१४ असार, जनकपुरधाम । मंगलबार बिहानैदेखिको बर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहको घर डुवानमा परेको छ ।
बर्षाको पानी निकासको व्यवस्था नहुँदा उनको घर डुबानमा परेको हो । उपमहानगरपालिका वडा नम्बर १० स्थित साहको घरमा मंगलबार विहान पानी पसेको हो । ‘यो पहिलादेखिकै समस्या हो’ उप मेयर साहले भने, ‘पानीको निकासका लागि एउटा चेम्बर बनाउनुपर्ने आवश्यकता छ । त्यो निर्माण नभएसम्म घर डुबान भइरहनेछ ।’
साहका अनुसार उनको घर वरपरका अरु २० घरमा पनि पानी पसेको छ । उनले चेम्बर निर्माण गरेर पानीको निकास दिनका लागि आफूले काम गर्ने बताए ।मंगलबार बिहानदेखिको निरन्तर बर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकासहित मधेश प्रदेशका धेरै ठाउँमा पानी जमेर डुबान भएको छ ।
Discussion about this post