• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

श्रीमतीलाई कुट्दै जंगल तिर लगेर हत्या गरेको खुलाशा


श्रीमतीलाई कुट्दै जंगल तिर लगेर हत्या गरेको खुलाशा
Share on FacebookShare on Twitter

राजेन्द्र कार्की-
जाजरकोट, असार १३ गते ।
 जाजरकोटको नलगाड नगरपालिका–१ चिउरी निवासी ४२ वर्षीय भगवति शाहीको हत्या भएको छ । श्रीमान लेकबहादुर नेपालीले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हत्या भएको एक सातापछि मात्र उक्त घटना सार्वजनिक भएको हो । चिउरीको जंगलमा एक महिलाको शव गन्हाउने अवस्थामा रहेको भनेर स्थानीय गाँउलेहरुले खबर गरेपछि प्रहरीले शुक्रबार भगवतिको मृत शरिर फेला पारेको थियो । गत असार ५ गते भएको घटना १० गते मात्र थाहा भएको थियो ।

लेकबहादुरले गत असार ५ गते बिहान घरमा कोही नभएको मौका छोपी श्रीमतीलाई कुटपिट गदै लखेट्दै जंगलतिर लगेको त्यही नजिकैको भीरालो जंगलमा भीरबाट खसाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले जानकारी दिए । हत्यामा संलग्न श्रीमान लेकबहादुरलाई नियन्त्रणमा लिइएको उनले बताए ।

लेकबहादुर नेपाली र भगवति शाहीले माओवादी शसस्त्र द्वन्द्वको समयमा २२ वर्ष अघि सँगै मर्ने सँगै बाँच्ने कसम खाएर अन्तर्जातिय विवाह गरेका गरेका थिए । दुवै माओवादी सशस्त्र द्धन्दमा होमिएका कारण पनि उनीहरुको प्रेम सम्बन्धलाई कसैले औला ठड्याउन पाएका थिएनन् । दुःखजिलो गरेर घर व्यवहार चलाएकै थिए । माइती पक्षले उक्त विवाहलाई स्वीकार गरेका थिएनन् । छोरीलाई मात्र घरमा बोलाउँथे, ज्वाईलाई बोलाएका थिएनन् ।

कथित माथिल्लो जात भनिने ठकुरीकी छोरी थिइन् भगवति । लेकबहादुर दलित थिए । त्यही विषयमा उनीहरु विच बेलाबेला ठाकठुक भइरहन्थ्यो । लेकबहादुर बेरोजगार थिए । उनीहरुका एक छोरा एक छोरी छन् । बेरोजगार भएकै कारण घर व्यवहार चलाउन समस्या भएपछि उनीहरुबीच मनमुटाब पनि बढ्दै गएको थियो । पछिल्लो केही वर्ष यता लेकबहादुर धेरै जाँडरक्सी पिएर श्रीमती कुट्ने गर्दथे ।

जिल्ला प्रहरी प्रमुख डीएसपी निरौलाले भने–‘अनुसन्धानकै सिलसिलामा मृतकका पति लेकबहादुर नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम गरिरहेका छौं । उनले भीरबाट आफैँ लडेको बनाउन घटनास्थललाई सोही अनुसारको बनाउन खोजेको पनि देखिएको छ ।

मृतकका कपडा, चप्पल लगायतका सबै कुराको अवस्था हेर्दा श्रीमानले नै हत्या गरेर घटनालाई टुइट गर्न खोजेको देखिन्छ । डेथ बडीलाई जिल्ला अस्पताल ल्याएर पोष्टमार्टम गरिएको छ ।’

मृतकको घर र शव ५० देखि एक सय मिटरको दुरीमा रहेको छ । ‘शव गन्हाउने अवस्थासम्म पुग्दा पनि कुनै खोजतलास नगर्नु र प्रहरीलाई पनि खबर नगर्नुले पनि श्रीमानकै संलग्नताको पुष्टि हुन्छ’ डीएसपी निरौलाले भने । लेकबहादुरलाई अनुसन्धानका लागि जिल्ला अदालतले एक हप्ताको म्याद दिएको छ । अन्नपूर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा श्रृंखलाबद्ध आपराधिक गतिविधि: एमालेले प्रहरी प्रशासनको भूमिकाप्रति कडा आपत्ति जनायो

अज्ञात समूहद्वारा लवकुश सामुदायिक भवनमा आगजनी गरि ल.कु.ब.सहकारी र पद्मोदय फाउन्डेसनको कागजातहरु नष्ट संगै शिशुज्योति स्कुल बसमा समेत आगजनी

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In