोही नभएको मौका छोपी श्रीमतीलाई कुटपिट गदै लखेट्दै जंगलतिर लगेको त्यही नजिकैको भीरालो जंगलमा भीरबाट खसाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले जानकारी दिए । हत्यामा संलग्न श्रीमान लेकबहादुरलाई नियन्त्रणमा लिइएको उनले बताए ।

लेकबहादुर नेपाली र भगवति शाहीले माओवादी शसस्त्र द्वन्द्वको समयमा २२ वर्ष अघि सँगै मर्ने सँगै बाँच्ने कसम खाएर अन्तर्जातिय विवाह गरेका गरेका थिए । दुवै माओवादी सशस्त्र द्धन्दमा होमिएका कारण पनि उनीहरुको प्रेम सम्बन्धलाई कसैले औला ठड्याउन पाएका थिएनन् । दुःखजिलो गरेर घर व्यवहार चलाएकै थिए । माइती पक्षले उक्त विवाहलाई स्वीकार गरेका थिएनन् । छोरीलाई मात्र घरमा बोलाउँथे, ज्वाईलाई बोलाएका थिएनन् ।

कथित माथिल्लो जात भनिने ठकुरीकी छोरी थिइन् भगवति । लेकबहादुर दलित थिए । त्यही विषयमा उनीहरु विच बेलाबेला ठाकठुक भइरहन्थ्यो । लेकबहादुर बेरोजगार थिए । उनीहरुका एक छोरा एक छोरी छन् । बेरोजगार भएकै कारण घर व्यवहार चलाउन समस्या भएपछि उनीहरुबीच मनमुटाब पनि बढ्दै गएको थियो । पछिल्लो केही वर्ष यता लेकबहादुर धेरै जाँडरक्सी पिएर श्रीमती कुट्ने गर्दथे ।

जिल्ला प्रहरी प्रमुख डीएसपी निरौलाले भने–‘अनुसन्धानकै सिलसिलामा मृतकका पति लेकबहादुर नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम गरिरहेका छौं । उनले भीरबाट आफैँ लडेको बनाउन घटनास्थललाई सोही अनुसारको बनाउन खोजेको पनि देखिएको छ ।

मृतकका कपडा, चप्पल लगायतका सबै कुराको अवस्था हेर्दा श्रीमानले नै हत्या गरेर घटनालाई टुइट गर्न खोजेको देखिन्छ । डेथ बडीलाई जिल्ला अस्पताल ल्याएर पोष्टमार्टम गरिएको छ ।’

मृतकको घर र शव ५० देखि एक सय मिटरको दुरीमा रहेको छ । ‘शव गन्हाउने अवस्थासम्म पुग्दा पनि कुनै खोजतलास नगर्नु र प्रहरीलाई पनि खबर नगर्नुले पनि श्रीमानकै संलग्नताको पुष्टि हुन्छ’ डीएसपी निरौलाले भने । लेकबहादुरलाई अनुसन्धानका लागि जिल्ला अदालतले एक हप्ताको म्याद दिएको छ । अन्नपूर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

कालोसूचीमा राख्ने प्रलोभन देखाएर ठगी प्रयास, नक्कली अधिकृत पर्दाफास

कालोसूचीमा राख्ने प्रलोभन देखाएर ठगी प्रयास, नक्कली अधिकृत पर्दाफास

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

Discussion about this post


© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In