• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विगत दुई दिनदेखि अविरल वर्षाका कारण जनकपुर जलमग्न

विगत दुई दिनदेखि अविरल वर्षाका कारण जनकपुर जलमग्न
Share on FacebookShare on Twitter

जनकपुर, असार १५ गते । विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर जलमग्न भएको छ ।

पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुखसमेत रहेका स्थानीय किशोरी साहले जानकारी दिए । अधिकांश घरमा पानी जमेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

अघिल्लो नगरप्रमुखलाई पानी निकासको समस्याबारे सुनाउँदासमेत कुनै सुनुवाइ नभएकाले आफूहरु बर्सेनि यस्तो समस्या व्यहोर्दै आएको उनको गुनासो छ । आफूहरु भर्खरै निर्वाचित भएकाले पानी निकासको ठोस उपाय गर्न नसकिए पनि अब यसको दिगो समाधानका लागि प्रयास गर्ने उनले बताए ।

यस्तै हिजोदेखिको अविरल वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, हुलाक कार्यालयलगायतका सरकारी कार्यालय परिसरमा पानी जमेको छ ।

अविरल वर्षाका कारण बजारमा चहलपहल घट्दा व्यापार व्यवसायी प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण सरकारी कार्यालयमा आउने सेवाग्राही घटेका छन् । वर्षाका कारण जनजीवन प्रभावित भए पनि अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

बाढीजन्य विपद्का कारण जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले अविरल वर्षा जारी रहेकाले नदी आसपासका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ । कमला नदी र रातुखोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रका स्थानीयवासी सचेत हुनुपर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In