News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Monday - August 8, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

विद्यालयमा हुने हिंसाविरुद्ध प्रभावकारी बन्दै ‘छात्रा सञ्जाल’


विद्यालयमा हुने हिंसाविरुद्ध प्रभावकारी बन्दै ‘छात्रा सञ्जाल’

कमलेश ठाकुर-
जनकपुरधाम, असार १३ गते ।
 धनुषाको नगराईन नगरपालिका ५ गंगुलीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणमा कार्यरत थिए, इन्जिनियर रामशंकर यादव ।

पाँच महिनाअघि भारतीय दूतावासको सहयोगमा बनिरहेको भवन निर्माणमा खटिएका थिए उनी । उनको खानेबस्ने सबै प्रबन्ध विद्यालयकै परिसरभित्र थियो । उनी सबै विद्यार्थीसँग पनि परिचित थिए । मोर्निङ वाकको बेला विद्यार्थीको घरमै पुग्थे ।

जेठ १८ गते उनले कक्षा दशमा अध्ययनरत एक छात्राको मोबाइल नम्बर मागे । धारामा पानी खान जाँदै गरेकी ती छात्रालाई एक्लै देख्दा नम्बर मागेका थिए । त्यो कुरा विद्यालयमा असमान नेपालले गठन गरेको छात्रा सञ्जालसम्म पुग्यो । सञ्जालका छात्राहरूले जेसी शिक्षिका निरु झासमक्ष गुनासो गरे । गुनासो गरेको एक सातापछि उनलाई कामबाट सम्बन्धित संस्थाले बर्खास्त गर्‍याे ।

त्यसयघि पनि कति जना विद्यार्थीसँग अपशब्द र जिस्काउने हाउभाउमा कुरा गरेको विद्यार्थीहरू बताउँछन् । “कुन जातको हो । यादवबाहेक अन्य जातिको भन्नसाथ तिमीसँग सेटिङ मिल्दैन भन्थ्यो,” इन्जिनियर यादवको भनाइ उद्धृत गर्दै एक छात्राले भनिन्, “यादव थर बताउनेलाई विवाहको प्रस्ताव गर्थ्याे । घुम्न जाने लगायत प्रलोभन दिन्थ्यो ।”

दुई वर्षअघि सोही विद्यालयबाट छात्रालाई ‘ब्याड टच’ गरेको आरोपमा शिक्षक गुड्डुकुमार सिंह कारबाहीमा परे । ती शिक्षकले विद्यार्थीहरूलाई गृहकार्य नगरेको भन्दै नराम्रो मानसायले शरीरमा छुने, समाउने गर्थे ।

“घाँटीमा पेन र हातले टच गर्थ्याे,” विद्यार्थीको गुनासो सुनाउँदै समाजिक परिचालक अस्मिता ठाकुरले भनिन्, “संवेदनशील अंगमा पनि हात लगाउने प्रयास गर्थ्याे । कमजोर, बोल्न डराउने विद्यार्थीलाई यस्तो कर्तुत बढी गर्थ्याे ।”

गएको असोजमा पनि सोही विद्यालयका एक शिक्षकले माफी माग्नु पर्‍याे । ती शिक्षकले विद्यार्थीको मेकअप र पहिरनको विषयमा नियमित कमेन्ट गर्ने गरेका थएि ।

“आज तिमी एकदम राम्री देखिएकी छौ । फिटिङ लुगा तिम्रो शरीरमा धेरै सुहाउँछ,” शिक्षकको नराम्रो व्यवहारको फेहरिस्त खोल्दै छात्राले भनिन्, “मेकअप, लिपिस्टिक मेहन्दी लगायत विषयमा फ्लर्ट भएर कुरा गर्नुहुन्थ्यो ।”

शिक्षकको नराम्रो मानसाय भए वा नभए पनि विषयवस्तुभन्दा बाहिरको कुरा शिक्षकले गर्न नपाउने पालिका शिक्षा संयोजक ज्योती रतन बताउँछिन् । “हामीले थाहा पाएपछि विद्यालयमा तीन चरणमा बैठक भयो ।

पहिले हामीले छात्राहरूसँग कुराकानी गर्‍याैँ, त्यसमा एक जना जेसी शिक्षिका पनि हुनुहुन्थ्यो,” उनले ती घटना स्मरण गर्दै भनिन्, “त्यसपछि विद्यालय प्रअसहितको टिमले आरोपित शिक्षकसँग कुरा गर्‍याे । उहाँले माफी मागेर अब त्यसप्रकारको कुरा विद्यार्थीसँग नगर्ने प्रतिबद्धता गर्नुभयो ।”

वैशाख दोस्रो साता सोही विद्यालयमा कक्षा तीनमा अध्ययनरत एक छात्रा हिंसाको शिकार भइन् । सात वर्षीय छात्रले उनलाई संवेदनशील अंग देखाउन प्रस्ताव गरेको थियो ।

ती छात्रले कपडा फुकालेर ‘प्राइभेट (गोप्य) अंग देखाउ, कस्तो हुन्छ हेर्छु भन्दा छात्राले घरको अभिभावकसँग कुरा सेयर गर्दा घटना बाहिरिएको थियो । पछि सञ्जाल र शिक्षकको समूहले ती विद्यार्थीलाई सचेत गराए । 

यी घटनाहरू विद्यालयमा छात्रा विद्यार्थीमाथि भइरहेको हिंसाका प्रतिनिधिमूलक घटना मात्र हुन् । वैशाख यता एउटै विद्यालयमा घटेको यी चार घटनामा छात्रा सञ्जालको भूमिका र जागरुकता देखिएको प्रधानध्यापक विजयकुमार झा बताउँछन् ।

सञ्जालकै प्रयासले विद्यालयमा अन्य घटना नघटेको पनि उनको आकलन छ । “यी घटनाहरूबाट विद्यार्थीको चेतनाले घटनाको प्रतिकार गरेको प्रष्टै देखिन्छ,” उनले भने, “विद्यार्थीको हिम्मत बढेको छ । जसले हिंसाको घटना अन्त्य सहयोग पुग्छ ।”

Related

Tags: # शिक्षा
दैनिक संजाल

दैनिक संजाल

Related Posts

तिलाका ३० विद्यालयले पाएनन् दिवा खाजा र सेनेटरी प्याडको रकम

तिलाका ३० विद्यालयले पाएनन् दिवा खाजा र सेनेटरी प्याडको रकम

सरकारी विद्यालयमा चार शय्याको स्वास्थ्य कक्ष स्थापना

सरकारी विद्यालयमा चार शय्याको स्वास्थ्य कक्ष स्थापना

एसईई नतिजा प्रकिशित कसले कति जीपीए ल्याए?

एसईई नतिजा प्रकिशित कसले कति जीपीए ल्याए?

एसईईको रिजल्ट प्रकाशित भएपछी कसरी हेर्ने, यहाँ हेर्नुहोस् !

एसईईको रिजल्ट प्रकाशित भएपछी कसरी हेर्ने, यहाँ हेर्नुहोस् !

परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

२४ सै घण्टा गुनासा र समस्या सुनी सम्बोधन गर्न परीक्षा नियन्त्रण कार्यालयमा हटलाइन सेवाको व्यवस्था

२४ सै घण्टा गुनासा र समस्या सुनी सम्बोधन गर्न परीक्षा नियन्त्रण कार्यालयमा हटलाइन सेवाको व्यवस्था

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.